
नवलपरासी,२ असोज
जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष बितिसक्दा पनि उतm केन्द्र सञ्चालनमा ल्याउन सकेको छैन् । नगरपालिका नेतृत्व सो केन्द्र प्रति उदासिन हुदा भवन बनेको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन नसकेको स्थानियले गुनासो गरेका हुन् ।
साविक स्वाठी गाविसमा भएको उतm केन्द्रलाई हालको नगरपालिका नेतृत्वले उपेक्षामै राखेका कारण सञ्चालनमा ल्याउन नखोजिएको आरोप स्थानियबासीको रहेको छ । तत्कालिन नगरप्रमुख भिम बहादुर थापाको पहल र सो वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवको सक्रियतामा पशु सेवा केन्द्र सञ्चालन गर्ने गरि पशु चिकित्सकको आवास सहितको केन्द्रिय योजना अनुसार केन्द्रको पुर्वाधार निर्माण गरिएको थियो । तर अहिले नगरप्रमुखको त्यस प्रति चाँसो नरहेको आरोप समिति स्थानियबासीको रहेको छ । नगरपालिका भए पनि साविक स्वाठी गाविसमा अधिकाँस कृषकहरुको बसोबास भएको वार्ड हो । पशुपालन र कृषिमा नै ति वार्डका बासिन्दाहरुको जनविवन रहेको छ । नगरपालिकामा पशु सेवा शाखा छ, एक स्थानियले भने,पशु सेवा शाखा सहित यहिँ केन्द्रमा राखेर पनि सञ्चालन गर्न सकिन्छ,तर नगरपालिका नेतृत्वको कार्यशैली कृषक विरोधी नै रहेको देखिएको छ ।
पुर्वाधार नभए पुर्वाधारको बाहाना हुन्थ्यो,उनले थपे,तर अहिले संघिय सरकारले पुर्वाधार समेत निर्माण गरिदिएको छ,तर नगरपालिका नेतृत्व यो पशु सेवा केन्द्र सञ्चालनमा असक्षम देखिएको छ । यसबारे वार्ड अध्यक्षलाई पटक पटक स्थानियले पहल गर्न आग्रह गर्दै आएको समेत उनको भनाई थियो । वार्ड अध्यक्षले केन्द्र सञ्चालनका लागि पटक पटक नगर कार्यपालिकामा कुरा उठाउदै आएको तर नेतृत्वबाट उपेक्षा भई रहेको स्वम् वार्ड अध्यक्ष यादवले पनि स्वीकार गरेका छन् । उनका अनुसार नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो ।
पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पुर्वाधार सुनवल नगरपालिका वार्ड नं.२ मा निर्माण भएको सोही वार्डका वार्ड अध्यक्ष यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुविधासम्पन्न भवन बनेको छ । तर अहिलेसम्म नगरपालिकाले सेवा सुचारु गर्न सकेको छैन् । यसबारे नगरपालिकाको पशु सेवा शाखामा कुरा भई रहेको तर हालसम्म केन्द्र सञ्चालन हुन नसकेको उनले बताए । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कातिक ६ गते सम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । भवनको निर्माण कार्य सम्पन्न भएको तर सो भवन अहिले निर्माण कम्पानीले हस्तानान्तरण गरेको छैन्,वार्ड अध्यक्ष यादवले भने,एशियन बसन्त जेसि बुटवलले निर्माण गरेको हो । नगरपालिकाले पशु सेवा केन्द्र कसरी सञ्चालन गर्ने योजना बनाई सक्नु पर्ने हो,तर भवन बनेको हालसम्म पनि केन्द्र सञ्चालनका योजना बन्न सकेको छैन् ।
अहिले अगामी आर्थिक बर्षका लागि योजनाहरु बनिरहेको हुदा योजनामा समावेश गराउन सहज हुने थियो । तर अहिले पशु सेवा केन्द्र सञ्चालनका लागि के कति आवश्यक जनशतिm र सञ्चालन खर्च लाग्ने हो,त्यसबारे पशु सेवा शाखाले बनाएको छैन् । पशु सेवा केन्द्र सञ्चालन गर्नका लागि आफुले निरन्तर पहल गरिरहेको वार्ड अध्यक्ष यादवको भनाई छ । नगरपालिका भित्र अन्य पशुपंक्षि उपचारका लागि सेवा केन्द्र छैन्,उनले थपे,पशु विरामी परे जिल्ल सदरमुकाम परासी स्थित पशु अस्पतालमा सेवा लिन जानु पर्ने बाध्यता पशु पालक किसानलाई छ । पशु सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिए सदरमुकाम धाउनु पर्ने बाध्यता हट्ने थियो ।