पाल्पा सिमेन्टले बनक्षेत्र अतिक्रमण गरि सडक बनाएको आरोप

नवलपरासी,२५ असार
जिल्लाको सुनवल नगरपालिका ७ स्थित लोकेश्वर सामुदायिक बन क्षेत्र भित्र पाल्पा सिमेन्ट मिलले बनको जग्गा अतिक्रमण गरि सडक बनाएको आरोप सामुदायिक बनले आरोप लगाएको छ । बनक्षेत्र भित्र २२ फिट चौडाईको ७ सय मिटर भन्दा लामो सडक बनाएर मिलले आफ्नो टिपर र ट्रकहरुबाट ढुवानी गर्दै आएको सामुदायिक बनले जानकारी गराएको हो ।
बनक्षेत्रमा अतिक्रमण गरि बनाइएको सडक रोकाउनका लागि आफुले डिभिजन बन कार्यालयलाई जानकारी गराउदा पनि खासै पहल नभएको सो सामुदायिक बनका अध्यक्ष कृष्णलाला काफ्लेले सुनाए । पाल्पा सिमेन्ट ठूलो उद्योग पतिहरुको हो,उनले भने,उनीहरुसँग हाम्रो पहुँच नै पुग्न सक्दैन्,यता डिभिजन बन कार्यालय र नगरपालिकालाई त्यसबारे जानकारी गराइएको छ,त्यहाँबाट पनि पहल भई रहेको छैन् । बनक्षेत्र अतिक्रमण गरि एक निजी कम्पनीले आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको छ । छेउँमै रहेको सडकमा क्षमता भन्दा बढि भारी बोकेर आउने सवारी साधनले सडक भत्किने हुदा बैकल्पिक बाटो उस्ले बनक्षेत्र अतिक्रमण गरि प्रयोग गरेको बताए ।
उद्योगले केही स्थानिय ब्यतिmलाई आफ्नो पकडमै राखेको छ,त्यो भएर संगठित भएर स्थानियबासी बोल्न पनि सकेका छैनन् । सरकारी निकाय मौन नै देखिन्छ,उनले दुखेसो पोखे,ठूलाबडाको विरुद्ध आवाज उठाईदिइने कस्ले ? सामुदायिक बनको क्षेत्रलाई सो सडकले अवरोध समेत सृजना गरेको सुनाए । सोही क्षेत्रमा बुद्धशान्ति साझेदारी बन समुहको कार्यायोजना अनुसार बोटनिकल पार्क समेत रहेको छ,सो पार्क क्षेत्र पनि सडकले मिचिएका छन् । यसमा सरोकारवालाले ध्यान दिईनु पर्ने उनको भनाई थियो । उद्योगले बनको जग्गा अतिक्रमण गरि सडक बनाएर उपयोग गरेको बारे जानकारी आएको र त्यसबारे अनुसंधान गरि कार्यवाही प्रकृया चलाईने डिभिजन बन कार्यालयका एक बन अधिकृतले जानकारी गराएका छन् । सडक,पुर्वाधारको रुपमा बनक्षेत्र धेरै स्थानमा अतिक्रमणमा भएको हुदा कहाँ र कसरी अतिक्रमण खाली गराउने योजना जिल्ला स्थित बन अतिक्रमण रोक्न र अतिक्रमित बनक्षेत्र खाली गराउनका लागि गठिन समितिमा छलफल गरेर अगाडी बढ्ने उनको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *