समाजमा विद्यमान दाइजो विरुद्ध मुस्लिम धर्मगुरु तथा शिक्षक

नवलपरासी, ९ पुुस
जिल्ला स्थित मुस्लिम धर्मगुरु तथा मदरसामा शिक्षण गर्ने मुस्लिम शिक्षकहरुद्धारा दाईजो विरुद्धको अभिायन थालेका छन् । सोही अभियान अन्तरगत सुस्ता गाउपालिकामा गाउपालिका स्तरिय भेलाको आयोजना गरि धर्मगुरु तथा शिक्षकहरुले मिलेर समाजमा विद्यमान दाईजो प्रथाको अन्त्य गर्नमा पठन पाठन गर्दा,धार्मिक कार्यक्रम गर्दा पनि सचेतना गराउने कार्य गर्ने प्रतिवद्धता समेत जनाएका हुन् ।
दाईजोले महिला माथि हिँसालाई प्रोत्साहित गर्ने गरेको र कानुनी रुपमा पनि यो अपराध भएको कुरा शिक्षक र धर्मगुरुले जानकारी गराई दिएमा समाजबाट दाईजो उन्मुलन गर्न सकिने विश्वास ओल्मा काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेन मन्जरीले जानकारी गराए । यो अभियान मदरसामा मात्रै सिमित नगरि गाँउ टोलमा हुने गरेका धार्मिक कार्यक्रममा समेत उठाइदै आएको बताएका थिए ।
उनले धर्मगुरुहरुले मुस्लिम समाजलाई दाइजो मुक्त समाज बनाउनु पर्ने बताएका थिए । दाईजो प्रथाले महिला हिँसालाई मात्रै प्रोत्साहित गरेको छैन र समाजलाई विकृत बनाउने गरेको छ, उनले भने, दाईजो मुक्त मुस्लिम समाज हुनु पर्छ,अन्य समुदायलाई उदाहरण प्रस्तुत गर्नु पर्छ । धर्म र संस्कृतिमा हुने विकृति हटाई समुन्नत समाजको निर्माणमा सबै मिलेर लाग्नु पर्ने बताएका थिए ।
व्यक्तिहरुलाई आफनो छोराछोरी विहे गर्दा दाईजो नलिने भनि सपथ गराउदै दाईजोमुक्त समाज निर्माण अभियामा मुस्लिम समुदाय एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । ईस्लाम धर्ममा गर्न नहुने दाईजो, जुवातास, शराबखोरी, शुदखोरी, जस्तो विकृतिहरु मुस्लिम समाजमा पनि बढदै गएकोमा यस्तो विकृति र विसंगती जडबाट समाप्त पार्न सबै मुस्लिम समुदाय लाग्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । कांफ्रेन्समा समाजिक सदभाव कायम राख्न, धार्मिक सहिष्णुत कायम गर्न, नेपालको विकासमा मुस्लिम समुदायको पनि अहम भुमिका निर्वाह गरिने र समुन्नत समाज निर्माण सबै एकजुट भएर लाग्नेमा वक्ताहरुले जोड दिएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *