नवलपरासी,१२ भदौ
फोहोर फाल्ने सुनवल नगरपालिकाको जेसिबी र टिपर बनको नियन्त्रणमा गए पछि स्थानियबासीले आफै फोहोर ब्यवस्थाानमा लागेका छन् । अनुसंधान प्रकृयामा रहेका फोहोर फाल्ने टिपर र जेसिबीको टुगोँ नलागेसम्म स्थानिय युवाहरु आफै सक्रिय भएर फोहोर ब्यवस्थापन गर्ने गरि लागेका हुन् ।
खोलामा गैर कानुनी ढंगले सरकारी एक्साभेटर प्रयोग गरि उत्खनन गर्दै गरेको अवस्थामा सुनवलका जेसिबी र दुई टिपरलाई स्थानियले डिभिजन बन कार्यालयमा बुझाएका थिए । आफ्नै टास्क फोर्स बनाई खोलाको चोरी निकासी नियन्त्रण गर्दै अवैध खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,मिस्कट) बरामद अभियान चलाएको सुनवल नगरपालिकका कर्मचारी आफै अवैध उत्खनन गर्दै गरेको भेटिए पछि उनीहरुले नै डिभिजन बनमा आवश्यक कारवाहीका लागि बुझाई दिएका थिए । जेसिबी र टिपर नगरपालिकासँग नभएर फोहोर उठाउन समस्या हुन्छ,भनि अनुंधानलाई प्रभावित बनाउने कार्यमा लाग्न सक्छ,एक स्थानियले भने,त्यो भएर अनुसांधन नटुगिँएसम्म नगरबासीले नै आफै टेक्टर खोजेर फोहोर उठाउने र फोहोर फाल्ने स्थानमा ब्यवस्थान गर्ने गरि काम थालिएको छ ।
सुनवल नगरपालिकाले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि ढुवानी गरिरहेको अवस्थामा डिभिजन बन कार्यालयले नियन्त्रणमा लिएको कारणले ३ दिन देखि फोहरमैला नगरपालिकाले उठाउन नआएकाले हामी टेक्टर व्यावसयिहरु नगरको फोहरमैला उठाउने कार्य गरेको बिपिन ठाकुरीले बताए । सुनवल नगरपालिकाले नगरकार्यपालिकाको निर्णय र जिल्ला विपद व्यवस्थापन समतिको निर्णय बेगर प्रक्रिया नपु¥याई आफनो मनोमानी ढंगबाट चोरी शैलीमा सुनवलको तुरिया खोलाबाट नदीजन्य पदार्थ झिकि रहेको स्थानियले देखेपछि उनीहरुको चर्काे विरोध पछि बन कार्यालयले एउटा जेसीभि र दुईटा मिनी टिपर नियन्त्रणमा लिएको थियो । नगरपालिकाको गाडीहरु वनको नियन्त्रणमा छ नगरले फोहर मैला नउठाएको खण्डामा हामी आफनै निजी टेक्टरबाट नगरको फोहर मैला उठाउछौ सुमान थापाले बताए ।
आफत विपदका बेला स्थानियहरुले नदीजन्य पदार्थ झिक्न खोज्दा पालिकाले नियमन गर्ने र आफुँ सिधै चोरी शैलीमा बिना कुनै निर्णय र सरोकार राख्ने निकायसंग समन्वय नगरि कानुनको धज्जी उडाउदै मनमानी गरिरहेको हेर्दा आफुँ सुनवलबासीहरु लज्जित हुन परिरहेको स्थानियहरुको भनाई छ । यता नगरपालिकाले प्रक्रिया नपु¥याई सिधै नदीबाट ग्रावेल झिकेकाले यस्तो समस्या आएको नगरपालिकाले स्वीकारेको छ यस अवस्था नगर फोहरमैला नउठाउन पाउदा लज्जित महासुश गरेको नाम नबताउने सर्तमा एक कर्माचरीले बताए ।
प्रकृया नै नपुर्यार्इै खोलामा मेसिन प्रयोग गरेर बन क्षेत्रमा पर्ने तुरिया खोला उत्खनन गरिरहेको अवस्थामा देखिए पछि स्थानियले डिभिजन बन कार्यालयका कर्मचारीलाई सुचना गरेका थिए । बन कर्मचारी सहित स्थानियले नगरपालिकाको जेसिबी र मिस्कट सहित दुई वटा टिपर बरामद गरिएको थियो । बरामद टिपर अहिले डिभिजन बन कार्यालयको शसस्त्र बन सुरक्षा शाखा क्याम्प बडेरामा राखिएको छ । बन ऐन अनुसार कारवाही प्रकृया अगाडी बढाउन समेत स्थानियबासीको माग रहेको छ । चोरी नियन्त्रण गर्ने निकाय नै चोरी गर्दै गर्दा समातियो, एक स्थानियले भने,खोलाको संरक्षणको जिम्मेवारी पाएको नगरपालिकाकै पदाधिकारीको निर्देशनमा कर्मचारी लुट मच्चाई रहेका आरोप छ । सो चोरी कार्यमा सँलग्नलाई अनुसंधान गरि कारवाही गर्नु पर्ने जनाउदै सरकारी निकाय नै चोरीमा लागे पछि खोला माफियाहरु झन उत्साही हुने देखिएको दाबी गरेका थिए ।
नगरपालिकाकी मेयर विमला अर्याल नाटकिय ढंगले केही दिन खोलामा चोरी गरि राखिएका समाग्रि बरामद गरि जपत गर्ने अभियान चलाएकी दाबी गरेकी थिईन्,तर अहिले तिनै खोलामा नगरपालिकाकै जेसिबी र टिपर बरामद भयो,त्यो कस्को निर्देशनमा चलिरहेको थियो,के नगरपालिकालाई खोलाजन्य समाग्रि झिक्न कुनै विधि प्रकृया हुदैन्,घरको सम्पती जस्तै जभाभावी चलाउन पाईन्छ ? स्थानियबासीले प्रश्न समेत गर्न थालेका छन् ।
नियम कानुन जनतालाई मात्रै लागु हुन्छ, उनले थपे,जनतालाई एक दुई बेरा समाग्रि घर प्रयोजनका लागि चाहियो,भन्ने कानुनले छेक्छ, तर खोला माफियाहरु जतिखेल परि खोलामा लुट मच्चाई रहेका छन् । करोडौको खोलाजन्य समाग्रि खोला किनारमा भण्डारण गरि राखेका छन् । स्थानियको विरोध आए पछि नगरपालिकाले दुई चार दिन चपत गर्ने कार्य भई रहेको देखायो । अहिले खोलामा आफ्नै जेसिबी र टिपर पठाएर उत्खनन भई रहेको अवस्थामा भेटियो । यसको अनुसंधान गर्ने जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कहाँ छन् ?
कुनै पनि कागजात नै नभई समान्य तरिकाले सरकारी मेसिन प्रयोग गरि उत्खनन गरिरहेको अवस्थामा फेला परेको डिभिजन बन कार्यालयका निमित्त डिभिजन बन अधिकृत मोहन गजुरेलले जानकारी गराएका थिए । घटनाको अनुसंधानका लागि अनुसंधान अधिकृत तोकिएका छन्,उनले भने, अनुसंधान अधिकृतले सरकारी वकिल कार्यालयसँग समन्वय गरि अनुसंधान प्रतिवेदन तयार गर्ने र बन ऐन बमोजिम मुद्दा चल्ने सक्ने बताए ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर जिसीका अनुसार स्थानिय कृष्णमन्दिर नजिकैको सडक पुर्नका लागि नगरपालिकामा मन्दिर ब्यवस्थापन समितिले मिस्कट माग गरेको थियो । सोही सडक पुर्नका लागि मिस्कट लैजान खोलामा नगरपालिकाको जेसिबी र टिपर गएको बनाए । चोरी गर्ने नियत भन्दा समाजिक सेवाकै लागि समाग्रि झिक्न लागिएको उनले जिकिर गरेका थिए ।
Dijital Milenyum Telif Hakkı Yasası Google SEO çalışmaları sayesinde marka bilinirliğimiz arttı. https://www.royalelektrik.com/anadolu-mahallesi-elektrikci/