सुनवलको मुलपानी सामुदायिक बन समुहद्धारा समुहको गतिविधि र आयब्यय सार्वजनिक

नवलपरासी,१४ भदौ
जिल्लाको सुनवल ४ स्थित मुलपानी सामुदायिक बन उपभोतmा समुहलले आफ्ना उपभोतmा तथा अन्य सरोकारावालाई सामुदायिक बनको अवस्था सार्वजनिक गरेको छ । सबै उपभोतmालाई भेला गराई बर्ष भरिको गतिविधि तथा आर्थिक आय ब्यय समेत सार्वजनिक गरेको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्व पर्यटन मन्त्री खड्क बस्नेतको प्रमुख आथित्यतामा बन समुहले आफ्नो आय ब्यय र समाजिक तथा बन गतिविधि सार्वजनिक गरेको थियो । समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले गत आर्थिक बर्षमा बन समुहले कुल २ करोड ६२ लाख १० हजार ७० रुपियाको आयब्यय सुनाएका थिए । जस्मा आय सबै भन्दा गोलिया काठ विक्रिबाट १ करोड ८७ लाख५ हजार,९ सय ५ रुपिया,चिरान काठ बिक्रि,४० लाख ४५ हजार ६ सय ९१ र जर्ना दाउरा विक्रिबाट ११ लाख ९५ हजार ७ सय २४ रुपिया रहेको छ । त्यसै गरि खर्च तर्फ कटान मुछान,ढुवानी तथा ग्रेडिगँमा ३९ लाख ५५ हजार ४ सय ६० त्यसै गरि समाजिक तथा सँस्थागत विकासमा ३७ लाख ७७ हजार ७ सय १४ र ग्राउण्ड तथा घाटगद्दि ब्यवस्थापनमा १७ लाख ४७ हजार ३ सय ६० रुपिया खर्च भएको थियो ।
त्यसै गरि बाकी रकम ३४ वटा सिर्षकमा खर्च गरि समुहको बैंक खातामा ३४ लाख ६१ हजार ६ सय २८ रुपिया मौज्दात रहेको सार्वजनिक गरेको थियो । जिल्लाका सबै सामुदायिक बन मध्ये यसरी सार्वजनिक रुपमा बनका बस्तुस्थित सार्वजनिक गर्ने पहिलो सामुदायिक बन रहेको समुहको दाबी रहेको थियो ।

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *