सुनवलमा तेश्रो सुनवल महोत्सव २०८० मंसिर २१ बाट शुरु हुने

नवलपरासी,१ मंसिर
जिल्लाको सुनवलमा यहिँ मङ्सिर २१ देखि पौष ४ गतेसम्म तेश्रो सुनवल महोत्सव २०८० उद्योग बाणिज्य संघले संचालन गर्ने भएको छ । सुनवलको सोमनाथ हाट बजारमा कृषि, उद्योग, व्यापार कला र संस्कृति समग्र सुनवलको उन्नति मुल नाराका साथ तेश्रो सुनवल महोत्सव मेला संघले सचांलन गर्न लागेको हो ।
व्यापार मेलामा उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उदेश्यले आयोजना गर्न लागिएको मेलामा घरेलु तथा साना मझौला तथा ठूला उद्योग आतिरिक्त बिदेशका बस्तु र पहाडी कृषि जन्य र अन्यहरु समेत गरी २०० व्यावसायिक स्टलहरू रहने पत्र
कार सम्मेलन गरि सङ्घका अध्यक्ष रमेश कर्माचार्यले जानकारी गराए । मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा १०करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए । मेलाको मुख्य बिशेषता स्थानिय राष्ट्रिय र अन्तराष्ट्रिय लागानीकर्ता उत्पादक बितरण निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट भेला गराई सरसमाग्रीहरु अवलोकान गराउने उनको भनाई थियो । अन्तराष्ट्रिय, कृषि तथा जडीबुटी पर्यटन सम्बन्धी दैनिक उपभोग्य बस्तु हस्तकाला तयारी पोशाक प्रर्दशन गरिने र सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको रुपमा रहने संघका अध्यक्ष कर्माचार्यले बताए ।
मेलाको मुख्य आकर्षण सांस्कृतिक कार्यक्रममा बिद्यालय स्तरीय डान्स आईडल बिज्ञान प्रर्दशनी र खाना महोत्सव संचालन हुने सुनवल उद्योग बाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले जानकारी गराएका थिए । उनको अनुसार राष्ट्रिय र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती तथा सेल्फि जोन मेला अवाधिभर हुनेछ । मेलामा ४५ स्थनिय स्टलहरु रहने र मेलामा हेर्न र अवलोकनका गर्न आउने दर्शका लागि टिकट शुल्क एक सय निधारण गरिएको छन भने बिद्यार्थीहरुलाई ७० रुपैयाँ र सामूहिक मेला अवलोकन गर्न आउने बिद्यार्थीहरु ५० प्रतिशत छुट हुने र ६८ बर्ष भन्दा माथि सामाजिक सुरक्षा भत्ता प्रप्ता गर्ने जेष्ठ नागरिक शतप्रतिशत छुट व्यवस्था गरिएको सुनवल उद्योग वाणिज्य सङ्घका महासचिव तुल्सीराम तिवारीले जानकारी दिए । ५५ लाखको बजेट तयारी गरिएको छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *