सुनवलमा खोला जन्य समाग्रिको तस्करी रोक्न नगरपालिकाको जपत अभियान शुरु

नवलपरासी,३२ साउन
जिल्लाको सुनवल स्थित खोलामा आयोजनाको आडमा खोलाजन्य पदार्थको ब्यापक तस्करी भई रहेको छ । स्थानिय प्रहरी कार्यालय र बन कर्मचारीको मिलोमतोमा खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,मिस्कट)को ठूलो मात्रामा तस्करी हुने गरेको हो ।
सुनवल नगरपालिकाको तुरियाखोला भित्रै पुर्वपश्चिम राजमार्ग निर्माण आयोजनाका खोलाजन्य पदार्थको प्रसोधन केन्द्र राखिएका छन् । तिनै प्रसोधन केन्द्र नजिकै मिनि पहाड जस्तै खोलाजन्य पदार्थ भण्डारण गरिएका छन् । भण्डारण नजिकै खोलाको किनारमा अवैध ढुगाँ र मिस्कट झिकेर राखिएको अवस्थामा जहाँ तही भेटाउने गरिएको स्थानियले बताएका छन् । इलाका प्रहरी कार्यालय सुनवल र सुनवल स्थित सब डिभिजन कार्यालयको मिलोमतोमा तस्करी हुने गरेको छ,एक स्थानियले भने,त्यसमा केही स्थानिय तहका जनप्रतिनिधि समेत संलग्न छन् ।


खोलाबाट निकासी हुने ढुगाँहरु रोहिणी नगरपालिका स्थित रोहिणी नदि किनारमा निर्माणाधिन नेपाल आयल निगमको भण्डारण केन्द्रमा जाने गरेको छ । सयौ टिपर ढुगाँ त्यहा लगिएका छन्,तर कस्को विल बिजकमा पठाइएको हो ? सोबारे आन्तरिक राजस्वले पनि छानविन गर्नु पर्ने उनको भनाई थियो । बिलबिजक जारी गर्ने कम्पनीसँग विक्रिका लागि स्टक के कति छ ? स्टकमा राख्ने स्रोत कहाँ को हो ? त्यसैले प्रस्ट गर्न सकिन्छ । बाकी खोला र प्रसोधन केन्द्र नजिक रहेको समाग्रिको यकिन विवरण र त्यसले प्राप्त गरेको स्रोत के कति ? उस्ले अहिले सम्म कति प्रयोग गर्यो,त्यसबारे पनि अनुसंधान गरियो भन्ने खुल्न सक्ने स्थानिय बताउछन् ।
खोला भित्रै अहिले पनि हजारौ घन मिटर समाग्रि यत्रतत्र भण्डारण रहेको देखाउदै उनले भने,यसबारे केही स्थानियले गुनासो गरे पछि सुनवल नगरपालिकाले खोला अनुगमन गर्न थालेको छ । पहिलो दिन अनुगमन गरि केही समाग्रि बरामद गरेको थियो,पछि विभिन्न फेसबुकको पेजबाट मेयर बिमला अर्याल र उनका निकटहरुको समेत यसमा संलग्नता रहेको टिप्पणी भएको थियो । दोश्रो दिन उनी जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षाटोली लिएर खोला भित्र जादा (लु१क ४५२७ र लु१क ३००८ ) नम्बरका दुई वटा टिपर र ट्याक्टर सहित खोलाजन्य पदार्थ बरामद गरेको बताएकी थिईन् । टिपर र ट्याक्टर अहिले पनि नगरपालिका परिसरमै रहेको छ, मेयर अर्यालले भनिन्, खोलाको तस्करी नियन्त्रण गर्ने जिम्मा नगरपालिकाको मात्रै होईन्,सुरक्षा निकाय पनि हो,जनगुनासो आए पछि आफु नगर प्रहरी र कर्मचारी लिएर खोला भित्र पसेर नियन्त्रण गर्ने अभियान थालेको छु, उनले थपिन्,यो अभियानमा शुरक्षा निकाय र अन्य सरोकारवालाले समेत सहयोग गर्न आवश्यक छ ।
खोलाको तस्करी गराउने पहुँचवाला नै भएका कारण एक किलोमिटरको दुरीमा रहेको बन र प्रहरीको कार्यालय भए पनि उनीहरु रोक्नु भन्दा गुनासो पुगे पछि त्यो जिम्मेवारी नगरपालिकाको भन्दै पन्छिने गरेका छन् । तस्करसँग प्रहरीले नै मोटो रकम उठाउने गर्दा खोला तस्करी नियन्त्रण प्रति गैरजिम्मेवारी अभिब्यतिm आउने गरेका छन् । तस्करीसँग मिल्नेमा केही पत्रकारहरुको पनि गाडी संलग्न रहेको नगरपालिकाका एक कर्मचारीले बताए । पत्रकार र प्रहरीको साथ पाए पछि तस्करहरु किन हौसिदैनन्,उनले भने,सबैले अ आफ्नो इथिक्समा काम गरिदिए हुन्थ्यो,चार जना नगरप्रहरी र एक जना मेयरले नगरभरिका खोला नियन्त्रण थोरै गर्न सकिन्छ ।
सुनवलमा खोला तस्करी बेला बेलामा हुने गर्छ,विवाद उठ्छ,नगरपालिकाले पनि केही गरेको देखाउछ,सरोकारवालाले विस्तारै असहयोग गर्न थाल्छन्,विस्तारै खोलाको विषय सेलाउदै जान्छ । तस्करले मौका छोपेर पुनः सल्बलाउछन्,काम गर्छन्,यो नियति प्रत्येक बर्षको रहेको छ । प्रहरीको उपेक्षा प्रति असन्तुष्टि ब्यतm गर्दै मेयर अर्यालले भनिन्,अब नगरपालिकाले नगर प्रहरी थप्नु पर्ने बाध्यता देखियो । यसका लागि चाडै नै कार्यपालिका बैठकमा कुरा राख्छु । आयोजनाको आडमा हुने खोला तस्करीबारे एक स्थानियले भने,आयोजनाको निर्माण कार्य किन ढिलाई हुन्छ ? वा किन ढिलाई गराइन्छ ? किन भने त्यसैको आडमा खोला तस्करी गरि अकुत सम्पती कमाउने केही गिरोह सक्रिय छन् ।
आयोजना जति ढिलो भयो,उत्ति धेरै दिन कमाउन सकिन्छ,आयोजनाकै नाममा खोलामै प्रसोधन केन्द्र राखिएका छन्,कोही आयो भन्ने आयोजनाकै ति समाग्रि हो,भनि झुक्याउन सकिन्छ,मौका छोपेर बाहिर बेच्न सकिन्छ । नगरपालिकाले आयोजनालाई उपलब्ध गराएको समाग्रि वा अन्य फर्मले निकासी गरी राखिएको खोलाजन्य समाग्रिको स्टक बारे वास्तविक लेखा जोखा पनि नगरपालिकासँग छैन् । तस्करीको हल्ला भयो र जो जहाँ पायो,त्यही कमाउने मेसो बनेको छ, खोला,उनले थपे, धमिलो पानीमा माछा मार्ने भनेको यस्तै रहेछ । नाम मात्रको जिल्लामा जिल्ला अनुगमन र नगरमा नगर अनुगमन समिति छ । अनुगमनको काम भन्दा अनुगमनको नाममा सौदाबाजी बढि छ । होईन भन्ने नियमित अनुगमन गर्ने र प्रतिवेदन तयार गरि कस्ले के गर्ने ? कार्ययोजना बनाउने र लागु गर्ने हो । कार्ययोजना अनुसारको काम गरेको प्रतिवेदन पनि नियमित सार्वजनिक गर्नु पर्ने हो,तर खोई त प्रतिवेदन ? उनले प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *