नवलपरासी,११ भदौ
सुनवल नगरपालिकाद्धारा खोलामा गैर कानुनी ढंगले गरेको उत्खननबारे डिभिजन बन कार्यालयले अनुसंधान थालेको छ । सरकारी एक्साभेटर प्रयोग गरि उत्खनन गर्दै गरेको अवस्थामा सुनवलका जेसिबी र दुई टिपरलाई स्थानियले डिभिजन बन कार्यालयमा बुझाए पछि अनुसंधान अधिकृत तोकरे डिभिजन बनले अनुसंधान थालेको हो ।
आफ्नै टास्क फोर्स बनाई खोलाको चोरी निकासी नियन्त्रण गर्दै अवैध खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,मिस्कट) बरामद अभियान चलाएको सुनवल नगरपालिकका कर्मचारी आफै अवैध उत्खनन गर्दै गरेको भेटिएको हुन । प्रकृया नै नपुर्यार्इै खोलामा मेसिन प्रयोग गरेर बन क्षेत्रमा पर्ने तुरिया खोला उत्खनन गरिरहेको अवस्थामा देखिए पछि स्थानियले डिभिजन बन कार्यालयका कर्मचारीलाई सुचना गरेका थिए । बन कर्मचारी सहित स्थानियले नगरपालिकाको जेसिबी र मिस्कट सहित दुई वटा टिपर बरामद गरिएको थियो । बरामद टिपर अहिले डिभिजन बन कार्यालयको शसस्त्र बन सुरक्षा शाखा क्याम्प बडेरामा राखिएको छ । बन ऐन अनुसार कारवाही प्रकृया अगाडी बढाउन समेत स्थानियबासीको माग रहेको छ । चोरी नियन्त्रण गर्ने निकाय नै चोरी गर्दै गर्दा समातियो, एक स्थानियले भने,खोलाको संरक्षणको जिम्मेवारी पाएको नगरपालिकाकै पदाधिकारीको निर्देशनमा कर्मचारी लुट मच्चाई रहेका छन् । सो चोरी कार्यमा सँलग्नलाई अनुसंधान गरि कारवाही गर्नु पर्ने जनाउदै सरकारी निकाय नै चोरीमा लागे पछि खोला माफियाहरु झन उत्साही हुने देखिएको दाबी गरेका थिए ।
नगरपालिकाकी मेयर विमला अर्याल केही दिन खोलामा चोरी गरि राखिएका समाग्रि बरामद गरि जपत गर्ने अभियान चलाएकी दाबी गरेकी थिईन्,तर अहिले तिनै खोलामा नगरपालिकाकै जेसिबी र टिपर बरामद भयो,त्यो कस्को निर्देशनमा चलिरहेको थियो,के नगरपालिकालाई खोलाजन्य समाग्रि झिक्न कुनै विधि प्रकृया हुदैन्,घरको सम्पती जस्तै जभाभावी चलाउन पाईन्छ ? उनले प्रश्न गरेका थिए । जनतालाई मात्रै लागु हुन्छ, उनले थपे,जनतालाई एक दुई बेरा समाग्रि घर प्रयोजनका लागि चाहियो,भन्ने कानुनले छेक्छ, तर खोला माफियाहरु जतिखेल परि खोलामा लुट मच्चाई रहेका छन् । करोडौको खोलाजन्य समाग्रि खोला किनारमा भण्डारण गरि राखेका छन् । स्थानियको विरोध आए पछि नगरपालिकाले दुई चार दिन चपत गर्ने कार्य भई रहेको देखायो । अहिले खोलामा आफ्नै जेसिबी र टिपर पठाएर उत्खनन भई रहेको अवस्थामा भेटियो । यसको अनुसंधान गर्ने जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कहाँ छन् ?
यता स्थानियको सुचनाको आधारमा बन कर्मचारी सहित स्थानियले सो जेसिबी र मिस्कट सहित दुई वटा टिपर बरामद गरिएको डिभिजन बन कार्यालय नवलपरासीले जनाएको छ । कुनै पनि कागजात नै नभई समान्य तरिकाले सरकारी मेसिन प्रयोग गरि उत्खनन गरिरहेको अवस्थामा फेला परेको डिभिजन बन कार्यालयका निमित्त डिभिजन बन अधिकृत मोहन गजुरेलले जानकारी गराए । घटनाको अनुसंधानका लागि अनुसंधान अधिकृत तोकिएका छन्,उनले भने, अनुसंधान अधिकृतले सरकारी वकिल कार्यालयसँग समन्वय गरि अनुसंधान प्रतिवेदन तयार गर्ने र बन ऐन बमोजिम मुद्दा चल्ने सक्ने बताए । अनुसंधानको क्रममा मेसिन टिपर सहितको बिगो हुने कि बरामद गरिएको मिस्कटको मात्रै हुनेबारे अन्यौलता ब्यतm गरेका थिए ।
उता नगरपालिकाले उत्खनन गरेको बारे आफुलाई जानकारी नभएको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर जिसीले बताए । बन र स्थानियले जेसिबी र टिपर लगिसके पछि मात्रै आफुलाई फोन मार्फत जानकारी भएको उनले सुनाए । उनका अनुसार स्थानिय कृष्णमन्दिर नजिकैको सडक पुर्नका लागि नगरपालिकामा मन्दिर ब्यवस्थापन समितिले मिस्कट माग गरेको थियो । सोही सडक पुर्नका लागि मिस्कट लैजान खोलामा नगरपालिकाको जेसिबी र टिपर गएको बनाए । चोरी गर्ने नियत भन्दा समाजिक सेवाकै लागि समाग्रि झिक्न लागिएको उनले जिकिर गरेका थिए । तर नगरपालिकासँगै जपत गरिएका समाग्रि हुदा हुदै खोलामा झिक्नका लागि जेसिबी र टिपर किन लािगयो ? भन्ने प्रश्न स्थानियबासीको रहेको छ । कृष्ण मन्दिर नजिकैको सडक पुर्नका लागि आवश्यक मिस्कट नगरपालिकासँग हुदा हुदै खोल
ामा खुलेयाम जेसिबी लगाएर समाग्रि झिक्नु गैर कानुनी नै रहेको उनीहरुको भनाई छ ।
कुनै पनि कानुन जनतालाई लागु हुने र नगरपालिकालाई लागु नहुने हुन्छ ? उनले प्रश्न गर्दै खोलाको समाग्रि झिक्न नै जेठ देखी असोज महिनासम्म खोला प्रतिबन्धित छ । खोलामा मेसिन प्रयोग गर्न पनि वातावरणिय प्रभाव मुल्याँकन(ईआईए) गरेको हुनु पर्छ । त्यो पनि ईआईए अनुसार खोला जन्य समाग्रि झिक्न कार्तिक देखी मात्र पाईन्छ,भनेर नगरपालिकाले बिर्सेको हो ? कि कानुनको अटेरी गरेको हो ? स्थानिय सरकारको नाममा कानुनको धज्जि उडाउन पाईन्छ, त ? यता खोला जन्य समाग्रि झिक्नेबारे आफुलाई जानकारी नभएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । जेसिबी र टिपर बरामद भएको पत्रकारले फोन गर्दा मात्रै आफुलाई थाहा भएको उनको भनाई थियो ।
Telif hakkı ihlali SEO çalışmaları, Google’da rakiplerimizi geçmemizi sağladı. https://www.royalelektrik.com/harmantepe-elektrikci/
Telif hakkı politikası Google SEO ile e-ticaret sitemizin satışları ciddi oranda arttı. https://www.royalelektrik.com/aksemsettin-elektrikci/
Somebody essentially lend a hand to make significantly posts I might state That is the very first time I frequented your web page and up to now I surprised with the research you made to create this particular put up amazing Excellent job
I simply could not go away your web site prior to suggesting that I really enjoyed the standard info a person supply on your guests Is going to be back incessantly to investigate crosscheck new posts