
नवलपरासी,२३ कातिक
जिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पसमा अध्यापन गराईदै आएको चार बर्षे (विएड) ब्याचलर अफ एजुकेसन(शिक्षा संकाय)मा थप आवश्यकता पहिचान गरि विषय र कार्यक्रम थपिने भएको छ । चार बर्षे वि एडमा समाजिक अध्यक्ष शिक्षा विषय थपिने निर्णय भएको र त्यसको जानकारी जिल्ला स्थित सर्वदलिय तथा जनप्रतिनिधिहरुलाई समेत जानकारी गराइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराएका हुन् ।
उनका अनुसार विगत बर्षमा खारेज भएको एक बर्षे विएडको स्वरुप परिवर्तन भई अहिले तिन समेस्टरमा परिक्षा दिइने गरि डेढ बर्षे अधिस्थानक तह पनि थपिने निर्णय भएको छ । एक बर्षे विएड गर्न खोव्ने जुन सुकै संकाय र विषयका विद्यार्थीले उतm कार्यक्रममा भर्ना लिई पढन पाउने भएका छन् । क्याम्पसमा अहिले ब्यवस्थापन संकायको विविएस र शिक्षा संकाय(विएड) को अध्ययन अध्यापन हुदै आएको छ । मानविकिय संकाय.विए) को सम्बन्धन भए पनि विद्यार्थी नभएर सो संकायको पठन पाठन भई रहेको छैन् । थपिन लािगएको अधिस्नातक तह र विषय थपको लागि आवश्यक खर्च जुटाउनका लागि उनले उपस्थित दलका प्रतिनिधि,जनप्रतिनिधि साँसदहरुसँग आग्रह गरेका थिए ।
