
नवलपरासी, २५ कातिक
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिर निर्माण गरि मंसिर ५ गते रामलिला सहित प्राणप्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ । प्राचीनकाल देखी कै हिन्दु सनातनी दर्शनमा आधारित राम जानकी मन्दिर रहेको उतm स्थानमा २५ लाख लगानीमा मन्दिर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको हुदा सो मन्दिरमा रामजानकी मुर्ति स्थापना तथा प्राणप्रतिष्ठा गर्नुका साथै ९ दिनसम्म रामलिला कार्यक्रम गर्ने तय भएको हो ।
रामलिलाका लागि रामकै जन्मभुमि अयोध्याबाट धर्मगुरु,प्रवचनकर्ता तथा रामलिलाका कलाकार समेत आउने तय भई सकेको उतm मन्दिर निर्माणमा लागनी गर्दै आएका उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष समेत रहेका ओमप्रकाश अग्रहरीले बताए । उतm मन्दिर आफ्नै निजी लगानीमा गराउदै आएको बताउदै उनले स्थानियको समेत सहभागिता रहेको जानकारी गराए । रामग्राम स्तुप पछि नै सो स्थानमा रामजानकी मन्दिरको स्थापना भएको र सानो आकारको प्राचीन मन्दिर समेत रहेको उनले देखाएका थिए । छेउमै ठूलो मन्दिरको निर्माण गरिएको छ,उनले भने, बौद्ध दर्शन र हिन्दु दर्शनमा आधारित दुबै स्थान प्राचीन स्थान हो । स्तुप क्षेत्र झरही नदीको पुर्वमा छ,उनले थपे,पश्चिम तर्फ रामजानकी मन्दिर रहेको छ ।
प्राचीन इतिहास बोकेकै दुबै स्थान भएको जानकारहरुले बताउदै आएका छन् । जानकारहरुका अनुसार बौद्धकालमा प्राचीन कोलिय राजाले बुद्धको अस्ति राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए । पछि मगधका तत्कालिन सम्राट अशोक स्तुप उत्खनन गराउदै ८४ हजार स्थानमा स्तुप बनाउने गरि स्तुपको उत्खनन गराउने क्रममा अन्मिम समयमा रामग्राम स्तुपको उत्खनन गर्न आई पुगेका थिए । तर स्तुपमा पुजा ध्यान गर्दै आएका नागबंशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन गरेनन् । बरु रामग्राम स्तुप नजिकै स्नान गर्न पोखरीको निर्माण गराई दिए । भिच्छुलाई बस्नका लागि बौद्ध विहार बनाई दिए । उपासकहरुको बसोबासका लागि पनि आवास बनाई दिएका थिए । अहिले सो स्थान रामग्राम ७ देउरवामा रहेको छ । त्यसै गरि सम्राटकै निर्देशन अनुसार हजारौ भिच्छु संघका लागि आराम गर्ने स्थान संघाग्राम र ठूलो पोखरीको निर्माण रामग्राम १७ देवगावमा बनाउन लगाएका थिए । जुन अहिले पुरातात्विक खोजले पहिचानमा ल्याइ रहेको छ ।
मगधमा मौर्यकालको अन्त्य पश्चात मौर्यबंशका अन्तिम राजा वृहद्रत मौर्यको हत्या गरि उनका सेनापति पुष्पमित्र सुगँले सत्ता हत्याए । मगध राजधानी पाटलीपुत्र(हालको भारत विहार प्रदेशको राजधानी पटना) मा सेनापति विरुद्ध जनताले विद्रोह शुरु गरिदिएका थिए । त्यसको त्रासले सुगँले मगध राजधानी मध्य प्रदेशको उज्जैनमा सारेर शासन सत्ता गर्न थाले र बौद्ध विहार,बौद्ध स्थललाई ध्यस्त बनाउने र भिच्छुहरुको हत्या हिँसा गर्दै भगाउने अभियान चलाएका थिए । सोही क्रममा उज्जैनबाट नै आएका सुगँ शासनका सैनिक रामग्राम स्तुपलाई नष्ट गर्ने,संघाग्राम नष्ट गर्ने र बौद्धभिच्छुलाई लखेटने कार्य गरेको हुन सक्ने जानकारहरु बताउछन् । उज्जैनबाट आएका सैनिकहरु बस्ने स्थान नै सम्भवतः कालान्तरमा उजैनी गाँउको रुपमा परिणत भएको हुन सक्ने स्थानिय बताउछन् । सुगँ शासनले बौद्ध धर्म नष्ट गरि सनातनी हिन्दु धर्मलाई स्थापित गराउनका लागि स्तुप नजिकै झरहीखोला पश्चिममा रामजानकी मन्दिर बनाउन लगाएको हुन सक्छ । पछि मगधमा गुप्त शासन स्थापना भयो,गुप्त शासनले हिन्दु दर्शन होसा वा बौद्ध दर्शन दुबैलाई संरक्षण,ब्यवस्थापन,प्रवद्र्धन गराउने क्रममा स्तुपको संरक्षण र हिन्दु धर्मको प्रवद्र्धन गर्न मन्दिर निर्माण गरि धार्मिक सहिसुष्णता कायम गर्नका लागि काम गरेको हुन सक्ने स्थानिय बताउछन् ।
रामग्राम नगरपालिका पनि रामग्राम स्तुपकै नामले बनेको हुदा अहिले रामग्राम स्तुप क्षेत्रको विकास संरक्षण,प्रर्वद्धनका लागि रामग्राम विकास कोषको पनि स्थापना गरि काम गर्दै आएको छ । तर स्थानिय स्तरबाट कुटीको रुपमा रहेको रामजानकी मन्दिरमा पनि हिन्दु संस्कृति अनुसारका कार्यक्रम गर्दै आएको छ । रामजानकी मन्दिरमा विगत बर्ष देखी पुजारी साँधु सन्तहरु बस्दै आएको स्थान हो, अध्यक्ष अग्रहरीले भने,स्थानियको माग अनुसार नै प्राचीन मन्दिरलाई यथा स्थितीमा राखी नयाँ मन्दिर निर्माण गराइ दिएको हो । स्तुप क्षेत्रमा रामग्राम नगरपालिका र नेपाल सरकारले नै काम गर्दै आएको छ ।
नेपालीहरु अहिले पनि बुद्ध र राम एउटै सनातनी धार्मिक समुहको भएको मान्दै आएकोले रामग्रामलाई अ आफ्नो तरिकाले परिभाषित गर्दै आएको नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । रामग्राम स्तुप क्षेत्रमा राजजानकी मन्दिर हिन्दुहरुको आस्थाको क्षेत्र हो,भने रामग्राम स्तुप बौद्धहरुको आस्थाको क्षेत्र हो । दुबै स्थान नै प्राचीन भएको हुदा दुबै स्थानको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक नै छ । तर विदेशीहरुले बौद्ध दर्शन मान्ने हुदा विदेशीहरुले स्तुपा क्षेत्रमा विभिन्न विहारको निर्माण गराउनमा लागेका छन् । तर नेपालका सरकारहरुबाट बौद्ध विहार बन्न नसक्नु दुखद भएको उनी बताउछन् । स्तुप क्षेत्रमा थाईलैण्ड,कोरिया,चिनिया र जापनीहरुले जग्गा खरिद गरि विहार निर्माण गराउदै आएका छन्,उनले भने,तर नेपालका सरकारले अहिलेसम्म नत मन्दिर नै बनाउन सकेको छ, नत नेपाली बौद्ध विहार बनाउन सकेको छ ।
बौद्धकालिन इतिहासमा संघरामको पनि ठूलो महत्व हुने गर्छ । बुद्धको इतिहाससँग जोडिने संघरामले मूल रूपमा सात बुद्ध र आठ बोधिसत्व महान् धारणी मन्त्र सूत्रमा धर्मका अठार पवित्र रक्षकहरूलाई उल्लेख गरेको थियो । संघरामको उपयुतm स्थान नहुदा स्तुपमा आउने बौद्ध भिच्छुहरुलाई कुनै उचित स्थानमा भोजनदान पनि गराउन सक्ने अवस्था भेटिदैन् । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ ।
