समाचार

सुस्ता गाउपालिकाले शुभारम्भ गर्यो ‘आमा अभिभावकलाई शिक्षा’
समाचार, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिकाले शुभारम्भ गर्यो ‘आमा अभिभावकलाई शिक्षा’

नवलपरासी,१३ पुसजिल्लाको सुस्ता गाउपालिकाले पालिका भित्रका प्राथमिक तथा आधारभुत विद्यालयहरुमा विद्यार्थीका आमालाई आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । स साना बालबालिकालाई घर देखी विद्यालयसम्म र उनीहरु प्रति आमा अभिभावकले गर्ने ब्यवहार परिवर्तन गराउने उदेश्य लिई विद्यालयमा आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।असल विद्यार्थी बन्नका लागि घरबाटै असल बालबालिका बन्नु पर्छ,असल बालिका बन्नका लागि असल आमा हुनु पर्छ मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । स साना बालबालिकाहरु आमासँगै धेरै समय विताउछन्,उनी भन्छिन्,विद्यालयका शिक्षकले सिकाउने कुरा भन्दा बालबालिकाहरु आमाले गर्ने ब्यवहारबाट धेरै कुरा सिक्ने गरेका छुन्छन । त्यो भएर पहिला आमाले नै बालबालिकासँग कसरी ब्यवहार गर्ने कुरा सिकाउन आवश्यक छ । असल अभिभावकका लागि असल आमा बन्न जरुरी छ,उ...
बालबालिकालाई न्यानोकपडा र टोपी वितरण
रामग्राम नगरपालिका, समाचार

बालबालिकालाई न्यानोकपडा र टोपी वितरण

नवलपरासी,१३ पुसजिल्लाको विभिन्न विद्यालय तथा मदरसाका बालबालिकालाई परासी क्याम्पसका क्याम्पस प्रमुख तथा सञ्चालक समेत रहेका स्थानिय सुमन गोपाल अचार्यले कपडा र टोपी वितरण गरेका छन् । जाडोको बेला बालबालिकालाई जाडो झल्न सहज होस भनेर विभिन्न विद्यालय तथ मदरसाका बालबालिकालाई न्यानो कपडा र जाडोमा लगाउने टोपी वितरण गरेका हुन् ।उनका अनुसार रामग्राम १७ स्थित शहिद जगदिश पासवान प्राविका २ सय ३५ जना बालबालिका,पाल्हीनन्दन गाउपालिका स्थित शहिद जगदिश पासवान प्राविकका १ सय ७० जना बालबालिका तथा सिद्धार्थ मावि कुश्मा स्थित सुस्त मनस्थिती कक्षाका १० जना बालबालिका रामग्राम ३ स्थित मदरसाका ४५ जना बालबालिकालाई न्यानो कपडा तथा टोपी वितरण गरिएको अचार्यले बताए । आफ्नै पहलमा उनले बाल स्वास्थ्यका लागि साझेदारी नामक सस्था सञ्चालन गर्दै आएका अचार्यले रामग्राम १ का हरिजन बस्तिमा रहेका ७२ जना बालबालिकालाई ट्रयाकसुट वितरण ...
रामग्राम नगरपालिकाले बनाएको भुउपयोग बर्गिकरण मापदण्ड हावादारी भएको आरोप
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले बनाएको भुउपयोग बर्गिकरण मापदण्ड हावादारी भएको आरोप

नवलपरासी,१२ पुसरामग्राम नगरपालिकाले नापी कार्यालयमा पठाएको जग्गा बर्गिकरण विवरण हावादारीमा भएको आरोप स्थानियले लगाएका छन् । स्थानिय तह नगरपालिका र गाउपालिकाले जग्गा बर्गिकरण नगर्दा किसान मर्कामा परेको स्थानियले आरोप लगाई रहेकै बेला अहिले नगरपालिकाले हावादारी बर्गिकरण विवरण पठाएको अरोप लगाउन थालेका हुन् ।मंसिर २४ गते भित्र सरकारले सबै स्थानिय तहलाई भु उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी मापदण्ड बनाई पठाउन निर्देशन गरेको थियो । रामग्राम नगरपालिकाले हतार हतारमा विभिन्न १३ बुदे मापदण्ड बनाएर पाठएको तर त्यो मापदण्ड हावादरी भएको स्थानिय राधेश्याम सैथवारले बताए । नगरपालिकाले मापदण्ड पठाई सकेको जानकारी सार्वजनिक गरेको थियो,उनले भने,सोही अनुसार नापी कार्यालयमा बुझ्दा नगरपालिकाले पठाएको मापदण्ड अनुसार जग्गाको कित्ता काट हुन सक्दैन भनेर जवाफ दिएका थिए । नगरपालिकाले बनाएको मापदण्ड झारो टार्ने र हावादारी भ...
फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक
प्रतापपुर गाँउपालिका, समाचार

फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक

नवलपरासी,१२ पुसजिल्लाको प्रतापपुर गाउपालिकाले फिल्डमा जाने कर्मचारीहरुको लगबुक कार्यालयको प्रवेशद्धारमा राखेको छ । कुन कर्मचारी कहाँ गएका छन ? त्यसको जानकारी त्यही लगबुकबाट अन्य कर्मचारी,सेवाग्राही र पदाधिकारीले पढन र जान्न सकुन भनेर ति लगबुक सार्वजनिक रुपमा सबैले देख्ने गरि स्थानमा राखिएको हो ।विभिन्न सेवाग्राही आउने र सम्बन्धित कर्मचारी नभेटाउदा आक्रोसित हुने हुदा सेवाग्राहीको सहजताका लागि सो लगबुक राखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कतिपय कर्मचारी आफु खुशी हिडिदिने र उनीसँग सम्बन्धित सेवा लिन आउने सेवाग्राहीले जानकारी नपाउदा समस्या देखिन थाले पछि लगबुकको शुरुवात गराएको उनको भनाई छ । शुसासनको यो पनि एक पाटो हो,उनले भने,फिल्डमा गएका कर्मचारीले लगबुक भरेर बाहिर जादा उनको त्यही अनुसार फिल्ड अनुगमन पनि गर्न सकिन्छ । भ्रमण आदेश भर्ने तर लगबुक नभरी कर्मचारी जा...
भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग
समाचार, सुस्ता गाउँपालिका

भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग

नवलपरासी,१२ पुसनेपाल गण्डक बाँध अन्तरगत भारतिय मुख्य पश्चिम गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्नु पर्ने माग स्थानियले गरेका छन् । नहरको छेउमा रहेको सडकहरुको मर्मत सम्भार नहुदा र सडक फराकिलो नगर्दा दुर्घटना हुने क्रम बढेको हुदा सरोकारवालासँग स्थानियले माग गरेका हुन् ।भारतयि गण्डक नहर नेपालको गण्डकी प्रदेशको त्रिवेणीधाम देखी सुस्ता गाउपालिका हुदै प्रतापपुर गाउपालिकाको झुलनीपुरसम्म झण्डै १९ किलोमिटर दुरी नेपाली भुमि भएर भारतको उत्तर प्रदेश जान्छ । नहर निर्माण हुदा नहरको डिलमा र नहरको छेउ भएर दुई÷दुई लैनको पक्कि सडक थियो,तर अहिले नहर छेउको सडक पुर्णतः जिर्ण भई सकेको सुस्ता गाउपालिकाका स्थानिय रामु अर्यालले बताए । माथिल्लो डिलको सडक पनि मर्मत भएको दशक भयो,उनले भने,धेरै स्थानमा सो सडक पनि भत्किसेको छ । जिर्ण भई सकेको छ । यसले दुर्घटना निम्त्याएको छ । सडककै कारण दर्जनौ ब्यतिm दुर्घटनामा परेर ज्...
उबासंघ नवलपरासीद्धारा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र
रामग्राम नगरपालिका, समाचार

उबासंघ नवलपरासीद्धारा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र

नवलपरासी,१२ पुुसउद्योग बाणिज्य संघ नवलपरासीले उद्योगी ब्यवसायिहरुको समस्याबारे प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष केशव भण्डारी सहित संघका पुर्व अध्यक्ष,पुर्वकेन्द्रिय सदस्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सो ज्ञापनपत्र बुझाएको हो ।विभिन्न ६ बुदे माग सहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष भण्डारीले बताए । बैंक तथा वित्तिय संघसस्थाका कारण उद्योग ब्यवसाय धारासायी बन्दै गरेको कुरा सहित उद्योग ब्यवसायीको समस्या तत्काल सम्बोधन गर्नका लागि संघले ज्ञापनपत्र मार्फत सरकारलाई जानकारी गराएको थियो । सरकारले ल्याएको चालु पुजिँगत सम्बन्धी कर्जाको ब्यवस्थाले अर्थतन्त्रको समग्र उद्योग तथा ब्यवसाय क्षेत्र,बैंकिँग क्षेत्र,आयात निर्यात सबै ब्यपारीक कारोबार संकुचन आएको जनाउदै उतm ब्यवस्थालाई तत्काल सच्याई वर्तमान अवस्थाको समस्या समाधान गर्न माग गरेको छ ।कर्जा नीति २०७९ अ...
यि हुन विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार लोहार
समाचार, सुस्ता गाउँपालिका

यि हुन विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार लोहार

नवलपरासी,११ पुुसयहाँका एक युवाले बैदेशिक रोजगारको क्रममा सिकेको शिपलाई आफ्नै गाँउ उपयोगमा ल्याएका छन् । जिल्लाको सुस्ता गाउपालिका ४ गोकुल नगरका युवा शिव कुमार लोहारले बैदेशिक रोजगारको क्रममा सिकेको शिप गाउमा उपयोगमा ल्याएका हुन् ।लोहर विगत केही बर्ष भारतमा काम गर्न गएका थिए । पछि उनी साउदी अरबमा बैदेशिक रोजगारीको क्रममा पुगे । त्यहाँ उनले बेल्डिँग गर्ने शिप पनि सिके । सोही शिप अनुसार उनी चार बर्षसम्म वेल्डिगँको काम गरे । अहिले उनी आफ्नै गाँउमा फर्केका छन् । हुन त फलाम(लोहा)को काम गर्ने लोहार उनको पुर्खाैली पेशा पनि हो । तर पुखौली पेशा अनुसार उनी समान्य घरमा स साना आरन चलाएर काम गरेका थिए । तर पछिल्लो समय प्रविधिको विकास पनि हुदै जादा उनी आफुलाई आफ्नो पुर्खौली पेशालाई स्तोरन्ती पनि गरेका छन् । साउदीबाट फर्केर उनी ७ लाखको लगानी गरि आफ्नै घरमा वेल्डिँग गर्ने गरेका छन् ।वेल्डिगँ गर्ने शिपका का...
परिवार नियोजनको साधन डिपोको सट्टा अब सायना प्रेस सुई
रामग्राम नगरपालिका, समाचार

परिवार नियोजनको साधन डिपोको सट्टा अब सायना प्रेस सुई

नवलपरासी,१० पुसमहिलाले लगाउने गर्भ निरोधक सुई डिप्रो प्रोभेरा(डिपो) को सट्टा सायना प्रेस(डिएमपिइ—एससी) नामक सुईको परिक्षण हुने भएको छ । नेपाल परिवार नियोजन संघ नवलपरासीले आयोजना गरेको सायना प्रेस नामक सईबारे पत्रकारंसंग अभिमुखीकरण कार्यक्रममा जानकारी गराएको हो ।डिपो सुई भन्दा सायना प्रेस प्रभावकारी हुने भएको हुदा यहिँ जनवरी महिना देखी सो गर्भ निरोधक सुईको रुपमा महिलालाई लगाईने संघकी नर्स अंजली श्रेष्ठले जानकारी गराईन् । नेपाल सरकारले नै सो सुई परिवार नियोजन संघ मार्फत लगाउने जानकारी गराएको उनको भनाई थियो । बजारमा तिन महिना अगाडी प्रयोगमा आएको बताउदै बेल्जियम र चिन लगायतका देशमा यसको परिक्षण भई सकेको छ,उनले भनिन्,नेपालमा पनि यसको प्रारम्भिक परिक्षण भई सकेको छ । लुम्बिनी प्रदेशमा अहिले नवलपरासी र रोल्पा जिल्लाबाट यो सुई लगाउने कार्य जनवरी देखी शुरु हुन्छ । डिपोको तुलनामा सायना प्रेस सुई बढि ...
सरकारबाट अनुदान भन्दा कृषि उपजको बजार ब्यवस्थापन गर्न किसानको माग
समाचार, सुस्ता गाउँपालिका

सरकारबाट अनुदान भन्दा कृषि उपजको बजार ब्यवस्थापन गर्न किसानको माग

नवलपरासी,९पुसजिल्लाको पुर्वि क्षेत्रका किसानले सरकारबाट अनुदान भन्दा उत्पादित कृषि उपजको बजार ब्यवस्थापन गरि दिन माग गरेका छन् । सृजना कृषक समुह सुस्ता ४ नरसही गोकुल नगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित कृषकहरुले सो माग गरेका हुन् ।कृषि ज्ञान केन्द्र नवलपरासीको सहयोगमा सो क्षेत्रमा आलु प्रवद्र्धन कार्यक्रमको सार्वजनिक सुनुवाई गर्ने क्रममा पुगेका कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष कुमार चौधरी सहितको कृषि विज्ञ टोलीसँग किसानहरुले अनुदान भन्दा बजार ब्यवस्थापनमा सहजी करण गरिदिनका लागि माग गरेका थिए । उखु,केरा जस्ता नगदेबाली खेती हुने उतm क्षेत्रमा आलुबालीको पनि प्रयाप्त सम्भावन देखिएको छ । केरा भित्र पनि आलु खेती गर्न सक्ने र बालुवामा पनि आलु खेतीको उपज राम्रै देखिएको थियो । बाली नालीमा सरकारी अनुदान लिन प्रकृयागत जटिलताका कारणले बेलामा पाउने अनुदान नपाउदा समस्या दर...
नगर न्यायिक समितिलाई सक्रिय बनाउदै वर्दघाट नगरपालिका
बर्दघाट नगरपालिका, समाचार

नगर न्यायिक समितिलाई सक्रिय बनाउदै वर्दघाट नगरपालिका

नवलपरासी, ९ पुसजिल्लाको वर्दघाट नगरपालिकाले स्थानिय तहमा रहेको न्यायिक समितिलाई सक्रिय बनाउनमा लागेको छ । न्यायिक समितिलाई सक्रिय बनाउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने मध्यस्तकर्ताहरुको रहेको हुदा नगरपालिकाले मध्यस्कर्तालाई सक्रिय बनाउन थालेको हो ।विभिन्न वार्डबाट पुरानो मध्यस्कर्तालाई न्यायिक समितिमा नबिकरण गर्न र नयाँ मध्यस्तकर्ताका लागि आवेदन समेत खुलाएर न्यायिक समितिलाई सक्रिय बनाउन लागिएको न्यायिक समितिका संयोजक समेत रहेका नगरउपप्रमुख(उपमेयर) रुद्र प्रसाद उपाध्यायले जानकारी गराए । उनका अनुसार न्यायिक समितिको प्रगति विवरण मासिक प्रगति समिक्षा कार्यक्रम पुस ६ गतेमा समेत सार्वजनिक गरिएको छ । न्यायमा स्थानिय जनताको सहज पहुँचका लागि स्थानिय तहमै न्याययिक समिति गठन गरि न्याय निरुपण गर्ने गरि कानुनी ब्यवस्था उल्लेख गरिएको छ ।न्यायिक समिति भनेको स्थानिय सरकारको न्यायपालिका जस्तै हो,उनल...