भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग

नवलपरासी,१२ पुस
नेपाल गण्डक बाँध अन्तरगत भारतिय मुख्य पश्चिम गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्नु पर्ने माग स्थानियले गरेका छन् । नहरको छेउमा रहेको सडकहरुको मर्मत सम्भार नहुदा र सडक फराकिलो नगर्दा दुर्घटना हुने क्रम बढेको हुदा सरोकारवालासँग स्थानियले माग गरेका हुन् ।
भारतयि गण्डक नहर नेपालको गण्डकी प्रदेशको त्रिवेणीधाम देखी सुस्ता गाउपालिका हुदै प्रतापपुर गाउपालिकाको झुलनीपुरसम्म झण्डै १९ किलोमिटर दुरी नेपाली भुमि भएर भारतको उत्तर प्रदेश जान्छ । नहर निर्माण हुदा नहरको डिलमा र नहरको छेउ भएर दुई÷दुई लैनको पक्कि सडक थियो,तर अहिले नहर छेउको सडक पुर्णतः जिर्ण भई सकेको सुस्ता गाउपालिकाका स्थानिय रामु अर्यालले बताए । माथिल्लो डिलको सडक पनि मर्मत भएको दशक भयो,उनले भने,धेरै स्थानमा सो सडक पनि भत्किसेको छ । जिर्ण भई सकेको छ । यसले दुर्घटना निम्त्याएको छ । सडककै कारण दर्जनौ ब्यतिm दुर्घटनामा परेर ज्यान गुमाई सकेका छन् । धेरै जना ब्यतिm घाईते भएको र अंगभँग समेत भएर बसेका छन् । यि नहरको सडक मर्मत सम्भार गर्ने जिम्मेवारी भारतिय सरकारको हो,उनले भने,तर भारतिय सरकार समक्ष नेपाली पक्षले कुरा पुर्याउनु पर्छ ,
भारतिय पक्षसँग पटक पटक बैठकमा जाने नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख,भुआर्जन तथा सम्पर्क अधिकृत र प्रमुख जिल्ला अधिकारी हुन् । यि तिनै निकायका प्रमुख यि सडकमा नियमित ओहोर दोहर गर्छन् । तर नहर किनारको अवस्थाबारे किन कुरा उठाउदैनन ? अर्यालले प्रश्न गरे । विगत बर्षमा पनि सरकारी निकायले काम नगरिदिदा स्थानियबासी भारतिय पक्षको विरोधमा आन्दोलन गरेका थिए । गण्डक नदी नियन्त्रण संघर्ष समितिको अगुवाईमा २०६५ साल असार महिनामा भारति नहरको पानी रोकेर ३१ दिनसम्म नहर भित्रै रिले अनसन बसेर आन्दोलन गरेका थिए । तत पश्चात भारतिय पक्षले २१ बुदे सम्झौता गरेको थियो । ति सम्झौता अनुसार भारतिय पक्षले भारतिय नहर,ए ग्याप बाँध,वि ग्याप बाँध,लिँक बाँध,सि ग्याप बाँध र नेपाल बाँध गरि कुल ७६ किलोमिटर सडकको मर्मत गरि पक्कि गरेको थियो । सडक बनाउदा नहरको डिलको सडक पिच गरे पनि किनाराको आर्को सडक पिच गरेन ।
पछि ति सडक पनि पिच गर्ने भन्दा भन्दै अहिले डिलको सडक पनि भत्किन थालेको छ । पाँच वटै बाँधमा पनि गरिएको पिच भत्किसकेको अवस्थामा छ । नहरमा रहेको विभिन्न पुलहरु पनि जिर्ण अवस्थामा रहेको र त्यसको पनि मर्मत सम्भार नगरेको भनाई अर्यालको रहेको छ । बेलामै सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइएको थियो,उनले भने,तर ति निकायले जनताको माग प्रति वेवास्ता गरेको हुन कि भारतिय पक्षले काम नगरेको हो ? त्यसको पनि जवाफ सरोकारवालाले दिनु पर्ने उनको भनाई थियो । बेलामा काम नभए पुनःस्थानियबासीले भारतीय नहरको पानी रोकेर आन्दोलन गर्न बाध्य हुने उनको भनाई थियो । आन्दोलनबाट सृजित हुने परिस्थितीको नेपाली पक्षबाट भारतिय पक्षमा कुरा पुर्याउने जिम्मेवार निकायले त्यसको जिम्मेवारी लिनु पर्ने उनले चेतावनी समेत दिए ।
यता नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीका प्रमुख रनधिर शाहले स्थानियको माग जायज नै रहेको स्वीकार गर्दै भारतिय पक्षसँग बेला बेलामा कुरा उठ्ने गरेको बताए । तर भारतिय पक्षले बैठकमा कुरा सुने पनि ब्यवहारिक रुपमा उपेक्षा गर्दै आएको सुनाए । नेपालको तर्फ बाट कुरा निरन्तर उठ्ने गरेको छ,उनले भने,तर भारतिय पक्षसँग काम गर्न धेरै नै जटिल रहेको छ । यसबारे राजनीतिक स्तरबाट र जनप्रतिनिधि स्तरबाट पनि कुरा उठाउन आवश्यकता औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *