सुस्ता गाउपालिकाले शुभारम्भ गर्यो ‘आमा अभिभावकलाई शिक्षा’

नवलपरासी,१३ पुस
जिल्लाको सुस्ता गाउपालिकाले पालिका भित्रका प्राथमिक तथा आधारभुत विद्यालयहरुमा विद्यार्थीका आमालाई आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । स साना बालबालिकालाई घर देखी विद्यालयसम्म र उनीहरु प्रति आमा अभिभावकले गर्ने ब्यवहार परिवर्तन गराउने उदेश्य लिई विद्यालयमा आमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
असल विद्यार्थी बन्नका लागि घरबाटै असल बालबालिका बन्नु पर्छ,असल बालिका बन्नका लागि असल आमा हुनु पर्छ मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । स साना बालबालिकाहरु आमासँगै धेरै समय विताउछन्,उनी भन्छिन्,विद्यालयका शिक्षकले सिकाउने कुरा भन्दा बालबालिकाहरु आमाले गर्ने ब्यवहारबाट धेरै कुरा सिक्ने गरेका छुन्छन । त्यो भएर पहिला आमाले नै बालबालिकासँग कसरी ब्यवहार गर्ने कुरा सिकाउन आवश्यक छ । असल अभिभावकका लागि असल आमा बन्न जरुरी छ,उनी थप्छिन्,आमाले सन्तानको जन्म दिएर मात्र पुग्दैन्,ति सन्तानलाई के बनाउने सपना पनि हेर्नु पर्छ,त्यही सपना अनुसार ब्यवहारिक कुरा पनि सिकाउनु पर्छ ।
बुधवार सुस्ता ३ फेनहरा स्थित शुभकामना आधारभुत विद्यालयमा आमा शिक्षा कक्षाको उदघाटन गर्दै उपाध्यक्ष चौधरीले कक्षामा उपस्थित भएकी आमा अभिावकहरुलाई देखेर उत्साह पनि ब्यतm गरेकी थिईन् । आफु बालबालिका हुदा यतिको आमाहरु सक्रिय थिएनन्,तर अहिले विद्यालयसम्म आमा आउनु सकारात्मक लक्षण भएकोमा खुशी ब्यतm गरेकी थिईन् । परिक्षणको रुपमा अहिले गाउपालिकाका आधारभुत विद्यालयमा आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताउछन् । असल नागरिकले मात्र मुलुकमा परिवर्तन हुन्छ,अधिकृत पौडेल भन्छन्,असल नागरिकका लागि असल आमा र असल शिक्षक हुनु आवश्यक पर्छ । असल आमाले मात्र सहि तरिकाले आफ्ना सन्ताको हेरचाह,लालनपालन गर्छिन्,असल शिक्षकले प्रगतिशिल शिक्षा दिन्छन् । त्यही भएर मुलुक बनाउन बालबालिकामै लगानी आवश्यक रहेको उनी बताउछन् ।
गाउपालिकाको सिमित साधन स्रोतले आवश्यक जति शिक्षा क्षेत्रमा लगानी गर्न सकिरहेका छैनौ,उनी थप्छन्,तर भौतिक पुर्वाधार तर्फ गाउपालिकाले विगत भन्दा अहिले काम गरिरहेको छ,तर गुणस्तरिय शिक्षा पुर्याउन अझै पनि चुनौती नै छ । अहिले पाईलटिगँको रुपमा केही विद्यालयमा यो आमा अभिभावक शिक्षा शुभारम्भ गरिएको छ,यसको प्रभावकारिता धेरै राम्रो देखिएको छ । अगामी दिनमा यसलाई सबै विद्यालय,सबै तह र सबै कक्षामा अध्ययनरत बालबालिकाका आमालाई आमा अभिभावक शिक्षा दिईने लक्ष्य रहेको छ । बालबालिका शिक्षकसँग मात्र ६ घण्टा विताउछन्,तर तिनै बालबालिका आमासँग १८ घण्टा विताउने गरेका हुन्छन् । आमाले आफ्नो सन्तानलाई जे बनाउन चाह्यो,त्यही बनाउन सक्छिन्, आमा अभिभावक शिक्षाका प्रशिक्षक रामप्रसाद पाण्डे बताउछन् ।

विज्ञापन

तर आमालाई नै थाहा छैन कि आफ्ना सन्तानलाई के बनाउने ? कसरी बनाउने ? के भुमिका निर्वाह गर्ने ? त्यो सम्बन्धि ज्ञान र सिप नभए पछि आमाले पनि के गर्न सक्छिन् । त्यो भएर अहिले सुस्ता गाउपालिकाले चलाएको यो आमा अभिभावक शिक्षा कार्यक्रमले आमाहरुलाई ज्ञान र सिपको विकास गर्नेछ, उनी भन्छन्,आमा जब ज्ञानी र सिपयुतm हुन्छिन्,तब सन्तानलाई ति ज्ञान र सिप सिकाई नै हाल्ःिछन् । संसारको कुनै पनि आमाले आफ्नो सन्तानको कुभलो सोच्ने खालकी हुदैनन् । तर आफैलाई थाहा नहुने ति गाउकी आमाले जे सिकेकी हुन्छिन्,त्यही कुरा सिकाउने गर्छिन् । सरकारलाई असल नागरिक चाहिएको छ, भने असल र दक्ष आमा बनाउन आवश्यक छ ।
पिस क्लब इन्टरनेसनल सस्थाले अहिले ति कार्यको जिम्मेवारी लिई सुस्तामा अभियान सञ्चालन भई रहेको छ । पहिलो चरणमा प्राथमिक तथा आधारभुत विद्यालयका आमालाई एक दिने अभिभावक शिक्षा प्रदान गर्दै छ । आमा अभिभावक शिक्षाले शिक्षकलाई पनि सहज बनाएको शुभकामना आधारभुत विद्यालयका प्रधानाध्यपक सुदामा विश्वकर्मा बताउछन् । पहिला अभिभावक बोलाउदा पनि नआउने तर आमा अभिभावक शिक्षामा सहभागि भए पश्चात विद्यालय र अआफ्ना बालबालिकाको अवस्था बुझ्न थालेका छन् । यसले शिक्षकमा पढाउने उत्साह थपेको छ,उनी भन्छन्,यस्तो अभिभावक शिक्षा साता वा महिना महिनामा चलाउन आवश्यक देखिन्छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *