नवलपरासी,१२ पुुस
उद्योग बाणिज्य संघ नवलपरासीले उद्योगी ब्यवसायिहरुको समस्याबारे प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष केशव भण्डारी सहित संघका पुर्व अध्यक्ष,पुर्वकेन्द्रिय सदस्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सो ज्ञापनपत्र बुझाएको हो ।
विभिन्न ६ बुदे माग सहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष भण्डारीले बताए । बैंक तथा वित्तिय संघसस्थाका कारण उद्योग ब्यवसाय धारासायी बन्दै गरेको कुरा सहित उद्योग ब्यवसायीको समस्या तत्काल सम्बोधन गर्नका लागि संघले ज्ञापनपत्र मार्फत सरकारलाई जानकारी गराएको थियो । सरकारले ल्याएको चालु पुजिँगत सम्बन्धी कर्जाको ब्यवस्थाले अर्थतन्त्रको समग्र उद्योग तथा ब्यवसाय क्षेत्र,बैंकिँग क्षेत्र,आयात निर्यात सबै ब्यपारीक कारोबार संकुचन आएको जनाउदै उतm ब्यवस्थालाई तत्काल सच्याई वर्तमान अवस्थाको समस्या समाधान गर्न माग गरेको छ ।
कर्जा नीति २०७९ अनुसार सम्पुर्ण करोबारको ब्यवसाय तर्फ २० प्रतिसत र उद्योग तर्फ २५ प्रतिसत ब्यवस्था खारेजकोमाग गरेको छ । नेपाल राष्ट बैंकले जारी गरेको मौद्रिक नीति २०७९ अनुसार ऋण लगानी बर्षको एक पटक ७ दिनको निम्ती चुतmा गर्नु पर्ने ब्यवस्था खारेज हुनु पर्ने,बैंकले सुरुमा लगानी गरेको ऋण ब्याजदर कम्तीमा १बर्षसम्मको ऋणिको समझदारी विना घटबढ गर्न नपाईने बैंकले गर्नु पर्ने र नेपाल राष्ट बैंकले निर्दिष्ट गरेको उद्योगीका निम्ती बेसरेट बढीमा २ प्रतिसत थप गरी कर्जा दर निर्धारण गर्नु पर्ने लगायतको माग ज्ञापनपत्रका उल्लेख छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा उबामहासंघका पुर्व केन्द्रिय सदस्य गुणनिधि तिवारी,पुर्व अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल,पुर्व अध्यक्ष तथा सुनवल नगरपालिकाका पुर्व मेयर भरत थापा तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।