नवलपरासी,१२ पुस
रामग्राम नगरपालिकाले नापी कार्यालयमा पठाएको जग्गा बर्गिकरण विवरण हावादारीमा भएको आरोप स्थानियले लगाएका छन् । स्थानिय तह नगरपालिका र गाउपालिकाले जग्गा बर्गिकरण नगर्दा किसान मर्कामा परेको स्थानियले आरोप लगाई रहेकै बेला अहिले नगरपालिकाले हावादारी बर्गिकरण विवरण पठाएको अरोप लगाउन थालेका हुन् ।
मंसिर २४ गते भित्र सरकारले सबै स्थानिय तहलाई भु उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी मापदण्ड बनाई पठाउन निर्देशन गरेको थियो । रामग्राम नगरपालिकाले हतार हतारमा विभिन्न १३ बुदे मापदण्ड बनाएर पाठएको तर त्यो मापदण्ड हावादरी भएको स्थानिय राधेश्याम सैथवारले बताए । नगरपालिकाले मापदण्ड पठाई सकेको जानकारी सार्वजनिक गरेको थियो,उनले भने,सोही अनुसार नापी कार्यालयमा बुझ्दा नगरपालिकाले पठाएको मापदण्ड अनुसार जग्गाको कित्ता काट हुन सक्दैन भनेर जवाफ दिएका थिए । नगरपालिकाले बनाएको मापदण्ड झारो टार्ने र हावादारी भएको नापी कर्मचारीले जवाफ दिए पछि स्थानिय आक्रोसित छन् । नगरपालिका भित्र कुन कित्ताको जग्गा कस्तो उपयोग गर्ने विवरण नगरपालिकाले पठाउन पथ्र्यो,तर गोलमटोल भाषा प्रयोग गरेर रामग्राम नगरपालिकाले जग्गा बर्गिकरण मापदण्ड पाठएको छ । त्यसले नापी शाखाले कसरी बुझ्ने ?
किसानले नापी कार्यालयमा जग्गाको कित्ता काट गर्न गयो,भने नापी कार्यालयमा कित्ता काट गर्ने जग्गा कस्तो जग्गा हो ? कुन आधारको जग्गा हो ? सो जग्गा नापी कर्मचारीलाई कसरी जानकारी हुन्छ ? सैथवारले भने,वार्ड वार्डमा जनप्रतिनिधि छन्, नगरपालिकामा अमिन छन्,आवश्यक परे नापी विज्ञ पनि बोलाउन सक्छन् तर यथार्थमा काम नगरि ऐन कानुको अपहेलना मात्रै नभई जनताको भावना र चाहनालाई पनि उपेक्षा गरेको देखिएको छ । के जनताले मतदान गरि यसैका लागि जनप्रतिनिधि चुनेका हुन ? उनले प्रश्न गरे,जनप्रतिनिधिले नभए पनि जनताकै करबाट तलब सुविधा खाने कर्मचारीले यस्तै काम गर्ने हो ? जनतालाई गुमराह बनाउने जनप्रतिनिधि र कर्मचारीको यो रवैयाको जनस्तरबाट अब विरोध गर्नु पर्ने अवस्था आएको उनले आक्रोस पोखेका थिए ।
यता रामग्राम नगरपालिकाको १२ औ बैठकको निर्णय नं.३ अनुसार भुउपयोग क्षेत्र बर्गिकरण सम्बन्धी मापदण्ड २०७९ बनाई पठाएको जानकारी भुउपयोग सम्बन्धी शाखाका अधिकृत रिजवान अहमद अंसारीले बताए । बैठकले जे मापदण्ड बनाएको छ,त्यही मापदण्ड नगरपालिकाले नापी शाखालाई पठाएको छ । उनका अनुसार भु उपयोग ऐन २०७६ तथा भु उपयोग नियमावली २०७९ को मापदण्ड तथा आधारहरुका अतिरितm रामग्राम नगरपालिका क्षेत्रको जग्गालाई भु उपयोग बर्गीकरण गर्ने प्रयोजनको लागि ऐनको दफा ५ को उपदफा ४ बमोजिम भु उपयोग क्षेत्र नक्सालाई अद्यावधिक गर्न मापदण्ड र आधार जारी गरिएको उल्लेख गरेको छ ।
यता नापी कार्यालयका नापी अधिकृत शनिल पोखरेलले नगरपालिकाले भुउपयोग सम्बन्धि मापदण्ड भन्दा जग्गा यकिन गरि बर्गिकरण गरि पठाउनु पर्ने भए पनि सो अनुसार नपठाएको बताए । सबै वार्डका जग्गाहरुको कित्ता नै उल्लेख गरि विवरण भरेर पठाउनु पर्नेमा नगरपालिको मापदण्ड तोकेको छ,उनले भने, भुउपयोग सम्बन्धि मापदण्डका केही आधार विभागले नै बनाई सकेको छ, त्यसलाई भेरिफिकेन्सन गर्ने भए कित्ता उल्लेख गरि पठाउनु पर्छ । यिनै विवरण नआएका कारण नापी कार्यालयले कित्ता काट विक्रि वितरण गर्न सकिरहेको छैन् । ति काम नगरपालिकाले जति छिटो गरे त्यती छिटो जनताको कित्ता काट समस्या समाधन गर्न सकिने उनको भनाई थियो ।
नगरपालिकाले बनाएको भु उपयोग क्षेत्र बर्गिकरणमा के उल्लेख छ ?
हाल उपयोगमा रहेको जग्गालाई यस मापदण्डमा उल्लेख भएकोमा बाहेक नापी विभागबाट वर्गीकृत क्षेत्रमा बर्गिकरण गर्ने,सरकारी,सार्वजनिक तथा सामुदायिक प्रयोजनका लागि प्रयोग हुने जग्गा (सेवा प्रदान गर्ने सरकारी कार्यालय बाहेक) लाई सार्वजनिक क्षेत्रमा बर्गिकरण गर्ने,हाल उपयोगमा रहेका नदीनाला,ताल,तलैया,पोखरी(निजी बाहेक) लगायतका पानीजन्य उपयोग क्षेत्रलाई नदी,खोला,ताल,सिमसार क्षेत्रमा बर्गिकरण गर्ने,खानी तथा खनिजजन्य पदार्थ स्थानिय तहबाट स्वीकृती प्राप्त गरी ढुगाँ,गिट्टी,बालुवा, उत्खनन गर्ने क्षेत्रलाई खानी तथा खनिज क्षेत्रमा बर्गिकरण गर्ने,हाल कायम सबै किसिमकाबन पैदावार क्षेत्र(निजी जग्गामा भएको बाहेक)लाई बन क्षेत्रमा बर्गिकरण गर्ने,हाल उपयोगमा रहेका मठ मन्दिर मस्जिद गुम्बा,चर्च लगायत धार्मिक क्षेत्रले चर्चेको खाली जग्गा,परापुर्वकाल देखीका ऐतिहासिक धरोहर,साँस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुलाई साँस्कृतिक तथा पुरातात्विक क्षेत्रमा बर्गीकरण गर्ने रहेको छ ।
यसै गरि नेपाल सरकार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयबाट स्वीकृति लिएर औद्योगिक क्रियाकलापमा प्रयोग भएको जग्गा आफ्नै जग्गामागरिएका औद्योगिक क्षेत्र निर्धारण गर्ने,हाल चलनचल्तीमा उपयोग भई रहेको पसल,बैंक तथा वित्तिय सस्था,होटल,रेष्टुरेन्ट,हाटबजार लाग्ने स्थल,चमेना गृह,खाजा तथा फास्टफुड घर,ब्यवसायिक प्रयोजनका लागि उपयोग गर्ने स्टोरेज क्षेत्र,सेवा प्रदान गर्ने सरकारी तथा निजी जग्गा,निजी क्षेत्रबाट सञ्चालित अस्पताल,विद्यालय,क्याम्पस नर्सिगँहोम,पोलिक्लिनिक,रेडियो तथा टेलिभिजनब्रोडकास्टिगँ सस्था,इन्टरनेट सेवा प्रदायक सस्थालाई ब्यवसायिक क्षेत्रमा बर्गिकरण गर्ने,सम्भावित बजार क्षेत्रमा मुख्य चोकबाट १ सय मिटरको दुरीसम्म सडकसँग जोडिएका कित्तालाई ब्यवसायिक क्षेत्रमा विभाजन गर्ने र सोको लम्ववत १ सय मिटरको क्षेत्रलाई आवासिय क्षेत्रमा बर्गिकरण गर्ने रहेको छ ।
त्यसैगरि रामग्राम नगरपालिकामा रहेको बसोबास,चलनचल्तीका बाटो,कोरिडोरलाई आधार मानी मुख्य सडकको चौडाई १ फिट सडक क्षेत्राधिकार बाहेक १ सय मिटर दायाबायाकोक्षेत्र,अन्य सडक १ सय फिट सडक क्षेत्राधिकार बाहेक ५० मिटर दायाबायाको क्षेत्रलाई आवासिय क्षेत्रमा बर्गिकरण गर्ने र यि बाहेकका जग्गा कृषि क्षेत्रमा बर्गिकरण गर्ने गरेको छ । त्यसैगरि कुनै कित्ता दुई वा दुई भन्दा बढि क्षेत्रमा परेको खण्डमा पहिलो आवासिय क्षेत्र,दोश्रो ब्यवसायिक क्षेत्र र तेश्रो कृषि क्षेत्रमा बर्गिकरण गर्ने कुरा उल्लेख गरिएकोछ । यसरी बुदागत रुपमा नगरपालिकाले नापी कार्यालयलाई मंसिर २३ गते पत्र र मापदण्ड पाठए पनि नापी कार्यालयले सो मापदण्ड अनुसार कित्ता काट गर्न नसकिने अवस्था रहेको जनाएको छ । नगर क्षेत्र भित्रको सबै जग्गाको कित्ता किटानी गरि बर्गिकरण गरि पठाए मात्र कित्ताा काट हुन सक्ने नापी कार्यालयको जिकिर र नगरपालिको हावादारीमा पाठएको भुउपयोग बर्गिकरणले जनता र किसान मारमा परेको सैथवारको भनाई रहेको छ ।