नवलपरासी,११ पुुस
यहाँका एक युवाले बैदेशिक रोजगारको क्रममा सिकेको शिपलाई आफ्नै गाँउ उपयोगमा ल्याएका छन् । जिल्लाको सुस्ता गाउपालिका ४ गोकुल नगरका युवा शिव कुमार लोहारले बैदेशिक रोजगारको क्रममा सिकेको शिप गाउमा उपयोगमा ल्याएका हुन् ।
लोहर विगत केही बर्ष भारतमा काम गर्न गएका थिए । पछि उनी साउदी अरबमा बैदेशिक रोजगारीको क्रममा पुगे । त्यहाँ उनले बेल्डिँग गर्ने शिप पनि सिके । सोही शिप अनुसार उनी चार बर्षसम्म वेल्डिगँको काम गरे । अहिले उनी आफ्नै गाँउमा फर्केका छन् । हुन त फलाम(लोहा)को काम गर्ने लोहार उनको पुर्खाैली पेशा पनि हो । तर पुखौली पेशा अनुसार उनी समान्य घरमा स साना आरन चलाएर काम गरेका थिए । तर पछिल्लो समय प्रविधिको विकास पनि हुदै जादा उनी आफुलाई आफ्नो पुर्खौली पेशालाई स्तोरन्ती पनि गरेका छन् । साउदीबाट फर्केर उनी ७ लाखको लगानी गरि आफ्नै घरमा वेल्डिँग गर्ने गरेका छन् ।
वेल्डिगँ गर्ने शिपका कारण उनले अहिले घरमै ग्रिल बनाउने,फलामे झ्याल ढोका,छाना,र्यालिगँ,अन्य कृषि तथा घरेलु औजार उपकरण समेत बनाउदै आएका छन् । विदेशको कमाई अहिले घरमै भईरहेको उनले बताए । विदेशमा मिहेनत गरियो,केही पैसो कमाईयो,उनले भने,अहिले त्यही कमाई र सिकेको शिप प्रयोग गरि घरमै ब्यवसाय शुरु गरेको छु । दैनिकी चलेको छ । घरपरिवारमा बस्न पाइएको छ । छोरी छोरीको हेरचाह,परिवारसँगको बसाई विदेशको बसाई भन्दा शुखद नै रहेको छ । गाउले पनि सोही कामका लागि बेलाटारी बजार र कुडिया जानु पर्ने बाध्यता थियो । अहिले गाँउमै सेवा पाएका छन् । टाढा जान परेको छैन् ।
थोरै भए पनि आफ्नो घर परिवारमा बसेर काम गर्नु र आफ्नै देशमा पसिना चुहाउनु राम्रो भएको उनी बताउछन् । यसले घरपरिवार पनि सन्तुष्ट नै रहेको उनको भनाई थियो । विदेशबाट फर्कने युवाहरुलाई विभिन्न तालिम र अनुदान दिने कार्यक्रम पनि चलिरहेको छ । तर त्यस्ता कार्यक्रम आफुलाई जानकारी नभएको उनले बताए । गाउपालिकामा के के हुन्छ ? उनले जिज्ञासा राखे,ति कुराहरु मलाई थाहा छैन्। कसैले भनेको पनि छैन् । आफु आफ्नै काममा ब्यस्त रहेको हुदा सरकारी सुचनाको जानकारी हुदैन् ।
कहिले काही केही कामबारे सुचना पाइए पनि म्याद सकिएको,कागजपत्र पुर्याउन जटिलता भएको हुदा खासै चाँसो नराखेको उनले बताए । युवा रोजगारी कार्यक्रमबारे उनले प्रतिकृया दिदै भने,खोई निवेदन दिए पर्छ कि पर्दैन ? त्यो भन्दा आफ्नै काममा ध्यान दिई काम गर्दै आएको छु । काम छाडेर धाउने र नपर्ने भयो भने आफ्नो घरको काममा पनि नोक्सानी ब्यहोर्नु पर्ने भएकोले चाँसो नलिएको उनले सुनाए । कागज मिलाउने र चापलुसी गर्नेलाई नै सरकारी अनुदान सहयोग कार्यक्रम पर्दो रहेछ,उनल दुखेसो पोखे,कम पढेलेखेको भएका कारण काजगपत्र मिलाउन पनि गाह्रो त्यसमा पनि कहाँ कहाँ धाउने त्यो पनि समस्या छ ? त्यही भएर आफ्नै धुनमा आफ्नै बलबुतोमा काम गर्दै आएको सुनाएका थिए ।
यता विदेशबाट फर्केका युवाहरुको शिप विकास र पुर्नस्थापन कार्यका लागि गाउपालिकाले सुचना जारी गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । गाउपालिका भनेको नीति नियम र प्रकृया मापदण्डको अधिनमा चल्ने सस्था हो । ति कुराहरु त पुरा गर्नै पर्छ । बास्तविक रुपमा काम गर्न सक्ने र चाहने युवालाई नै गाउपालिकाले पनि प्राथमिकता दिएर अनुदान तथा सेवा प्रदान गर्ने उनको भनाई थियो । अहिले प्रायःसबै नगरपालिका र गाउपालिकामा विदेशबाट फर्केका युवाहरुलाई निवेदन माग गरिएको छ ।
Great post and right to the point. I am not sure if this is truly the best place to ask but do you guys
have any thoughts on where to get some professional writers?
Thx 🙂
Great web site you’ve got here.. It’s difficult to find high-quality writing like yours these days.
I truly appreciate people like you! Take care!!
Very interesting topic, appreciate it for putting up.
Travel guide