नवलपरासी,१९ फागुन
संसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका स्थानियहरु युवाहरु सक्रिय भएका छन् । नेपाल सरकार राष्ट्रिय युवा परिषदको नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तरगत हुन लागेको कार्यक्रममा स्थानिय युवाहरुले सक्रियता देखाउन थालेका हुन् ।
परिषद र गाउपालिकाको सहकार्यमा जिल्लाको यो पाल्हीनन्दन गाउपालिकाको वार्ड नं.२ हरपुरमा यस्तो कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यो कार्यक्रम जिल्लाको पाल्हीनन्दन गाउपालिकाका छनौट भएको छ, उनले भने, यो पाल्हीनन्दन गाउपालिकाको लागि सौभाग्य हो । जुन संसद र संसदिय कार्य समाचारमा हेर्ने र पढने गरेका थिए । त्यसैलाई प्रत्यक्ष अनुभुतिका लागि सानै देखी अभ्यास गर्न पाउने मौका पाएका छन् । यसका लागि युवा परिषदले अवसर जुराएकोमा उनले परिषदलाई आभार ब्यतm गरेका थिए । उनका अनुसार अहिले संसदिय अभ्यासका लागि गाउपालिका भरि युवा क्लब गठन गर्ने प्रकृया शुरु भएको छ । प्रत्येक वार्डमा युवा क्लब गठन पश्चात उनीहरुले संसद भित्र पठाउनका लागि आफुहरुबाट संसद छनौट गर्ने छन् । छनौट पनि उनीहरुलाई चार दिनसम्म तालिम दिइने र अभ्यास गराईने छ । संसदमा जान नपाएका अन्य युवाहरुलाई स्वम्सेवक परिचालन पनि गरिने छ । उनीहरुलाई गाउपालिकाको विभिन्न कार्यक्रममा सहभागिता गराईने र बेला बेला सम्मेलन समेत गरिनेछ । गठन हुने संसदमा पाल्हीनन्दन गाउपालिकामा रहेका गाउसभा सदस्य बराबरकै समावेशिता सहितको नमुना संसद रहने छ ।
तालिम पछि मात्र छनौट भएर आएका युवा सँसदहरुमा संसयिद प्रकृ
याको प्रयोगात्मक अभ्यास गराईने छ । संसदमा विधेयक कसरी प्रस्तुत गरिन्छ ? विधेयक माथि कसरी छलफल गरिन्छ । कति चरणमा छलफल हुन्छ ? संसदिय समितिमा पनि कसरी बैठक बसेर निष्कर्षमा पुग्ने जस्ता अभ्यास गरिने सो कार्यक्रममा प्रशिक्षक इजहार शेषले बताएका थिए । अहिले प्रारम्भिक कार्य भई रहेको छ, उनले भने, यसमा स्थानिय युवा उत्साही देखिएका छन । युवामा राजनीतिक चेतनाको वृद्धि समेत यो संसदिय अभ्यासले ल्याउने उनले विश्वास ब्यतm गरेका थिए ।