नवलपरासी,१८ फागुन
जिल्लाको पाल्हीनन्दन गाउपालिकाको १६ औ गाउसभा दुई वटा ऐन पास गर्दै सम्पन्न भएको छ । गाउपालिकाले स्वास्थ्य ऐन २०८० र संघसस्था दर्ता सम्बन्धि ऐन २०८० सँगै लैगिँक समानता,अपाँगता तथा समाजिक समावेशिकरण नीति २०८० र बिनियोजन विधेयकको संसोधन गर्दै सो नगरसभा सम्पन्न भएको हो ।
गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको अध्यक्षतामा भएको उतm सभामा बिधायन समितिका संयोजक तथा गाउपालिकाका प्रवतmा समेत रहेका कृष्णचन्द्र यादवले ति विधेयकहरु प्रस्तुत गरेका थिए । त्यसको ब्याख्या र औचित्य माथि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले प्रकाश पारेका थिए । ति विधेयकहरुलाई गाउसभा सदस्यहरुले सर्वसम्मतले पास गरेका थिए । त्यसै गरि अगामी दिनहरुमा गाउपालिकाको राजश्व वृद्धिका लागि दर भन्दा दायराको वृद्धि गर्नु पर्ने र थप राजश्वको स्रोत खोजीमा लाग्नु पर्ने गाउपालिकाकी उपाध्यक्ष फातिम अंसारी सकिनाले बताएकी थिईन् ।
गाउपालिका भित्रका सार्वजनिक जग्गा,पोखरी,ताल लगायत सम्पदाहरुको खोजी पहिचान गर्दै त्यसलाई संरक्षण,विकास र ठेक्कामा लगाएर राजश्व वृद्धि गर्न सकिने समेत उनले औल्याएकी थिईन् । गाउपालिका भित्र राजश्वको धेरै सम्भावनाहरु रहेका छन्, उनले भनिन्,यसको खोजीमा वार्ड अध्यक्ष लगायत सबै सभासदहरु लाग्नु पर्छ । गाउपालिकाको अनुदान कम हुदै गएको हुदा अब आफ्नै खुट्टामा उभिनका लागि स्थानिय स्तरमा स्रोतको खोजी गर्नु पर्ने आवश्यकता बढदै गएको गाउपालिका अध्यक्ष गुप्ताले बताएका थिए ।
उनले अहिले हाम्रो गाउपालिकामा प्राचीन नन्दन नगर पहिचानमा आएको छ, यसलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै लैजानु पर्ने बताए । यसले देश विदेशमा पाल्हीनन्दन गाउपालिकाको पहिचान गराउने र पर्यटन प्रवद्र्धन गरि स्थानिय स्तरमा रोजगारी सृजना हुुनुका साथै यो पनि गाउपालिकाको आन्तरिक स्रोत वृद्धि गर्नमा सहयोगी हुने हुदा सबै मिलेर विकासमा लाग्नु पर्ने बताएका थिए । सभामा ६ वटै वार्डका वार्ड अध्यक्षहरुले अ आफ्ना वार्डका समस्या राखेका थिए । कर्मचारीहरुलाई पनि सेवाग्राहीहरुलाई अनावश्यक दुःख नदिई काम गर्नुका साथै उचित सहजीकरणका लागि नगरसभाले आग्रह गरेको थियो ।
Low concentrations of 3 NPA 1 buy priligy 60 29 m, 1H, R 2 C C H R, 4