नवलपरासी,५ फागुन,
जनता समाजबादी पार्टी (जसपा) नवलपरासीले विकासमा बहस गर्ने उदेश्यले पाल्हीनन्दन गाउपालिकामा सर्वदलिय सर्वपक्षिय अन्तरक्रिया गरेको छ । पाल्हीनन्दन गाउपालिका भित्र संघिय सरकार,लुम्बिनी प्रदेश सरकार र स्थानिय सरकारको रुपमा रहेको गाउपालिका सरकारले गर्दै आएको विकास योजनाबारे जनतालाई प्रत्यक्ष जानकारी गराउने गरि सो अन्तरक्रिया गरिएको हो ।
जनताले सबै जनप्रतिनिधिलाई सवाल जवाफ गर्न सकुन भनेर जसपाले यस्तो कार्यक्रमको आयोजना गरेको जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी गराएका थिए । भई रहेको विकासको सबैले आफुले गरेको भनेर जस लिईने र धेरै यस्ता अतिवाश्यक रहेको बिकासमा कस्को कारणले नभएको भनेर कुनै जनप्रतिनिधिले चाँसो नलिईने गरेको हुदा यसको निर्कौल गरि जनतालाई सहि सुचना प्रवाह होस,आफ्ना जनगुनासा पनि राख्न सकुन भनि कार्यक्रम राखिएको उनले बताए । सो कार्यक्रममा संघिय सरकार प्रतिनिध सभा सदस्य समेत रहेका पुर्व कानुन तथा न्याय मन्त्री ध्रुव बहादुर प्रधान,लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल र स्थानिय सरकारको रुपमा रहेको पाल्हीनन्दन गाउपालिकाका प्रवतmा कृष्णचन्द्र यादव रहेका थिए । त्यसै गरी राष्ट्रिय भुमि आयोगका सदस्य सुदर्शन खरवार,नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली जलउपभोतmा सस्था मुल समितिका अध्यक्ष हैदर अलि मोमिनको पनि सहभागिता रहेको थियो ।
नेपाल सरकारका तिनवटै सरकारका जनप्रतिनिधि तथा सरोकारवाला संघसस्था भए पनि सोचे अनुरुप विकास नभएको समेत गुनासो जसपा अध्यक्ष यादवको थियो । उनका अनुसार गाउपालिका भित्रका मुख्य सडक,पुल पुर्वाधार तथा अन्य जनसरोकारका विषयमा सामन्जस्यता नभएर काम हुन नसक्दा यस क्षेत्रका जनताले सास्ती ब्यहोर्न परेको छ । यसका लागि तिनवटै सरकारका जनप्रतिनिधिहरु सामानजस्यता मिलाई विकास पुर्वाधारमा काम गर्नका लागि कामको बाडफाड गरेर गर्नु पर्ने समेत औल्याएका थिए । गाउपालिका भित्रको महेशपुर बजार,सिमा नाका,झरहीखोला पुल,गण्डक नहरको सडक,सिचाई आयोजना,मलखाद्यका समस्या जस्ता महत्वपुर्ण भएकोले यसमा संघिय सरकारको तर्फबाट संघिय साँसद प्रधानले के कस्ता काम गरेको कति वटा योजना पार्न सफल भएको समेत जिज्ञासा राखेका थिए ।
त्यसैगरि प्रदेश स्तररिय सडक उजैनी चिमनटोला सडक,मन्झरिया सनई सडक,सिचाई बाँध,नदी खोला तटबन्ध जस्ता सवाल प्रदेश साँसद जैसवालसँग पनि गरेका थिए । दोश्रो कार्यकालमा हुदा पनि विकास तर्फ ध्यान नदिएको गुनासाहरु स्थानिय जनताले गरेका थिए । भन्ने गाउपालिकाले विद्यालय,स्वास्थ्यचौकी,अस्पताल लगायत स साना गाउ स्तरको योजनाबारे समेत स्थानियलाई जानकारी नहुने गरेको आरोप लगाएका थिए । सो आरोपबारे गाउपालिकाका प्रवतmा यादवले गाउपालिकाले काम गर्दै आएको तर केही ब्यतिmले राजनीतिक प्रतिसोध राख्दै अख्तियार दुरुपयोग अनुसंधानमा उजुरी हाल्ने गर्दा विकासमा बाँधा परेको प्रतिकृया दिईएका थिए । गाउसभाले आफ्नो प्रयासले धेरै जसो काम गर्दै आएको छ, उनले भने, तर योजना शुरु भयो कि अख्तियारमा उजुरी गयो यस्तो बाधा अडचन गर्ने कार्य भइरहेकोले विकासमा बाँधा छ । अब अगामी दिनमा विकासमा बाँधा भन्दा विकासका एकता र प्रतिबद्धता हुन जरुरी रहेको औल्याएका थिए । केही गुनासा छन्,भने गाउपालिकामै भनेर समाधान खोज्नु पर्ने समेत उनले आग्रह गरेका थिए ।
यसै गरि लुम्बिनी प्रदेश साँसद जैसवालले गाउपालिकाले गाउपालिका भरिका आवश्यक विकास योजनाको छनौट गर्ने र कुन योजना कुन सरकारसँग पहल गर्ने गरि कार्ययोजना बनाई आफ्नो जिम्मेवारीमा दिईन आग्रह गरेका थिए । पालिकाको विकासका लागि कति वटा योजना बनाउने र संघ सरकारबाट कुन योजना र प्रदेश सरकारले कुन विकास योजनाका काम गरिदिईने गरि जिम्मेवारी लगाउनु पर्छ , उनले भने, यसका लागि आफुले लुम्बिनी प्रदेश सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा विकासबारे जनताको चाँसोको सराहना गर्दै साँसदले विकास गर्नु भन्दा आफुले सबै गाउपालिकाबाट संघका लागि योजनाको सुची माग गरि योजना आयोग र सम्बन्धित मन्त्रालयमा पुर्याएको बताएका थिए । संसदले सरकारले ल्याएको विकास योजना तथा बजेट कार्यक्रम संसदमा पास गरिदिईने हो,उनले भने,यसका लागि सरकारमा रहेका गठबन्धन दलका प्रतिनिधिले समेत आफ्नो दलका मन्त्रीसँग पहल गर्नु पर्ने आवश्यकता छ । यसमा सँसदले योजना ल्याउने नभई सरकारले योजना ल्याएको र संसदले त्यसलाई पास गर्ने गर्छ । बरु विकासमा पर्ने उजुरीलाई स्थानिय स्तरमै केही समस्या छ,भने सहमतिमा हल खोज्न समेत आग्रह गरेका थिए ।
Each pouch contains four 300 mg 5 ml ampules of tobramycin inhalation solution for a total of 56 ampules in each carton 60mg priligy