
नवलपरासी,२९ असार
महेशपुर भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन स्थापनाका लागि पहल गर्न हाटबजार जिल्ला समन्वय सिमितिले जिल्ला समन्वय समिति(जिसस) लाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाको महेशपुर नाकामा मुल भन्सार कार्यालय स्थापना भएको बर्षाै वित्ति सक्दा पनि हालसम्म प्लान्ट क्वारेन्टाईनको ब्यवस्थापन नहुदा स्थानिय ब्यवसायी तथा उपभोतmालाई मर्का परेको भन्दै सो ज्ञापनपत्र बुझाएको हो ।
सम्बन्धित सरोकारवाला निकायसँग पहल गरि प्लान्ट क्वारेन्टाईनको ब्यवस्थापन गर्न जिसस प्रमुख भगौती प्रसाद यादवलाई हाटबजार जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले ज्ञापनपत्र बुझाएका थिए । मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन,तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउदै भन्सार हुन सकिरहेको छैन् । यसले गर्दा चोरी पैठारी भई नेपाल भित्रिने तरकारीमा विषादीको मात्रा परिक्षण हुन सकिरहेको छैन् ।
नेपाली उपभोतmा विषादी युतm तरकारी खान बाध्य छन् । भन्सार नहुदा राजस्व ह्रास भई रहेको छ,उनले भने,भन्सार गराएर स सानो ब्यपार ब्यवसाय गर्ने ब्यवसायिले ब्यवसाय गर्न नपाउदा रोजगारीको समेत सृजना हुन सकिरहेको छैन् । हाटबजारमा तरकारी आपुर्ति प्रयाप्त मात्रामा आउन नसक्दा तरकारीको मुल्य पनि अकासिदै जादा उपभोतmा मुल्यवृद्धिको मारमा छन् । यसरी एउटा समान्य क्वारेन्टाईन ब्यवस्थापनका लागि कर्मचारी नराख्दा अबैध तरकारी पैठारी,विषादीयुतm तरकारी खानु पर्ने बाध्यता, राजस्व ह्रास र रोजगारीमा प्रतिकुल असर पर्नुका साथै तरकारीमा मुल्यवृद्धि जस्ता समस्या भई रहेका छन् । यि समस्यालाई मध्यनजर राखेर जिससले सम्बन्धित सरोकारवाला निकायसँग पहल र समन्वय गरि क्वारेन्टाईन सञ्चालनका लागि पहल गर्न आग्रह गरेको थियो ।
ज्ञापनपत्र बुझदै जिसस प्रमुख यादवले आफ्नो तर्फबाट पटक पटक कुरा उठाउदै आएको र अहिले हाटबजार जिल्ला समन्वय समितिले पनि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको प्रति धन्यवाद दिदै जिससले पुनःक्वारेन्टाईनका विषय सरोकारवाला निकाय समक्ष राख्ने प्रतिवद्धता जनाएका थिए । जिसससँगै भन्सार नाकालाई ब्यवस्थित ढंगले सञ्चालन गर्नका लागि पहिला भन्सार कार्यालयले नै अग्रसरता देखाउनु पर्ने हो,उनले भने,त्यसमा जिससको भुमिका के हुने ? अन्य जनप्रतिनिधिहरुले कस्तो भुमिका निर्वाह गर्नु पर्ने हो ? ति कुरा पनि भन्सार कार्यालयले नै राख्नु पर्छ । तर भन्सार कार्यालय नै ति कार्यमा चासो लिएर काम नगरेको जस्तो देखिएको छ,उनले भने,तर जिससले अब केही दिनमै भन्सार कार्यालयसँग समन्वय गरि समस्या समाधानका उपायको खोजी गर्दै निकास निकल्न तर्फ चाँसो लिने बताएका थिए ।