राजस्व वृद्धिका लागि साझा धारणा बनाउदै सुनवल नगरपालिका

नवलपरासी,२९ पुस
बालमैत्री नगरपालिका हुदै महिला मैत्री नगरपालिका बनाउने अभियानमा लागेको जिल्लाको सुनवल नगरपालिका अहिले राजस्व वृद्धि तथा आर्थिक सबल बनाउने लक्ष्य लिई काम गर्न थालेको जनाएको छ । केही दिन अगाडी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष युद्ध बहादनुर गुरुगँलाई नै सहभागि गराई नगरपालिकाका पदाधिकारी,कर्मचारी तथा जनप्रतिनिधिसँग कार्यक्रम गरि सो क्षेत्र प्रति प्रेरित गराउने गरि काम थालिएको हो ।

Health Advertisement
Health Advertisement


नगरलाई फरक फरक पहिचान गराउने उदेश्यले आफु काम गर्न लागिएको नगरपालिकाकी मेयर विमला अर्यालले जानकारी गराएकी थिईन् । जस्मा सुनवल नगरपालिका नेपालमै पहिलो बालमैत्री नगरपालिका घोषणा गराउन सफल भई सकेको छ । अहिले महिला मैत्री नगर निर्माणका लागि आवश्यक पुर्वाधार निर्माणमा लागेको छ । यसै गरि प्राकृतिक स्रोतको अधिक्तम उपयोग गरि वित्तिसँग जोडेर समृद्धि सुनवल बनाउनका लागि पनि कामको शुभारम्भ गरिएको उनको भनाई थियो । सोही काम अन्तरगत नगरपालिकाका सबै सरोकारवालासँग साझा धारणा बनाउनका लागि अध्यक्ष गुरुगँलाई नै उपस्थित गराई अन्तरक्रिया,छलफल गरिएको उनले सुनाईन् । नगरप्रमुखको एउटा पहलले मात्रै समृद्ध सुनवल बनाउन असम्भव छ,उनले भनिन्,यसका लागि सुनवल नगरपालिका र सम्पुर्ण सुनवलबासीलाई मिलेर अगाडी बढन आवश्यक छ । विज्ञ र प्राविधिकसँग ज्ञान लिन सकिन्छ,तर ति ज्ञानलाई कार्य गरेर नै साकार पार्न सकिने उनको धारणा रहेको थियो । छलफलले कर्मचारी पदाधिकारीमा उत्साह थपिएको छ,सोही अनुसार काम पनि मिलेर गर्नेमा आफु विश्वस्त रहेको ुसुनाईन् ।
उनका अनुसार युरोपियन युनियन समेत विभिन्न सहयोगी सस्थाको सहयोगमा महिला मैत्री पुर्वाधार निर्माण गरि महिला मैत्री शहर बनाउनमा लागि परेको छ । महिला मैत्री नगर(सिटी फर ओमेन) का लागि आवश्यक पुर्वाधारबारे प्राविधिक टोली वार्ड स्तरका गाँउ र टोलमा पुगेर स्थानियको सहभागितामा सर्वेक्षण कार्य शुरु गरेको थियो । ति कार्य सम्पन्न भई सकेको छ । सर्वेक्षणले आएका सुझाव अनुसार नै काम गर्दै अगाडी बढने समेत उनले दाबी गरेकी थिईन् । महिला मैत्री शहर परियोजना शहरी विकास मन्त्रालय र युनोप्स नामक सस्थासँग सहकार्य भई भई सञ्चालन भई रहेको छ । मुलुक भरिका ७ वटा पालिकाहरुमा अहिले महिलमैत्री शहर बनाउने कार्य प्रारम्भ भएको छ, ।
करिब तिन करोड लगानी गर्ने र विस्तारै थपिदै लैजाने योजना छ । उनका अनुसार वार्ड नं.१ सोमनाथ हाटबजार,बाल उद्यान,वार्ड नं.५ मा सहिद विष्णु पाण्डे स्मृति पार्क,वार्ड नं.४ मा महाकवि देवकोटा क्याम्पस अगाडी खुल्ला पार्क र वार्ड नं.८ मा हाटबजार पुर्वाधार निर्माणका कार्यका योजना अगाडी सारिएको छ । महिला मैत्री शहरले प्रत्येक वार्डमा पार्कै पार्कको निर्माणले पार्कै पार्कको पालिका पनि बन्ने देखिएको उत्साही हुदै गएका छन् । महिला मैत्री शहर भनिए पनि यसमा अपाँग,बालबालिका,जेष्ठनागरिक लगायत सबैलाई समेटिने हुदा आर्को रुपमा यसलाई लैगिँक मैत्री(जेण्डर फ्रेन्डली सिटी) पनि भन्न सकिने छ ।
महिला मैत्री शहरका लागि मुख्य सूचकहरू र मापदण्ड बनार्ईएका छन् । जस्मा पहिलो,सुरक्षा सूचक रहेको छ , त्यस भित्र सार्वजनिक स्थलमा महिलाको सुरक्षाको अवस्था,राति हिँड्न सक्ने वातावरण,महिला हिंसा विरुद्धको कानुनी सहायता र प्रहरी पहुँच रहेको छ । दोश्रोमा स्वास्थ्य तथा सरसफाइः त्यस भित्र महिला स्वास्थ्य सेवा (गर्भ जाँच, सुत्केरी सेवा, महिनावारी स्वच्छता),सार्वजनिक शौचालयमा महिलालाई प्राथमिकता,स्वास्थ्य बीमा पहुँच रहेको छ । त्यसै गरि तेश्रोमा शिक्षा र सीप विकास रहेको छ । त्यस भित्र पनि महिला शिक्षाको पहुँच र गुणस्तर छ ।
व्यावसायिक तालिम र सीपमूलक कार्यक्रम,विद्यालयमा लैंगिक समावेशी पाठ्यक्रम,आर्थिक सहभागिताः,महिला उद्यमशिलताको प्रवद्र्धन,रोजगारीमा लैंगिक समानता,महिला सहकारी तथा लघुवित्त पहुँच,राजनीतिक तथा सामाजिक सहभागिता,नीति निर्माणमा महिलाको सहभागिता,स्थानीय सरकार तथा समितिमा महिला प्रतिनिधित्व,महिला सशक्तिकरणका अभियान,यातायात र सार्वजनिक सेवाः,महिला मैत्री सार्वजनिक यातायात (विशेष सिट, सुरक्षाकर्मी),मातृत्व लाभ र बाल स्याहार सेवाहरू,पहुँचयोग्य सेवा केन्द्रहरू छन् ।
त्यसै गरि आवास र पूर्वाधार विकास पनि छ जस्मा सुरक्षित र स्वच्छ आवास,महिला लागि विशेष आवास योजना,महिलालाई लक्षित पूर्वाधार परियोजना,प्रविधि र सूचना पहुँचः,डिजिटल साक्षरता अभियान,महिलाका लागि सूचना केन्द्रहरू,लैंगिक दृष्टिकोणमा आधारित प्रविधि उपयोग समेत समेटिएका छन् । पुर्वाधार बाहेकका अन्य नीति नियमलाई मौजुदा कानुनको परिधिमा रहेर काम समेत भई रहेको भनाई नगर प्रमुख अर्यालको थियो । विगत बर्ष देखी नगरपालिका भित्रको नगर कार्यपालिका काम विहिन बनाईएको अवस्था थियो । तर अहिले सुनवल नगरपालिकाले नगर कार्यपालिका भित्र काम विहिन बनाइएका महिला कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी सुम्पिएको छ । यस्ले महिला नेतृत्वलाई सक्रिय बनाउदै छ । स्थानिय तह सञ्चालन ऐन २०७४ ले पनि नगर कार्यपालिकालाई विषयगत जिम्मेवारी दिइएर सक्रिय बनाउनु पर्ने प्रावधान राखेको छ ।
उनका अनुसार भौतिक पुर्वाधार विकास समितिको संयोजकको जिम्मेवारी कार्यपालिका सदस्य सिता तिमिल्सिना,आर्थिक विकास समितिको संयोजकमा सिता भण्डारी,बन वातावरण तथा विपत ब्यवस्थापन समितिको संयोजकमा जुठीमाया पुन,समाजिक विकास समितिको संयोजकमा भगवती बस्याल र सुशासन समितिको संयोजकमा भुमिकला शर्मालाई तोकेर एक बर्ष देखी काम भई रहेको छ । यस्ले भुमिका नपाएर बसेकी महिलाहरुले काम पाएर सक्रिय हुदा महिला नेतृत्वको पनि विकास भई रहेको छ । त्यसै गरि विगतमा पठनपाठन छाडेकी महिलाहरुलाई महिला विद्यालय नै सञ्चालन गरेर पठन पाठन गर्ने अवसर प्रदान गरिएको छ । जिल्लामा रहेका लैगिँक हिँसा पिडित महिलाको उद्धार केन्द्रको ब्यवस्थापन पनि सुनवलमै गर्ने गरि ब्यवस्थापन गरिएको समेत नगरप्रमुख अर्यालले सुनाएकी थिईन् । आर्थिक रुपमा पनि महिलाहरु समृद्धि हुन आवश्यक छ,त्यसैका लागि यहाँका प्राकृतिक साधनस्रोतको अधिक्तम उपयोग गरि राजस्व वृद्धि गराउनु पर्ने त्यसका लागि विज्ञ बोलाएर छलफल गराएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *