एमाले महाधिवेशनमा हिराको पक्षमा महोल

काठमाडौ. नेकपा एमालेको ११ औ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उठेका हिराबहादुर केसीको पक्षमा माहोल उठेको छ । बागलुगँ जिल्ला कमिटीको दुई कार्यकाल अध्यक्ष भएका केसी यसपाली केन्द्रिय सदस्यमा प्रवेश गर्दै छन् । उनको आफ्नो प्रचार प्रसारलाई ब्यापक मात्र बनाएका छैनन् कि आम प्रतिनिधिको विश्वास पनि जितेका छन् ।
एमालेमा ९जना जिल्ला अध्यक्षहरु दोहोरिएर अध्यक्ष भएका छन् ।तिनीहरु मध्ये हिरामात्र उमेदवार भएका छन् । उनलाई सघाउन ति जिल्लाअध्यक्षहरुले आफ्नो क्षेत्रमा आन्तिरिक सर्कुलर गरेको एक अध्यक्षले बताए । एमाले युवा नेता मध्ये चर्चित केसी सरल स्वभावका मान्छे हुन् । दोश्रो पटक जिल्ला अध्यक्ष हुदा उनी निर्विरोध भएका थिए । महाधिवेसन प्रतिनिधिहरु हरिालाई जिताउन सकारात्मक देखिएका छन् । खुला तर्फ ७२ जना सदस्यलाई भोट हाल्दा एक भोट आफुलाई दिन उनले सबैसँग अनुरोध गरेका छन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *