
नवलपरासी,२९ पुस
जिल्लाको सरावल गाउँपालिकाको गाउँसभाको १७ औँ गाउसभामा सभा सदस्यहरुले प्रस्तुत विषय बस्तुको अनुमोदन बाहेक थप माग समेत राखेका थिए । भुमि अयोगले गाँउ गाँउमा नापी गर्दा प्राचीनकाल देखी चल्दै आएको गाँउको खलिहान प्रथालाई मेटाउदै आएकोले खलिहान संस्कृति बचाउनु पर्ने र गाउपालिका भित्र हुने तालिम गोष्ठिमा स्थानिय प्रशिक्षक तथा स्रोत ब्यतिm राख्न समेत माग गरेका हुन् ।
संस्कृति संरक्षण सहित प्रशिक्षक परिचालनमा स्थानिय तथा स्थानिय भाषा जानकारलाई राख्नका लागि आवश्यक कार्यविधि तयार हुने पर्ने समेत सभाका सदस्यले कुरा उठाएका थिए । केही पालिकामा सभाका सदस्यहरुलाई खुल्ला रुपमा विचार राख्ने पद्यती नभए पनि सरावल गाउपालिकाले नियमित बाहेक अन्य विषयमा पनि गाउसभामा कुरा राख्नका लागि सभासदस्यहरुलाई अवसर प्रदान गरि संसदिय अभ्यासलाई पनि निरन्तरता दिएका थिए । सभाका सदस्यले उठाएका विषयबस्तुबारे पनि टिपोट गर्दै अगामी दिनमा यसका लागि आवश्यक गृहकार्य गरि माग सम्बोधन गर्न सकिने उनको भनाई थियो । गाउसभा सञ्चालन गर्दा गाउपालिका अध्यक्ष संसदिय प्रणाली अनुसार सभामुखको भुमिका निर्वाह गर्नु पर्छ, सभाका अध्यक्ष तथा गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने, सोही अनुसार गाउसभाका सदस्य (गाँउ साँसद) भएकोले संसदिय अभ्यासलाई समेत गराउदै लगिएको छ ।
सोमबार विभिन्न महत्वपूर्ण कानुनी, नीतिगत तथा संस्थागत निर्णयहरू पारित गर्दै सम्पन्न भएको थियो । सभाले पालिकाको प्रशासनिक, आर्थिक तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सरावल गाउँपालिकाका अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न गाउँसभाले पालिकाको अर्धबार्षिक प्रगति समीक्षा, विभिन्न योजनाको संशोधन तथा ऐन–प्रतिवेदनसहित पाँच वटा प्रस्तावहरू छलफलसहित सर्वसम्मत पारित गरेको थियो ।
गाउँसभाले आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन ऐन तथा आर्थिक ऐन संशोधन गर्दै चालु वर्षको बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको अध्यक्ष चौधरीले जानकारी गराएका थिए । सभामा गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले विद्यमान आर्थिक ऐनका केही दफाहरू संघीय कानूनसँग बाझिएको र समयसापेक्ष नहुँदा कार्यान्वयनमा अन्यौलता सिर्जना भएको उल्लेख गर्दै ती दफाहरू संशोधन गर्न तथा १६ औँ गाउँसभाबाट पारित केही योजनाहरूको नाम र रकम संशोधन गर्न प्रस्ताव पेश गरेकी थिईन । उक्त प्रस्ताव गाउँसभाबाट सर्वसम्मत पारित भएको थियो ।
यसैगरी, गाउँपालिकाका प्रवक्ता सुरेशप्रसाद यादवले पेश गर्नुभएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८२ पनि सर्वसम्मत रूपमा सभाले पारित गरेको छ । विधेयक पारित भए सँगै गाउँपालिकामा आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता अझ मजबुत हुने अपेक्षा गरिएको प्रवक्ता यादवले बताए । त्यसै गरि गाउँपालिकाको कर्मचारी संरचना, सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित बनाउने उद्देश्यले तयार गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पनि गाउँसभाबाट पारित गरिएको छ ।
सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष फिरंगी चौधरीले पेश गरेका थिए । उक्त प्रतिवेदनले जनशक्ति व्यवस्थापनलाई वैज्ञानिक र प्रभावकारी बनाउँदै स्थानीय शासन प्रणालीलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । सभामा चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो ६ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले यस अवधिमा गाउँपालिकाले कूल विनियोजित बजेटको २४ दशमलव ६८ प्रतिशत खर्च गरेको जानकारी गराएका थिए ।
