
नवलपरासी,२३ मंसिर
जिल्लाको रामग्राम नगरपालिका वार्ड नं.4 का वार्डअध्यक्ष मदन यादवले आफ्नो दुई कार्यकालको विकास निर्माण तथा प्रगति सार्वजनिक गरेका छन् । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उनले आफु दोश्रो पटक वार्ड अध्यक्षमा निर्वाचित भई काम गर्दै आएको जानकारी गराउदै नगर गौरवको आयोजना सहित वार्ड स्तरबाट हुने कार्यप्रगति सुनाएका हुन् ।
पहिलो कार्यकालमै आफुले लुम्बिनी प्रदेश सरकारको सहकार्यमा बन्ने नगरस्तरिय संग रंगशाला(खेलमैदान) आफ्नै वार्डमा निर्माण गर्न लगाएको र अहिले उतm रंगशाला अन्तिम चरणमा पुगेको बताएका थिए । त्यसै गरि नगर स्तरकै बसपार्क पनि आफ्नो वार्डमा निर्माण सम्पन्न भई सकेको तथा बसपार्कसम्मको पहुँच मार्ग बन्ने वित्तिकै सञ्चालनमा ल्याइने दाबी गरेका थिए । त्यसै गरि शिक्षा क्षेत्रको विकासको रुपमा वार्ड नं.४ मै रहेको पाल्ही बहुमुखी क्याम्पसको सौन्दर्यीकरण,प्रवेशद्धार,साईकल स्टैण्ड,पुस्तकालय लगायतका क्षेत्रमा लगानी निरन्तर भई रहेको बताएका थिए । उनले यसै वार्डमा यातायात सेवा कार्यालयका लागि डेढ विघा जग्गा उपब्ध गराइएको समेत जानकारी गराए । शुरुमा खानेपानी आयोजना कार्यालयकै भवन उपयोग गरि यातायात कार्यालय सञ्चालनमा ल्याएको थियो,उनले भने,सो कार्यालयको दिगोपनाका लागि जग्गा नै उपलब्ध गराईने निर्णय गरिएको छ । सम्भवतः प्रदेश सरकारले छिट्टै कार्यालय भवन निर्माण गर्नेमा आशाबादी रहेको जानकारी गराएका थिए ।
खानेपानी क्षेत्रमा पनि वार्ड स्त्तरिय बजेट नै थपेर भए पनि बर्षाै देखी अलपत्र रहेको बैरिहवा खानेपानी आयोजना संचालनमा ल्याई वार्ड भित्रका सबै गाँउमा खानेपानी आपुर्ति पुर्याएर जनतालाई शुद्ध गुणस्तरिय खानेपानीको पहुँच पुर्याइएको जनाएका थिए । वार्ड कार्यालय परिसरमै आधार भुत स्वास्थ्य केन्द्र निर्माण गराई सञ्चालनमा ल्याएर स्वास्थ्य सेवाको पहुँच पुर्याइएको छ, उनले भने, त्यसै गरि वार्डका युवाहरुलाई लक्षित गरि वार्ड कार्यालय परिसरमै जिम हाउस समेत निर्माण गराई सञ्चालनमा ल्याएको छु,जस्मा वार्ड नं. ४ बाहेक अन्य वार्डका युवाहरुले उतm जिमहाउसबाट सेवा लिइदै आएका छन् । वार्ड कार्यालयमै पहिलो वार्ड कार्यालय स्थापना दिवस समेत मनाउने प्रचलन स्थापना गराएको बारे जानकारी सुनाएका थिए ।
अन्य महिला,युवा,पत्रकारलाई आवश्यक तालिम,शसतिmकरण,नेतृत्व विकास,क्षमता विकास लगायतका कार्यक्रम पनि सञ्चालन गरिनुका साथै कृषकलाई सहज मल,विउँ आपुर्ति सहित भुमिगत सिचाई तथा कुलो सफाई गरि कुलो ब्यवस्थापन गरेर सिचाईलाई प्राथमिकता दिदै काम गरिरहेको बताएका थिए । सडक पुर्वाधार तर्फ पनि ८० प्रतिसत कार्य सम्पन्न भई सकेको उनको भनाई थियो । दुई कार्यकाल वार्डअध्यक्ष विताएको ले अगामी लक्ष्य नगरप्रमुख नै रहेको सुनाउदै उनले त्यसका लागि पनि आफु विभिन्न विषयगत समितिमा बसेर नगरपालिका क्षेत्रमा राजनीतिक तथा समाजिक गतिविधिमा सहभागि भई काम गर्दै आएको बताएका थिए । पत्रकार भेटघाटका लागि परासी प्रेस क्लबले सहकार्य गरेको थियो । प्रेस क्लबले जनता तथा जनप्रतिनिधिहरुको सुचना प्रवाह गर्ने माध्यम बन्दै गएको क्लबका अध्यक्ष मोहन पौडेलले बताएका थिए । उतm कार्यक्रममा स्वागत क्बलका सल्लाहकार टिकाराम गैरेले गरेका थिए ।
