नवलपरासी,२२ जेठ
डिभिजन बन कार्यालय नवलपरासीले विश्व वातावरण दिवस मनाएको छ । जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा जिल्लाकै संसारकोट सामुदायिक बन उपभोतmा समुहको कार्यालय परिसर वर्दघाट नगरपालिका १० मा मनाईएको हो ।
प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौ,वातावरणमैत्री विकल्पको उपयोग गरौ,नाराका साथ विश्व वातावरण दिवस २०८० जिल्लाका सरोकारावालाहरुको सहभागितामा मनाइएको जिसस प्रमुख यादवले बताए । उनका अनुसार ब्यवस्थापनका कार्य डिभिजन बन कार्यालय प्रमुख महेन्द्रराज बाग्ले लगायतले गरेका थिए । बन विनास,प्लाष्टिक जन्यको बढदो प्रयोगले वातावरणमा नकारात्मक असर पर्ने भएको हुदा बन विकास र र प्लाष्टिक जन्य बस्तुको प्रयोग घटाउनमा समेत सरोकारवालाले कुरा उठाएका थिए । वातावरणमा प्रतिकुल असर पार्ने खालका गतिविधि पनि मानवद्धारा नै भएको हुदा अहिले वातावरण बचाउन र जोगाउनमा पनि मानवद्धारा नै अभियान सञ्चालनको आवश्यकता रहेको कुरा औल्याइएको थियो । बन क्षेत्रमा वृक्षारोपण समेत गरिएको थियो ।