वर्दघाट नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि उपज संकलन तथा विक्रि केन्द्र

नवलपरासी,३ जेठ
जिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने कृषकहरुलाई राहत पुग्ने गरि सो केन्द्र सञ्चालनमा ल्याएको हो ।


कृषकको उत्पादन खेर नजाओस र कृषकलाई प्रोत्साहित गर्ने गरि कार्यविधि कानुन नै पास गरेर यस्तो कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि बुधवार देखी संकलन कार्य शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । जिल्लाको सम्भवतः पहिलो पालिका हो,उनले भने,विधि पुर्वक किसानको उत्पादन नगरपालिकाले उचित मुल्यमा खरिद गरिदिइने र उपभोतmालाई विक्रि वितरण गरिदिईने गरि काम अगाडी बढाएको छ । रेडक्रसको भवन भाडामा लिई तत्काललाई संकलन केन्द्र सञ्चालनमा ल्याएको बताउदै उनले अगामी दिनमा यसलाई ब्यवस्थित र स्थायित्व हुने गरि काम गरिने नगरपालिकाको योजना रहेको उनले जानकारी गराए । यसले किसानमा उत्साही बनाएको छ, नगरपालिका आफै सरकारको हो,यसमा विचौलियाहरु खेल्ने अवसर पाउने छैनन् । उपभोतmालाई पनि राहत पुग्ने र किसानलाई पनि उचित मुल्य पाउने ब्यवस्था यो संकलन र विक्रि केन्द्रले गर्ने लक्ष्य लिएको उनले सुनाए ।
गाउ गाँउमा कृषि उत्पादन गर्ने किसान सोझासाझा हुन्छन्,उनले थपे,उनीहरुलाई बाध्य पारेर विचौलियाहरुले सस्तोमा किन्ने र महगोँमा विक्रि गर्ने हुदा किसान र उपभोतmा दुबैलाई मर्का पर्ने गरेको छ । हाटबजारमा समेत विचौलियाहरुकै हालीमुहाली हुने गरेको छ । किसानले उत्पादन गरेको तरकारी फलफुल बजारमा विक्रिका लागि लिएर आउदा विभिन्न दवाव र प्रभावमा पारेर सस्तोमा खरिद गरिदिन्छन्। सोझा साझा किसानले प्रतिवाद पनि गर्न सक्दैनन् । पछि तिनै विचौलियाहरुले बजारमा एकाधिकार सृजना गरि महगोँमा तरकारी बेच्दा उपभोतmाहरु महगोँमा खरिद गर्नु पर्छ । यसमा सरकारी हस्ताक्षेप हुने गरि वर्दघाट नगरपालिकाले यस्तो योजना ल्याएको छ । यसले वर्दघाटका किसानलाई राहत पुग्ने विश्वास नगरपालिकाले लिइएको छ । पहिलो दिनमा नै नगरपालिकाले किसानले लिएर आएका कृषि उपज तरकारीहरु करिब २ लाख मुल्यको खरिद गरि विक्रि केन्द्रमा राखि दिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी गराए ।
विगत बर्षमा किसानहरुले आफ्नो तरकारी विक्रि नभएको भन्दै नगरपालिका परिसरमै तरकारी फालेर आन्दोलन गरेका थिए । अहिले नगरपालिकाको यो कार्यक्रमले आन्दोलन गर्ने किसानलाई पनि उत्पादनका लागि हौसला मिल्ने छ । उपभोतmाहरुलाई पनि नगरपालिकाको संकलन केन्द्रबाट तरकारी खरिद गरि दिनका लागि आग्रह गरिएको छ । स्थानिय स्तरमा विक्रि हुन सकेसम्म गर्ने नभए बुटवल र नारायणघाटसम्म विक्रिका लागि पठाईदिइने कार्यका लागि पनि संकलन केन्द्रले ब्यवस्थापन गर्ने उनको भनाई थियो । नगरपालिकाको संकलन केन्द्रले किसानको लागत र उपभोतmाको अवस्थालाई समायोजन गरि मुल्य निर्धारण गर्नेछ । सो मुल्यमा तरकारी खरिद गरिने छ । किसानले संकलन केन्द्र भन्दा बढि मुल्य पाए बाहिरी बजारमा पनि बिक्रि गर्ने छन् । यदि बजारका ब्यपारीले कम मुल्य दिएमा संकलन केन्द्रमा पुर्याउन सक्ने गरि योजना रहेको उनले बताए ।
यस्तो संकलन केन्द्र सञ्चालनमा नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्यायको समेत क्रियाशिलता रहेको थियो । प्रमुख श्रेष्ठ र उपप्रमुख उपाध्यायका योजना अनुसार नै नगरपालिकाको कृषि शाखाले कार्यविधिको निर्माण गरेको थियो । कार्यविधि बनाएर मात्र अहिले उपज केन्द्र सञ्चालनमा ल्याइएको भनाई प्रमुख प्रशाकिय अधिकृत सापकोटाको थियो । शुरु शुरुमा केही कठिनाईहरु आउन सक्ने भए पनि अगामी दिनमा ब्यवस्थित गर्दै लगिने दिर्घकालिन योजना समेत रहेको छ,उनले भने,यसका लागि किसान,उपभोतmा र नगरबासी सबै मिलेर अगाडी बढनु पर्छ । समृद्ध नेपालका लागि समृद्ध किसान बन्नु आवश्यक छ । स्वदेशमा उत्पादन र स्वदेशी उत्पादनको उपभोगले मात्र मुलुक समृद्धि तर्फ जान सक्ने तथ्य रहेको उनले स्मरण गराएका थिए । जुन बस्तु नेपालमा छैन,त्यसको मात्र आयात गर्नु पर्छ,जुन बस्तु उत्पादन हुन्छ,त्यसको पहिला आफु उपभोगमा ल्याउने र पछि निर्यात गर्न सम्मको काम गर्नु आजको आवश्यकता रहेको उनले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *