
नवलपरासी,४ बैशाख
जिल्लाको सुस्ता गाउपालिकाले बेरोजगार युवा युवतीलाई दिदै आएको एक सय दिनको रोजगारीका कामदारले तिन किलो मिटर कृषि सडक खनेका छन् । गाउपालिकाको वार्ड नं.३ मा खटिने एक सय दिन रोजगारीका कामदारले वार्ड भित्रका तिन किलो मिटर सडक खन्ने काम गरेको वार्डले जनाएको हो ।
सरकारले दिदै आएको रोजगारीको अवसरलाई उपयोग गरि स्थानियलाई रोजगारी र गाँउमा कृषि सडक खन्ने काम भएको वार्ड अध्यक्ष हरिलाल दुसादले बताए । वार्डमा पर्ने कुल १५ जना युवा युवतीलाई रोजगार दिईने सुचिमा परेको थियो,उनले भने,के काम गर्न लगाउनेबारे वार्ड समितिमा राखेर योजना बनाइयो र कृषि सडक खन्ने योजना बनाइयो । अहिले तिनै कामदारले सडक खनिसकेका छन् । गाउपालिकाका प्राविधिकहरुले प्राविधिक नापजाँच गरेर जिम्मा लगाईए पछि सो सडक खन्न लगाइएको उनको भनाई थियो । रोजगारीमा अधिकाँश महिलाहरु सहभागि रहेका छन् ।

महिलाहरु आफै कोदालो र बेल्चा लिई सडक खन्ने कार्य गरे । समुहमा काम गर्दा कुनै झिजो नमानी इमानदारी पुर्वक काम गरेको बताउदै वार्ड अध्यक्षले रोजगारकी अवसर गाँउ ठाँउमै छ,त्यसका लागि काम गर्नेको सोच हुनु आवश्यक छ । कुनै काम ठूलो कुनै काम सानो भन्ने पनि हुदैन् । काम गर्दा आफ्नै गाँउको विकास पनि भएको छ,रोजगार पनि पाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विकास निर्माणसँग जोडियो भन्ने रोजगारी र विकास सँगसँगै रहेको उदाहरण अहिले देख्न पाईयो,उनले थपे,यसको रकम अझै अगामी दिनमा बढाउन सकियो भन्ने गाँउका विकासमा ठूलो योगदान पुग्ने छ ।
गाँउमा युवा विदेश रोजगारीमा जाने र कामदार पाइएन भन्ने आर्को तर्फ निर्माण ब्यवसायिले मेसिनरी प्रयोग गर्ने संस्कृति बढदै गएको छ । यसलाई रोक्नका लागि अगामी दिनमा गाउपालिकामा योजना बनाई अन्य क्षेत्रका काममा पनि युवा महिला परिचालन आवश्यक देखिएको वार्ड अध्यक्ष दुसादको भनाई थियो । १५ जना कामदारले सय दिन काम गर्दा तिन किलो मिटर सडक खन्न सकिनु ठूलो उपलब्धी भएको जनाउदै उनले त्यही कामका लागि गाउपालिकाले ठेक्का गराउदा दोब्बर रकम खर्चको लागत इस्टिमेट निकाल्थ्यो,तर गाँउकै मान्छेले काम गरेर देखाए ।
गाँउकै मानिसले काम गर्दा काम प्रति अपनत्व पनि हुन्छ । उनीहरुले पाउने रकम स्वदेशमै खर्च हुन्छ । तर मेसिनरीको प्रयोग गर्दा मेसिन पनि विदेशबाट खरिद हुने हुदा त्यो रकम विदेशमा जाने,मेसिनरी प्रयोग गर्दा इन्धन खर्च मार्फत रकम विदेश नै जानुका साथै मेसिनका पार्टपुर्जाका खर्च पनि विदेशिने हुदा त्यसले बजार सन्तुलनमा समेत प्रतिकुल असर पार्छ । तर गाँउ ठाँउकै कामदारले काम गर्दा रोजगार पाउने र पाउने ज्याला स्वदेशमै खर्च हुने कुरा मनन गर्न आवश्यक रहेको उनको तर्क थियो । समय अनुकुल ज्यालाको दररेट वृद्धि गर्न आवश्यक रहेको समेत उनले बताए । थोरै ज्याला भएको गुनासो समेत आउने गरेको उनले जनाए ।
कतिपय गाँउ पालिका र नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम उपयोग नगर्दा फ्रिज हुने अवस्था भए पनि सुूस्ताका सबै रकम सदुपयोग भई रहेको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । चालु आर्थिक बर्षमा करिब ३० लाख रुपिया प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च हुने उनले बताए । आफु सरावल गाउपालिका हुदा देखी नै प्रधानमन्त्री रोजगार कार्यक्रममा गाँउमा घरमै बसेर दिन विताउने महिलाहरुलाई यस्तो कामका लागि प्रोत्साहित गर्दै आएको र अहिले सो कार्य सुस्तामा पनि जनप्रतिनिधि मार्फत प्रोत्साहन गर्न लगाइएको बताए ।
हेर्दा सय दिनको रोजगारी हो,उनले भने,तर यसको प्रभाव भन्ने करोडका योजना भन्दा कम प्रभावकारी छैन् । सय दिनमा एक ब्यतिmले कम्तीमा ५० हजार कमाउछन्,दैनिक जिवनमा त्यसले राहत मिल्छ, मानिसको काम प्रतिको सम्मान वृद्धि हुन्छ । कम बजेट र आन्तरिक आय स्रोत हुने गाउपालिकाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लाभप्रद भएको प्रशासकिय अधिकृत पौडेलले भने, वार्ड नं.३ मा कृषि सडक महिलाहरु मिलेर खनेका छन्,अन्य वार्डमा पनि रचनात्मक कार्यमै सय दिनको रोजगारी सदुपयोग भई रहेको छ ।
सरकारले यि रकम वृद्धि गरेर पठाईदिए अगामी दिनमा अझै पनि सडक पुर्वाधार,कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रका सार्वजनिक क्षेत्रमा काममा लगाउन सकिन्छ । गाँउमै रोजगार,गाँउको विकास नारालाई साकार गराउन सकिन्छ । अन्य योजनामा पनि निर्माण ब्यवसायि तथा उपभोतmा समितिले पनि गाँउकै जनशतिm प्रयोग गर्दा सो रोजगारी दिन बढाउन सकिने उनले बताएका थिए । सुस्तामा ५ वटा वार्ड रहेको छ । पाँचै वार्डमा रोजगारीका लागि आवेदन दिईने कामदारलाई सय दिनको रोजगारी प्रदान गर्ने र सार्वजनिक काममा लगाउने कार्य भई रहेको छ ।