
नवलपरासी,१९ जेठ,
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली जलउपभोक्ता सस्थाका मुल समिति लगायत विभिन्न उपसमितिहरुको निर्वाचन बेलामै गर्नु पर्ने सरोकारवालाले बताएका छन् । सिचाई प्रणालीमा जलउपभोक्ता हरुको कृयाशिलताले मात्र प्रणालीहरु सहज ढंगले सुचारु गर्न सक्ने भएको र अहिले गण्डक जलउपभोक्ता सस्था लामो समय देखी निर्वाचन गराउन नसकेको हुदा बेलामै निर्वाचन गराई सक्रिय बनाउनु पर्ने माग उठेको हो ।
जलश्रोत मन्त्रालयको सिचाई विभाग तथा राष्टिय सिचाई जल उपभोक्ता महासंघको संयुक्त आयोजनामा वर्दघाटमा भएको कार्यशालामा उक्त कुरा उठेको थियो । म्याद थप गर्दै गण्डक सिचाई जल जलउपभोक्ता सस्थाले काम गर्दै आएको भए पनि अन्तिम पटक थपिएको म्याद पनि डेढ महिना मात्रै बाकी रहदा बेलामै निर्वाचन गरि समितिले बैधानिकता प्राप्त गरि काम गर्नु पर्ने कुरा औल्याएका थिए । जलउपभोक्ता सस्थाको सहयोग विना सिचाई प्रणालीहरु सहज ढंगले सुचारु गर्न गाहे महशुस गर्ने गरेका प्राविधिकहरुले समेत उतm कुरामा जोड दिएका थिए । यता झण्डै दुई दशक देखी जलउपभोक्ता सस्थाको अध्यक्षको जिम्मेवारीमा काम गर्दै आएका मुल समितिका अध्यक्ष हैदर अलि मोमिनले सिचाई प्रणालीमा संरचनागत समस्याका कारण पुरै सिचिँत क्षेत्रसम्म पानी नपुग्दा जलउपभोक्ता माझ पुनः सेयर सदस्यता नबिकरण गराउन जान समस्या रहेको बताउदै सिचाईका लागि पानी पुर्याउने अवस्था कस्तो रहने भन्ने अवस्थाको आकलन गरेर मात्र चुनावी अवस्था सृजना गर्न सक्ने बताएका थिए ।
सिचाई प्रणालीमा धेरै जटिलताहरु रहेका छन्,अनुभव विनाको मानिस आएर पनि प्रणाली सञ्चालनमा समस्या थप बढने सक्ने बताएका थिए । पहिला पानी प्रवाह गर्ने,त्यस पछि चुवानी प्रकृयामा जाने गरेर मात्र समस्या समाधान हुन सक्ने उनको तर्क थियो । यता उपभोतmा माझ मुल समितिका पदाधिकारीहरु वास्तविकता लिएर किन जान नसक्ने प्रश्न राख्दै वास्तविक समस्या लिएर जलउपभोतmाहरु विच जाने सदस्यता नविकरण अभियान सञ्चालन गर्ने , नयाँ सदस्यता वितरण गर्ने र चुनावी प्रकृया अगाडी बढाउनका लागि सिचाई जलउपभोक्त महासंघका पुर्व महासचिव समेत रहेका पुर्व साँसद रामलखन हरिजनले बताएका थिए । मुल समितिले मात्र सिचाई प्रणाली सञ्चालन हुन सक्ने भएकोले त्यस अन्तरगत रहेका शाखा समिति,माईनर समिति,एफडि,एमएफडि समितिहरुको समेत चुनाव गराएर क्रियाशिलता बढाएर सिचाई प्रणालीमा सुधार ल्याउन सक्ने उनको भनाई थियो ।
सिचाई प्रणालीलाई ब्यवस्थित र सुचारु गर्नका लागि उपभोतmा सस्था सक्रिय हुनु पर्ने र यसका लागि तत्काल आयोजक समिति बनाएर भए पनि चुनाव गराउन सक्नु पर्ने भनाई जलउपभोतmा सस्था महासंघका महासचिव सम्भु दुलालले बताएका थिए । कार्यशालामा सहजीकरण गर्दै उनले जलउपभोतmा सस्था निर्माणका कानुनी ढाँचा र प्रकृयाबारे छलफल गराएका थिए । उनले जलउपभोतmा सस्थाको निर्वाचनका प्रयोगात्मक चरणहरुबारे पनि प्रस्तुतीकरण गरेका थिए । त्यसै गरि सिचाई विभागकी डा.मन्जु शर्माले पनि जलउपभोतmाहरुको सहकार्यमा मात्र सिचाई प्रणालीहरु सहज ढंगले सिचाई सेवा पुर्याउन सक्ने आधार बताएकी थिईन् ।
नेपाल गण्डक नहर सिचाई प्रणाली र पिपरपाती प्रसौनी सिचाई प्रणाली दुई वटा सिचाई प्रणाली गण्डक सम्झौता अनुसार नै सिचाई गर्दै आएका छन् । गण्डक ब्यारेजको सञ्चालन गर्ने अधिकार भारत विहार सरकारसँग भएको हुदा नेपाली किसानलाई आवश्यक परेको बेला पानी आपुर्तिमा समस्याहरु आउने गरेका छन् । विगत देखी यि समस्याहरु भए पनि अहिले केही खुकुलो हुदै गएको नेपाल गण्डक सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीका प्रमुख रनधिर शाहले बताए । उनले विगतको बर्ष भन्दा दुई बर्ष देखी भारत भन्दा नेपाली नहरमा पहिला पानी प्रवाह गराउन सफल भएको जनाए । नेपाली नहरको मुहानमा सिल्ट रिेजेक्टरमा समस्या भएका कारण केही समय नहरमा पानी प्रवाह गर्दा नहरमा बालुवा जम्मा भई पानी प्रवाह कम हुने समस्या छ,उनले भने,तर यसका लागि पनि नहरको मुहानमा झण्डै ३५ करोड लगानीमा सिल्टबेसिन निर्माण भई रहेका छन् ।
यो काम सम्पन्न भए पश्चात नेपाली नहरमा पनि चाहे अनुसार पानी प्रवाह गर्न सक्ने उनको भनाई थियो । कुल ३२ किलोमिटर लम्बाईको मुल नहर ८ हजार ७ सय हेक्टर सिचाई क्षेत्रमा सिचाई गर्ने हो । तर अहिले नहरका विभिन्न संरचनाहरु भत्किएको,मर्मत सम्भारको अभावमा पानी प्रवाहमा समस्या आउने गरेको छ । स्थानिय सरकारले पनि नहर सिचाई प्रणालीको मर्मत सम्भार भन्दा बोरिगँ पम्पिगँसेटमा लागनी गर्ने गरेका छन् । तर नहर सफाईमा लगानी नगरेका कारण स्थानिय स्तरबाट पनि नहरमा समस्या आउने गरेको सरोकारवालाले बताएका थिए । यसका लागि पनि स्थानिय तहसँग सिचाई ब्यवस्थापन कार्यालय र जलउपभोतmा सस्थाहरुले सहकार्य गरेर काम गर्नु पर्ने कुरा औल्याइएको थियो ।