Health Advertisement

भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रले प्रभावकारी बनाउदै पशु अस्पताल

नवलपरासी,१ पुस
जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपालन क्षेत्रको प्रवद्र्धन मात्रै नभई अहिले पशु चिकित्सालाई प्राथमिकतामा राखेर काम गर्न थालेको छ । विरामी हुने पशुको उपचारलाई प्राथमिकता दिदै पशु अस्पताललाई प्रभावकारी बनाउदै लगिएको विज्ञ केन्द्रले जानकारी गराएको हो ।
जिल्लामा मानिस भन्दा पशुको संख्या धेरै तर उपचारका लागि जिल्ला स्थित एक मात्र भेटेनरी अस्पतालले गर्दा पनि सो अस्पतालमा दैनिक जसो विरामी पशुलाई उपचारका लागि ल्याउने गरेका छन् । मानिस जस्तै पशुलाई पनि रोगब्याधी लाग्ने तर उपचार नपाएर पशुहरु मर्ने अवस्थाबाट अस्पतालले उपचार गर्दै किसानको पशुधन जोगाउमा सफल भएको केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए । अहिले किसान आफ्नो पशुधन प्रति विगत भन्दा सचेत बन्दै गएका छन्,उनले भने, त्यो भएर समान्य पशु(गाई,भैसी,बाख्रा,बंगुर,कुखुरा हाँस,कुकुर लगायतका पशुलाई अस्पतालले उपचारात्मक सेवा दिदै आएको छ । यसले यहाँका किसानलाई राहत भई रहेको उनको भनाई थियो ।
कार्यालयले पशुपालक किसानलाई विभिन्न तालिम,गोष्ठि,उन्नत विँउ बिजनका लागि कृत्रिम गर्भाधान कार्यक्रमसँगै पशु फर्म तथा समुहलाई अनुदान जस्ता कार्यक्रम मार्फत पनि सघाउदै आएको छ । तर यि सेवा सरकारले तोके अनुसार कार्यविधि बमोजिम उपलब्ध गराउदै आए पनि अस्पतालमा नियमित सेवा प्रदान गरिदै आएको केन्द्र प्रमुख चौधरीले बताएका थिए । अस्पताल मार्फत तत्काल गाई भैसी र बाख्रालाई कृत्रिम गर्भाधान सेवा,पशु स्वास्थ्य सेवा कार्यक्रममा मेडिकल उपचार,मेजर सर्जिकल उपचार,माईनर सर्जिकल उपचार, गाईनोक्लोजिकल उपचार र बध्याकरण सहितको सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । पशु चिकित्सकलाई नै राखेर यस्ता उपचार गर्ने कार्य भई रहेको केन्द्र प्रमुख चौधरीले बताए ।


त्यसैगरि भेटेरिनरी अस्पतालमा प्रयोगशाला सेवा अन्तरगत गोबर परिक्षण,पिसाब परिक्षण,थुनिलो परिक्षण,शवपरिक्षण(पोष्टमार्टम)डिएचपिपिआईएल टेस्ट,एआरभि टेष्ट,एनडि टेष्ट हुने गरेको छ । खोप सेवा कार्यक्रम अन्तरगत पिपिआर खोप,एचएसविक्यु,एफएमडि,लम्पि स्किन स्वाईन फिबर,,रानीखेत,गँवारो रेबिज,कोरोनाभाईरसको खोपहरु दिईने गरिएको छ । त्यसै गरि परिजिवि नियन्त्रणमा आन्तरिक परजिवी र बाह्य परजिबी सहित नाम दर्ता वापत राजस्व समेत संकलन गर्दै आएको केन्द्रले जानकारी गराएको छ ।
केन्द्रले गत आर्थिक बर्ष २०८० को गत कार्तिक महिनासम्म कुल २९ हजार २ सय ९० पशुलाई सेवा प्रदान गरेको थियो भन्ने मंसिर महिनामा ७ हजार ३ सय १० गरि कुल जम्मा ३६ हजार ६ सय प्रगति भएको मासिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसमा कृत्रिम गर्भाधान संख्या ७ हजार ३ सय ३४ उपचार सेवा ७ सय ६३,प्रयोगशाला सेवा२ सय ४९ खोप सेवा २३ हजार १ सय ९०,लम्बि स्किन २२ हजार ९ सय रहेको छ भन्ने कुल ३६ हजार ६ सय राजस्व समेत संकलन भएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *