Health Advertisement

लम्पी स्किन महामारीबाट धेरै पशु जोगाउन पशु सेवा विज्ञ केन्द्र नवलपरासी सफल

नवलपरासी,५ भदौ
लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण ७ हजार भन्दा बढि पशु मरेको भए पनि नवलपरासीमा संक्रमित पशु मध्ये ५ प्रतिसत मात्र ३६ वटा पशु मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीको सक्रियतामा अन्य जिल्लामा धेरै पशु मरेको भए पनि नवलपरासीमा अधिकाँश संक्रमित पशु जोगाउन सफल रहेको केन्द्रले जानकारी गराएको हो ।
नेपालमा लम्पी स्किन रोग देखा पर्ने वित्तिकै केन्द्रले आफ्ना पशु स्वास्थ्यकर्मी परिचालन गरि जनचेतना जनाउनुका साथै खोप लगाउने अभियानलाई निरन्तरता दिए पश्चात धेरै पशु बचाउन सकिएको केन्द्र प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । जानकारीमा आए देखी नै भेटेरिनरी अस्पताल तथा केन्द्रका पशु स्वास्थ्यकर्मी गाँउ गाँउमा र पशु फर्महरुमा परिचालन गरियो,उनले भने,रोगको संक्रमण रोक्नका लागि किसानलाई समेत परिचालन गरियो,संक्रमित पशुलाई अन्य पशुसँग सम्पर्क विच्छेदमा राख्न लगाईयो । शुरु देखी नै खोपलाई पनि प्राथमिकतामा राखेर काम गर्न थालिए पछि अहिले धेरै पशु मर्न पाएनन्,उनले थपे , यसका लागि सबै पालिकाका पशु शाखाहरुले पनि सक्रिय भुमिका निर्वाह गरेका छन् । ठूल्ठूला पशु फर्महरु पनि सक्रिय भएर पशुको ज्यान जोगाउनमा लागेका हुन ।
प्रत्येक पालिकामा लम्पी स्किन संक्रमित पशुको लगत तयार गर्ने र खोप लगाउनेसँगै जनचेतना कार्य पनि गरेका कारण धेरै पशु बचाउन सकिएकोमा उनले खुशी ब्यतm गरेका थिए । अन्य जिल्लामा धेरै पशु मरेका छन्,उनले भने,तर नवलपरासीका पशु स्वास्थ्यकर्मी र पशुपालक किसानको सक्रियतामा धेरै पशुधनको क्षति हुनबाट जोगाउन सफल भईको छ । उनका अनुसार सुनवल नगरपालिकामा १ सय ४६ वटा पशु मध्ये १ सय ३८ गाई गोरु र ८ वटा भैसीमा संक्रमण देखिएको थियो । जस्मा हालसम्म ४ वटा पशु मरेका छन् । वर्दघाट नगरपालिकामा १ सय ५० पशु मध्ये सबै गाई गोरु संक्रमित भएको र त्यसमा १५ वटा पशु मरेका छन् । रामग्राम नगरपालिका भित्र १ सय ९० वटा संक्रमित पशु मध्ये १५ वटा भैसी रहेको र ११ वटा पशु मरेको तथ्याँक छ ।
त्यसै गरि पाल्हीनन्दन गाउपालिकामा ४७ वटा गाईगोरु संक्रमित भएकोमा १ वटा पशु मात्र मरेका छन् । सरावल गाउपालिकामा ३२ गाई गोरु र १ भैसी गरि ३३ वटा पशु संक्रमित भएको र त्यसमा ३ वटा पशु मरेका छन् । प्रतापपुर गाउपालिकामा १ सय ४८ वटा गाईगोरु संक्रमित भएको र तयसमा २ वटा मात्र मरेका छन । त्यस्तै सुस्ता गाउपालिकामा ६१ वटा गाईगोरुमा संक्रमण देखिएको तर हालसम्म मरेको तथ्याँक छैन् । पशु सेवा विज्ञ केन्द्रले स्थानिय पालिकाको पशु शाखा मार्फत सबै पालिकामा खोप स्वम्सेवक समेत परिचालन गरि खोप अभियान सञ्चालन गरेको थियो । हालसम्म कुल ४ हजार ३ सय पशुलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाउने कार्य भएको केन्द्र प्रमुख चौधरीले जानकारी गराएका थिए ।
केन्द्रका अनुसार सुनवल नगरपालिकामा ७ सय,वर्दघाट नगरपालिकामा ७ सय रामग्राम नगरपालिकामा ७ सय २५,पाल्हीनन्दन गाउपालिकामा ४ सय,सरावल गाउपालिकामा ४ सय प्रतापपुर गाउपालिकामा ६ सय २५ र सुस्ता गाउपालिकामा ७ सय ५० गरि कुल ४ हजार ३ सय खोप उपलब्ध गराई पशुलाई खोप लगाउने कार्य सम्पन्न भएको केन्द्र प्रमुख चौधरीले बताए । अहिले पनि संक्रमित पशुको खोजी कार्य गर्ने निरन्तर भई रहेको छ,उनले भने, रोग नियन्त्रण गर्न केन्द्रको प्रयास निरन्तर भई नै रहने छ । प्रदेशको तथ्याँकको तुलनामा नवलपरासीमा लम्पी स्किन रोगका कारण मर्ने पशुको संख्या नगन्य मात्रामा रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *