नवलपरासी,१९ कातिक
जिल्लाको सरावल गाउपालिका वार्ड नं.७ का वार्ड समितिले पहिलो पटक पत्रकार सम्मेलन गरि विगतका उखुको बक्यौता रकम भुतmानी र यस बर्षको उखुको मुल्य निर्धारणको माग गरेको हो । लामो समय देखी चिनी उद्योगहरुले किसानलाई भुतmानी नदिइएको र अहिले यो बर्षको मुल्य निर्धारणमा ढिलाई गरेको बताउदै बेलामै बक्यौती भुतmानी र उखुको मुल्य निर्धारणको माग गरेका हुनु ।
कृषि तथा पशुपंक्षी मन्त्रालय सिँह दरबार काठमाडौको नाँउमा पत्रचार गरेर पत्रकार सम्मेलन गरि उतm कुराको जानकारी वार्ड अध्यक्ष ह्यात खाँ धुनियाले गराए । कृषकहरु आफ्ना समस्या लिएर वार्ड कार्यालयमा दैनिक आउने तर उतm समस्या वार्ड स्तरबाट नहुदे देखिएको जनाउदै संघिय सरकारले तत्काल त्यसबारे पहल गर्न आग्रह समेत गरेका थिए । राज्यको सबै भन्दा सानो युनिट वार्ड नै हो,उनले भने, आखिरमा ग्रामिण जनता आफ्ना समस्या लिएर कहाँ जाउन ? उनले प्रश्न गर्दै आफ्नो स्तरबाट जे गर्न सकिन्छ,त्यो गरियो,उनले थपे,यसका लागि गाउपालिका,लुम्बिनी प्रदेश सरकार र संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तथा उद्योग मन्त्रालयले नै जिम्मेवारी लिई उखु किसानका समस्यालाई तत्काल सम्बोधन गराउनु पर्ने हो ।
जिल्ला स्थित लुम्बिनी चिनी कारखाना सुनवल,बागमती खाणसारी मिल कुडिया,इन्दिरा सुगर मिल प्रतापपुर र मोहिनी सुगर मिल मोजरहियाले आर्थिक बर्ष २०७९।०८० सालमा उखु खरिद गरेका नवपरासी जिल्लाका उद्योगहरु नेपाल सरकारबाट तोकेको मुल्यको आधारमा हालसम्म भुतmानी चिनी मिलहरुले नदिइएको ब्यहोरा समेत पत्रमा उल्लेखित छ । किसानहरुलाई पिर मर्कामा पारी उद्योग सञ्चालक(साहु)सँग कुरा गर्दा हामीले नेपाल सरकारले तोकेको मिति देखी प्रति कुन्टल ४ सय ९५ रुपिया दिनेछौ । त्यो भन्दा पहिलाको खरिद गरेको उखुको मुल्य प्रति कुन्टल रु.४ सय ७५ दिने कुरा पत्रमा उल्लेख गरिएको छ । तसर्थ सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउदै वार्ड अध्यक्ष धुनियाले आर्थिक बर्ष २०७९।०८० सालमा विक्रि गरेको सम्पुर्ण उखु किसानलाई प्रति कुन्टल ४ सय ९५ को दरमा नै भुतmानी गराउनुको साथै आर्थिक बर्ष २०७८।०७९ सालमा क्रसिगँ गरेको उखुको रकम अहिलेसम्म भुतmानी नदिइएको किसानहरुलाई विभिन्न बहानामा ठगि गर्दै आएको बताए ।
उद्योग सञ्चालकहरुलाई निर्देशन गरि किसानको बक्यौता रकम भुतmानीका लागि समेत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । आर्थिक बर्ष २०७९।०८० सालको उखुको अनुदान प्रति कुन्टल नेपाल सरकारले दिने रु.७० रुपिया हालसम्म किसानलाई उपलब्ध नभएका कारण उतm रकम भुतmानीका लागि समेत उनले आग्रह गरेका थिए । अहिले उखु क्रसिगँ गर्ने बेला भई सक्यो,उनले भने,तर सरकारले यस बर्षको समर्थन मुल्य तोकेको छैन्,यसले गर्दा अ
िहले फेरी पनि किसान ठगिको मारमा पर्ने देखिन्छ । जति सक्दो छिटो यस बर्षको उखुको मुल्य निर्धाणका लागि सरकारसँग माग गरिएको पत्र उनले देखाएका थिए । उखुको डिफर मुल्य झण्डै ढाई करोड रहेको र अनुदान गरि ७ करोड भन्दा बढि रकम किसानले अहिलेसम्म पाएका छैनन् । किसानको लगानी र श्रममा उद्योग सञ्चालकको रजाई गर्दै आएका छन्,तर नेपाल सरकार ति उद्योगलाई नियमन गर्न सकिरहेको छैन् ।
उधारोमा किनेको उखुबाट उत्पादित चिनी उद्योग सञ्चालकले बेचि सके तर किसानले अहिलेसम्म पनि झुतmानी नपाउनु दुःखद भएको स्थानिय किसान विश्वनाथ गुप्ताले बताए । नेपालमा सरकार छ भन्ने आश पनि किसानले छाड्दै गएका छन्,उनले भने,सरकार भए पनि किसान भन्दा उखु सञ्चालकको नियन्त्रणमा रहेको हामी किसानहरुले महशुस गर्दै आएका छौ । मल,खाद्य,उन्नत विँउ त सरकारले बेलामा उपलब्ध गराउद सक्दैन्,उनले थपे,तर किसानले आफ्नै प्रयासमा उत्पादनको उखुको मुल्य समेत दिलाउन नसक्नु सरकारी निरिहता अहिलेसम्म देखिएको थिएनन् । सरकार राजनीतिक दलका नेताले सञ्चालन गर्दै छन् कि उद्योग सञ्चालकका चम्चाहरु हुन ? पहिचान गर्नै गाहे भएको उनले सुनाए । ब्युरोक्रेसीका अधिकारीहरु समेत जनताकै करबाट तलब सुबिधा खाने गरेका छन्,तर काम जनता भन्दा उद्योगी र माफियाको गर्ने गरेको समेत उनले आरोप लगाएका थिए ।