
नवलपरासी,१६ भदौ
जिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र कृषि क्षेत्र सुधार गरि आधुनिक कृषि प्रणाली विस्तार गर्नका लागि विज्ञ सहितको कार्यदल गठन गरेको छ । कृषि शाखासँग समन्व गरि नगरक्षेत्र भित्रको कृषि क्षेत्रको सम्भाब्यता अध्ययन गरि दिगो कृषि विकास गर्ने उदेश्यले नगरपालिकाले सो कार्यदल गठन गरेको हो ।
कार्यदलको संयोजकमा कृषि विज्ञको रुपमा हलै लुम्बिनी प्रदेश सरकारको बाली विज्ञान अन्वेषण प्रयोगशाला नेपालगँजमा कार्यरत कृषि विज्ञ देवेश कुमार मिश्रले राजीनामा गरि अवकास लिए पछि उनलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवले बताए । लुम्बिनी प्रदेश भित्र विभिन्न जिल्लामा कृषि ज्ञान केन्द्रको प्रमुख भई मिश्रले पछिल्लो समय अनुसंधान केन्द्र प्रमुख भएर गएका थिए । पछि उनी स्वेक्षिक अवकास लिई स्वतन्त्र भए पछि उनलाई नगरपालिकाले नगरक्षेत्र भित्रको कृषि सम्बन्धित योजना बनाई काम गर्ने उदेश्यले जिम्मेवारी दिइएको छ । नगरपालिकाको कानुन अनुसार सेवा सुविधा पाउने गरि मिश्रलाई मनोनयन गरिएको नगरपालिकाले जानकारी गराएको छ । सो कार्यदलमा अन्य कृषि क्षेत्रका प्राविधिक तथा वार्डअध्यक्षहरु समेत रहेका छन् । कृषि शाखा प्रमुखलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
आफुलाई नगरपालिकाले विज्ञ संयोजकको रुपमा नगरपालिकाले छनौट गरेकोमा नगरपालिका प्रति आभार ब्यतm गर्दै संयोजक मिश्रले नगरक्षेत्र भित्रका अगुवा किसान तथा अन्य सरोकारवालासँग परामर्श गरि योजना बनाईने बताए । यसमा सबैको सहयोग आवश्यक रहेको छ,उनले भने विज्ञले अवधारणा ल्याउने हो,तर त्यसको सहि ढंगले कार्यान्वयन गर्न गराउन अन्य सबै पक्षको उत्तरदायित्व उत्तिकै हुन्छ । उनले परम्परागत कृषि देखी नवप्रवर्तन खालका योजना पनि बनाउने लक्ष्य अनुसार नै कार्यदलले काम गर्ने छ । नगरपालिका भित्र एक एग्रो पार्कको रुपमा विकास गर्ने गरि योजनामा समावेश गरिने उनको भनाई थियो ।