सुस्ता गाउपालिका चिस्यान केन्द्र सञ्चालनमा ल्याउन असक्षमता देखाएको आरोप
नवलपरासी,३ भदौजिल्लाको सुस्ता स्थित बनेको चिस्यान केन्द्र(कोल्ड स्टोर) भवनको निर्माण कार्य सम्पन्न भए पनि सञ्चालनमा ल्याउन गाउपालिका असक्षम देखिएको छ । स्थानिय किसानलाई राहत पुर्याउने महत्वपुर्ण योजना भए पनि गाउपालिका प्रशासनले सञ्चालन गर्न असक्षम देखिएको स्थानियले आरोप समेत लगाएका हुन् ।गाँउपालिकाले सरोकारवाला सघंस्थासँग पनि पहल गर्न सकेको छैन्,स्थानिय केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादवले भने,अहिलेसम्म चिस्यान केन्द्र सञ्चालनमा असक्षम देखिएको छ । यसबारे आफुहरु पटक पटक गाउपालिकालाई जानकारी गराइएको छ,तर गाउपालिकालाई सञ्चालनमा चाँसो पनि छैन,सक्षमता पनि छैन् । जिल्ला सहकारी संघले निर्माण गरेको सुनवल स्थित चिस्यान केन्द्र सञ्चालनमा आई सक्यो,उनले थपे, तर सँगै निर्माण भइ सकेको सुस्ता चिस्यान केन्द्र अहिलेसम्म सञ्चालनमा आउन सकेन् । यसलाई गाउपालिकाको असक्षमता नै भनिन्छ ।गाउपालिका नेतृत्व...










