Tag: Dhanpat Yadav

रामग्रामले सार्वजनिक जग्गा संरक्षण बोर्ड गाड्न शुभारम्भ गर्यो
रामग्राम नगरपालिका, समाचार

रामग्रामले सार्वजनिक जग्गा संरक्षण बोर्ड गाड्न शुभारम्भ गर्यो

नवलपरासी,१७ भदौजिल्लाको रामग्राम नगरपालिकाले सार्वजनिक जग्गाको खोज गरि होर्डिगँ बोर्ड राख्ने कार्य प्रारम्भ गरेको छ । नगरप्रमुख (मेयर) धनपत यादव सहित नगरपालिकाको टोलीले सो होर्डिगँबोर्ड राख्ने कार्य शुभारम्भ गरेको हो ।केही समय ढिलो भए पनि शुक्रवार देखी सार्वजनिक जग्गाको खोजमा नगरप्रमुख धनपत यादव,उपप्रमुख सम्झना चौधरी,वार्डअध्यक्षद्धय रुद्र उपाध्याय र रामवृक्ष यादव,इन्जिनियर सतिस गुप्ता र नापीशाखाका कर्मचारी लगायतको टोली लागेको थियो । रामग्राम नगरपालिको विभिन्न स्थानमा रहेका स्थित सार्वजनिक जग्गा संरक्षण गर्ने उदेश्यले रामग्राम १ स्थित सिद्धार्थ टोलमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको पछाडी रामखण्डा खोला नजिकैको जग्गामाम टोलीले पहिलो होर्डिगँ बोर्ड लगाएको छ । यो जग्गा सरकारको हो । यसको संरक्षण गर्नु नेपाली नागरिकको संवैधानिक कर्तब्य हो । जग्गा विवरणमा जग्गाको प्रकृति सरकारी,साविक गाविस...
दुई नगरप्रमुखले सारेको काम पालिकाकै आन्तरिक कारणले अलपत्र
रामग्राम नगरपालिका, समाचार, सुनवल नगरपालिका

दुई नगरप्रमुखले सारेको काम पालिकाकै आन्तरिक कारणले अलपत्र

नवलपरासी,१६ भदौजिल्लाको दुई नगरपालिकाका नगरप्रमुखले सारेका दुई काममा आन्तरिक र बाह्य सहयोग नभए पछि ति कामहरु अलपत्र परेका हुन् । रामग्राम नगरपालिकाका भित्रका सार्वजनिक जग्गाको रेखाँकन गरि सार्वजनिक गर्ने योजना र सुनवल नगरपालिकाको खोलाबाट चोरी निकासी गरि राखिएको खोलाजन्य समाग्रि वेवारिसे घोषणा गर्ने कार्य जनप्रतिनिधिकै कारण अलपत्र परेको हो ।दुबै नगरपालिकाका नगरप्रमुखहरु आफ्नो अडानमा भए पनि नगरपालिकाकै केही जनप्रतिनिधिहरु असहयोग गर्दै गर्दा योजना अलपत्र परेको नगरप्रमुखहरुका निकटका ब्यतिmहरुले बताएका छन् । सुनवल नगरपालिकाले महिना दिन पहिला नगरप्रमुख बिमला अर्यालले खोलाको अनुगमन गरेकी थिईन् । खोला अनुगमनको क्रममा थुप्रै स्थानमा खोलाजन्य समाग्री चोरी गरि विभिन्न ब्यतिm र फर्मले जम्मा गरेको फेला परेको थियो । खोलाका अनुगमन नगर्न उनलाई खोला माफियाबाट थ्रेट समेत आएको थियो । तत्पश्चात नगरपालिकाको अन...
रामग्राम(बाईपास) चोक मन्झरियाचोकसम्मको ६ लैनको सडक निर्माण कार्य शुरु
रामग्राम नगरपालिका, समाचार

रामग्राम(बाईपास) चोक मन्झरियाचोकसम्मको ६ लैनको सडक निर्माण कार्य शुरु

नवलपरासी,१६ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भए पश्चात तत्कालै काम शुरु गरेको हो ।सडकको अवस्थामा सम्बन्धि प्राविधिकहरुले बुधवार रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादव र सम्बन्धित वार्डका वार्ड अध्यक्ष रामवृक्ष यादव सहित स्थलगत गरि सडक स्तरोन्नतीबारे जानकारी आदान प्रदान गरेका थिए । भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही छन् । रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पन...
धुलोमुक्त नगर बनाउन रामग्राम नगरपालिकाले शुभारम्भ गर्यो साप्ताहिक सफाई अभियान
रामग्राम नगरपालिका, समाचार

धुलोमुक्त नगर बनाउन रामग्राम नगरपालिकाले शुभारम्भ गर्यो साप्ताहिक सफाई अभियान

नवलपरासी,११ भदौ, रामग्राम नगरपालिकाले परासी बजारलाई सप्ताहिक रुपमा अभियानमुखी सरसफाईको शुभारम्भ गरेको छ । नेपाली सेना,प्रहरी स्थानिय संघसस्थाको समन्वयमा शनिवार बजार सफाई गरि सो अभियान शुरु गरिएको नगरपालिकाका नगरप्रमुख धनपत यादवले जानकारी गराएका हुन् । प्रत्येक शनिवारलाई अभियानमुखी तरिकाले परासीबजारलाई सफाई गरिने छ । दैनिक फोहोर उठाउने कार्य नगरपालिकाले गराउदै आए पनि बजारको सडक लगायत अन्य सार्वजनिक स्थलहरुको सफाई अभियान साप्ताहिक रुपमा गर्दै लैजाने लक्ष्य अनुसार कार्यक्रमको शुभारम्भ गरिएको हो । यस अभियानमा नेपाली सेना र नेपाल प्रहरीको सहयोग रहने छ,उनले भने, यसमा स्थानिय संघसस्था समेतको सहभागिता हुन्छ । स्थानिय नगारिकहरु आफै पनि यो अभियानमा सरिक हुन सक्छन् । यसले सामुहिक रुपमा सफाई गर्ने र सफा स्वच्छ नगर राख्न सन्देश प्रभाव गर्ने छ । यसको सिको नगरपालिका क्षेत्र भित्रका पटखौली,उजैनी,मं...
रामग्राम नगरपालिकाको आफ्नै अस्पताल खोल्ने
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाको आफ्नै अस्पताल खोल्ने

नवलपरासी,८ भदौजिल्लाको रामग्राम नगरपालिकाले आफ्नै अस्पताल बनाउने योजना अगाडी सारेको छ । सदरमुकाम परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालले नगरपालिकासँग गर्ने समन्वय,उत्तरदायित्व र सुचना प्रणालीमा समेत गैरजिम्मेवारीपुर्ण काय गर्ने भएकोले नगरपालिकाले आफ्नै अस्पताल खोल्ने योजना बनाउन थालेको हो ।बेला बेला नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुले अस्पतालको कार्यशैली प्रति असन्तुष्टि ब्यतm गर्दै आएको थियो । बुधवार पनि नगरपालिकामा आयोजित पालिका स्तरिय आब २०७८/०८९ को पोषण कार्यक्रमको समिक्षा कार्यक्रममा उपस्थित स्वास्थ्य सस्थाकाका स्वास्थ्यकर्मीहरुले अस्पतालको कार्यशैली प्रति असन्तुष्टि ब्यत गरेका थिए । स्वास्थ्य संस्थाहरुले रिफर गरेका विरामीलाई वेवास्ता गर्ने र नगरपालिकालाई अस्पतालले गर्ने स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(एचएमआईएस) मा रिपोर्टिगँ नगरिदिने,डाटा भरेर नपाईदिने गर्दा नगरपालिकाको स्...
रामग्राम (बाईपास) चोकदेखि मन्झरियाचोकसम्मको ६ लैनको सडक टेण्डर स्वीकृत हुदा स्थानिय उत्साही
रामग्राम नगरपालिका, समाचार

रामग्राम (बाईपास) चोकदेखि मन्झरियाचोकसम्मको ६ लैनको सडक टेण्डर स्वीकृत हुदा स्थानिय उत्साही

नवलपरासी,५ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती हुने भए पछि स्थानिय ब्यवसायि खुशी भएका छन् । भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही भएका हुन् ।रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पनि स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको काम हुने भए पछि बाईपास सडकका ब्यवसायि उत्साही भएको स्थानिय शिवनारायण यादवले बताए । जिल्ला सदरमुकाम विकास कार्यक्रम अन्तरगत परासीको बुद्धचोक देखी निलोगेट र झरही देखी मन्झरियासम्मको सडक स्तरोन्नती हुने क्रममा छ । सो कार्यक्रम नगरपालिकाको विभिन्न...
रामग्राम नगरपालिकाले बनायो बजेट कार्यान्वयन क्यालेण्डर
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले बनायो बजेट कार्यान्वयन क्यालेण्डर

नवलपरासी,२ साउनजिल्लाको रामग्रामन नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को बजेट चैत्र भित्र नै खर्च गरिसक्नु पर्ने गरि नगरपालिकाले कार्यायोजना निर्माण गरेको छ । नगरपालिकाले बनाएको उतm कार्ययोजना योजना क्यालेण्डरको रुपमा प्रकाशित समेत गरेको हो ।गत साता नगरपालिकाका नगरप्रमुख धनपत यादवले कार्यायोजना बनाउन माग गरे पनि प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले सबै शाखाहरुलाई अ आफ्नो कार्ययोजना बनाउन निर्देशन दिएका थिए । विगतका बर्षहरुमा ढिलो गरि योजना सम्झौता गर्ने,कार्यान्वयनमा ढिलाई गर्ने गर्दा बजेट खर्ज नहुने हुदा फ्रिज र अल्या गराई आर्को बर्षमा सार्ने पद्यतीको अन्य गर्ने गरि योजना बनाउन शाखाहरुलाई निर्देशन गरेको थियो । नगरपालिकाका विभिन्न शाखाहरुमा कर्मचारी तर बेलामा काम नगरिदिदा आन्तरिक आयको रकम अन्या भएर जाने र सशर्त बजेट फ्रिज हुने अवस्था देखिएको हुदा त्यो अवस्था फेरी नहोस भनेर खर्चका े...
रामग्राम नगरपालिकामा विद्यालय अनुगमन निरन्तरः मेयरले खाए विद्यार्थीले खाने खाजा
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकामा विद्यालय अनुगमन निरन्तरः मेयरले खाए विद्यार्थीले खाने खाजा

नवलपरासी,२५ साउननगरक्षेत्रका विद्यालयमा रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर)ले थालेको अनुगमन कार्यलाई निरन्तरता दिदै बुधवार पनि तिनवटा विद्यालयको अनुगमन गरेका हुन् । मेयर धनपत यादव र नगरशिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी र सम्बन्धित वार्डअध्यक्षलाई साथमा लिएर अनुगमनलाई निरन्तरता दिएका हुन् ।शिक्षाको बेथिती सुधारका लागि सबै विद्यालयमा एक पटक संयुत्त रुपमा पुग्नै पर्ने आवश्यकता औल्याउदै मेयर यादवले अनुगमन पुर्व सुचना विना नै विद्यालयमा पुग्ने गरेका छन् । अनुगमनको क्रममा विद्यालयमा सरकारले दिदै आएको खाजाको गुणस्तर समेत हेर्ने,सरसफाई,पुर्वाधार वातावरणको विषयमा अहिले सुचना लिइने गरेका छन् । जनता आधारभुत विद्यालयमा पुगेर उनले विद्यार्थीले खाने गरेको खाँजा समेत चाख्दै भने, यस्तो खाँजा नखुवाउनुस । खाँजामा भुजा र पस्ता बनाइएको थियो । कतिपयमा जंकफुड नै पाइएको थियो । विद्यार्थी संख्या अति नै कम भएको ...
रामग्राममा विद्यालय अनुगमन : नमुना विद्यालयकै ब्यवस्थापकिय अवस्था नाजुक
रामग्राम नगरपालिका, समाचार

रामग्राममा विद्यालय अनुगमन : नमुना विद्यालयकै ब्यवस्थापकिय अवस्था नाजुक

नवलपरासी,२४ साउनजिल्लाको रामग्राम नगरपालिकाको शैक्षिक गुणस्तर खस्किने कारणको खोजी नीति भईरहेकै बेला नगरको नमुना विद्यालयको ब्यवस्थाकिय अवस्था नाजुक देखिएको छ । सदरमुकाम परासीको बजारमै रहेको आदर्शन नमुना विद्यालयको सरसफाई,सौचालयको दुगनर््िधत अवस्थाले ब्यववस्थापकिय कार्य लाजमर्दो देखिएको हो ।नमुना विद्यालय भनेको बाहिरबाट नमुना हेर्न आउने विद्यालयको रुपमा हेर्ने गरिन्छ,तर हेर्न लायक समान्य बाहिरी ब्यवस्थापन नै देखिएन् । आँखाले हेर्न नमिल्ने अभौतिक कुरा त पर जाओस,भौतिक आँखाले हेर्न सक्ने कुनै लायक उपलब्धी देखिएन् । सोमवार नगरप्रमुख (मेयर)धनपत यादव,उपप्रमुख(उपमेयर) सम्झना चौधरी र नगरशिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी सहितको अनुगमन एक्कासी विद्यालयमा पुगे पछि अस्तब्यस्त रहेको विद्यालयको त्यस्तो अवस्था देखिएको हो । मेयर यादवले शैक्षिक गतिविधि भन्दा पहिला सौचालयमा पसेका थिए । त्यहा पानी जम्मा भएको...
बैठक बाहेक नगरपालिका कार्यालयमा प्रधानध्यापक आउन नपाउने
रामग्राम नगरपालिका, समाचार

बैठक बाहेक नगरपालिका कार्यालयमा प्रधानध्यापक आउन नपाउने

नवलपरासी,२१ साउनविभिन्न सुधारका अभियान चलाउदै आएको जिल्लाको रामग्राम नगरपालिकाले नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई प्रअ बैठक बाहेक नगरकार्यपालिकामा नआउन निर्देशन जारी गरेको छ । नगरपालिका कार्यालयमा विभिन्न काम भनेर आउदा विद्यालयमा बेथिती बढेको ठहर गर्दै नगरपालिकाले सो निर्देशन जारी गरेको हो ।मदरसा लगायतका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई प्रअ बैठक बाहेकका दिन नगरपालिका कार्यालय परिसरमा देखिन नहुने परिपत्र समेत गरिएको नगरपालिकाका मेयर धनपत यादवले जानकारी गराए । शिक्षा शाखालाई प्रअको बैठक बाहेक नगरपारिसरमा देखिनु हुदैन भनेर निर्देशन दिएको उनले बताए । विद्यालयका प्रधानाध्यापकहरु विद्यालयका प्रमुख हुन्,उनले भने,विद्यालय (कार्यालय)मा प्रमुख नै नभए पछि अन्य शिक्षक कर्मचारी पनि मनपरी जथाभागी घुम्ने गरेको देखिए पछि विद्यालयमा नआउन निर्देशन गरिएको हो । शिक्षकलाई कार्यापालिक...