नवलपरासी,२४ साउन
जिल्लाको रामग्राम नगरपालिकाको शैक्षिक गुणस्तर खस्किने कारणको खोजी नीति भईरहेकै बेला नगरको नमुना विद्यालयको ब्यवस्थाकिय अवस्था नाजुक देखिएको छ । सदरमुकाम परासीको बजारमै रहेको आदर्शन नमुना विद्यालयको सरसफाई,सौचालयको दुगनर््िधत अवस्थाले ब्यववस्थापकिय कार्य लाजमर्दो देखिएको हो ।
नमुना विद्यालय भनेको बाहिरबाट नमुना हेर्न आउने विद्यालयको रुपमा हेर्ने गरिन्छ,तर हेर्न लायक समान्य बाहिरी ब्यवस्थापन नै देखिएन् । आँखाले हेर्न नमिल्ने अभौतिक कुरा त पर जाओस,भौतिक आँखाले हेर्न सक्ने कुनै लायक उपलब्धी देखिएन् । सोमवार नगरप्रमुख (मेयर)धनपत यादव,उपप्रमुख(उपमेयर) सम्झना चौधरी र नगरशिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी सहितको अनुगमन एक्कासी विद्यालयमा पुगे पछि अस्तब्यस्त रहेको विद्यालयको त्यस्तो अवस्था देखिएको हो । मेयर यादवले शैक्षिक गतिविधि भन्दा पहिला सौचालयमा पसेका थिए । त्यहा पानी जम्मा भएको,बेसिनको पाईप फुटेर पानी पोखिने अवस्था देखिएको थियो ।
छात्र र छात्रा सौचालयको दुबै किनारमा फोहर जम्मा गरिएको भाडो राखिएको थियो । बालविकासको कक्षा नजिकै बाहिर नै सौचालयको दुर्गन्धले अनुगमनकर्ता नै नाक थुनेर हिडेका थिए । सायद बालविकास केन्द्रलाई त्यस्तो स्थानमा किन राखिएको होला ? अनुमान गर्दा माथिल्लो कक्षाका बालबालिकाले त्यो दुर्गन्धबारे गुनासो पनि गर्न सक्छन,तर अबोध शिशुहरु त्यसी दुर्गन्धित अवस्था सहेर बस्न बाध्य भएको देखियो । सौचालय मात्रै नभई कक्षा कोठाको अवस्था हेर्दा महिनौ देखी कुचो लगाएको हुन सक्ने देखिएको थियो । केही कक्षा कोठामा फोहोरको थुप्रो लुकाईएर राखिएको थियो । विद्यालयको वातावरणिय सरसफाई प्रति विद्यालय पुरै गैरजिम्मेवार जस्तै देखिएको मेयर यादवले बताए ।
विद्यालयको पठनपाठनबारे अनुगमन र सोधपुछ गर्न नगरशिक्षा अधिकारीलाई लगाउदै मेयर यादवको ध्याना नै विद्यालयको फोहर,दुर्गन्धित सौचालय,जथाभावि फालिएको डेस्क बेन्च तर्फ थियो । जस्का लागि कुनै आर्थिक आवश्यकता भने होईन,तर विद्यालयका शिक्षक,प्रधानाध्यापक र ब्यवस्थापन समितिको यस्तो नालायकीपन कहिले सध्रिएला भन्नेमा उनले चिन्ता ब्यतm गरेका थिए । साधनस्रोतको अभाव नहुने विद्यालयको यस्तो अवस्था देखियो,उनले भने, विद्यालयको गुणस्तरबारे त अहिले सोच्ने अवस्थै देखिएन् । ६/६ घण्टा त्यही विद्यालयमा विताउने शिक्षकले सरसफाई गराउन सक्दैनन भने सरसफाईका पाठ कसरी पठाउछन ? त्यो विचारणिय विषय छ । सरसफाईको अवस्थाले नै लज्जित बनाएको उनले महशुस गरे । तर पनि शिक्षक प्रधानाध्यापकले विद्यालय सरसफाईको अवस्था आफ्नै आँखा अगाडी हेर्दा हेर्दै पनि महशुस गर्ने र आत्मबोध गरि प्रतिवद्धता जनाउनु भन्दा सफाई पेश गर्नमा पछाडी परेनन् ।
सरसफाई त एउटा पक्ष थियो,स साना बालबालिकाका लागि सरकारले दिदै आएको खाजा खाए पछि बालबालिकालाई आफै भाडो माझ्न लगाउने गरेको बालबालिकाहरुले उपमेयर चौधरीलाई सुनाएका थिए । स साना बालबालिका माथि यस्तो गैरजिम्मेवार विद्यालय ब्यवस्थापन होला भनेर लागेको थिएन्,तर त्यस्तै भेटिएको कुरा उनले सुनाईन् । विद्यालयमै रहेको दृष्टिविहिन कक्षको ब्यवस्थापन समेत कमजोर देखिएको थियो,प्रधानाध्यापक अरविन्द कुमार पाठकलाई नगरशिक्षा अधिकारी रेग्मीले यसको लागि छुट्टै एक लाख रुपिया विनियोजन गरिएको थियो,किन काम भएन भनेर प्रश्न गरेका थिए । जिल्लाकै जेठो त्यसमा पनि नमुना विद्यालयको यो बेथितीले नै नगरको समग्र शिक्षाको अवस्था चित्रण गरेको देखिएको छ ।
अनुगमनकै क्रममा कक्षा थपका लागि आवेदन दिएको हरिशुशिल प्राविको अवस्था समेत केही तात्विक भिन्नता पाइएन ् । कुनै कक्षामा ८ कुनैमा १० जना विद्यार्थी देखिएको उतm विद्यालयका शिशिक्षहरुसँग विद्यार्थीको संख्या सोध्दा थाहा नभएको बताए । एउटा शिक्षिकाले आफु पढाउने कक्षाको विद्यार्थी कति हो ? कति आए कति आएन भने यकिन गर्न सक्दैनन भने शिक्षण कसरी गरेर होलान ? कि यसमा कुनै रहस्य भएको हुनु पर्ने मेयर यादवको भनाई थियो । विद्यार्थी बढाउन नसक्ने तर कक्षा थप्न माग गर्ने भित्रको पनि रहस्य के होला ? उनले प्रतिकृया दिए । विद्यालयको सरसफाईको अस्वस्था पनि कक्षामा फोहर काजगका टुक्राहरु जथाभावि देखिएका थिए । सौचालय नजिकै हिलाम्य रहेको अवस्था थियो । सौचालयबाट दुर्गन्ध बाहिर आईरहेको थियो ।
अनुगमनकै क्रममा रामग्राम १० स्थित जनता मावि विद्यालयमा पुग्दा एक जना शिक्षक कक्षामा कुर्सि राखेर निदाउदै गरेका अवस्थामा भेटिए । नगरशिक्षा अधिकारीले बोलाउदा पनि नब्युझिने उतm शिक्षकलाई विद्यार्थीले कराएर हल्ला गर्न थाले पछि ब्यझिएका थिए । सफाई पेश गर्दै उनले आज मात्र चक्कर आएर यसरी कुर्चिमा बसेको सुनाए पछि बालबालिकाहरुले आफ्नै स्थानिय भाषामा ‘नाई रोज रोज’ भनेको हरेक दिन यस्तै बसेर निदाउनु हुन्छ भने पछि चुप लागेका थिए । विद्यालयको फोहर सरसफाईको अवस्था पनि नमुना विद्यालय झै फोहरले भरिएको कक्षा कोठा पनि थियो । रोचक कुरा त के आईसिटी कक्षा चलेको दाबी शिक्षक र प्रअले गरे पनि आईसिटी कक्षामा मेयर,उपमेयर शिक्षा अधिकारी पस्दा आर्कै आश्चर्य देखे । कक्षा कोठा भरि बारुलाका छाताले भरिएको थियो । धुलाम्य भएको कम्प्युटरहरुको अवस्थाले मेयर यादवलाई आक्रोसित नै बनायो । आईसिटी नचलाउने हो,भने नगरपालिका फिर्ता गर्नुस चालाउने विद्यालयलाई बरु नगरपालिकाले दिन्छ,उनले आक्रोस ब्यतm गर्दै भने, साधनस्रोतको उपयोग छैन भने किन किनेर थुपार्नु हुन्छ ? फिर्ता गरिदिनुस । कक्षाका विद्यार्थीहरुले पनि आफुहरु कम्प्युटर कक्षामा पढे पछि चलाउन नपाएको प्रतिकृया दिएका थिए ।
अनुगमनको क्रममा विद्यालयको अस्तब्यवस्ताले मेयरलाई निरास बनाए पनि उनले चालेको कदमको पहिलो विन्दुमा उनले चित्त पनि बुझाए, । जे होस विद्यालयमा प्रधानाध्यापकहरु बस्दैनन भनेर जुन हिजोको चलन थियो,त्यसमा नगरपालिकाले बैठक बाहेक अन्य दिन नगरपालिका परिसरमा देखिनु हुदैन भनेर गरेको काम अनुसार तिन वटै विद्यालयका प्रधानाध्यापकहरु विद्यालयमै भेटिएका थिए । प्रधानाध्यापकहरु बसेका कारण अन्य शिक्षकहरु पनि विद्यालयमै भेटिएका थिए । यसमा चित्त बुझाउनु पर्छ,मेयर यादवले भने, अगामी दिनमा ति विद्यालयका बेथिती हट्नेमा हामी विश्वास लिएका छौ । अनुगमन निरन्तर भईरहन्छ । सम्बन्धित वार्ड अध्यक्षहरुले पनि साताको समय मिलाई दुई चार पटक विद्यालय जान उनले सुझाव पनि दिए । पहिला सहयोग गर्ने,अटेरी गरे लेखेर समेत पठाउन उनले वार्डअध्यक्षहरुलाई सुझाएका थिए ।