Health Advertisement

बैठक बाहेक नगरपालिका कार्यालयमा प्रधानध्यापक आउन नपाउने

नवलपरासी,२१ साउन
विभिन्न सुधारका अभियान चलाउदै आएको जिल्लाको रामग्राम नगरपालिकाले नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई प्रअ बैठक बाहेक नगरकार्यपालिकामा नआउन निर्देशन जारी गरेको छ । नगरपालिका कार्यालयमा विभिन्न काम भनेर आउदा विद्यालयमा बेथिती बढेको ठहर गर्दै नगरपालिकाले सो निर्देशन जारी गरेको हो ।
मदरसा लगायतका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई प्रअ बैठक बाहेकका दिन नगरपालिका कार्यालय परिसरमा देखिन नहुने परिपत्र समेत गरिएको नगरपालिकाका मेयर धनपत यादवले जानकारी गराए । शिक्षा शाखालाई प्रअको बैठक बाहेक नगरपारिसरमा देखिनु हुदैन भनेर निर्देशन दिएको उनले बताए । विद्यालयका प्रधानाध्यापकहरु विद्यालयका प्रमुख हुन्,उनले भने,विद्यालय (कार्यालय)मा प्रमुख नै नभए पछि अन्य शिक्षक कर्मचारी पनि मनपरी जथाभागी घुम्ने गरेको देखिए पछि विद्यालयमा नआउन निर्देशन गरिएको हो । शिक्षकलाई कार्यापालिका कार्यालयमा नआउनु भनेको प्रतिबन्ध लगाईएको भने होईन्,उनले थपे,तर कतिपय प्रधानाध्यापक विना काम पनि कार्यालय आउने गरेका छन् । कपितयले कार्यालय जाने बहानामा अन्य काममा हिड्ने गरेका छन् । कतिपयले ब्यतिmगत काममा समेत जाने गरेको भेटिएको थियो । विद्यालयका शिक्षक कर्मचारीले प्रधानाध्यापक नगरपालिका कार्यालय गएको सुनाउने तर नगरपालिका नआएको पनि भेटिएका थिए ।
स–सानो कार्यको बहाना पनि प्रधानाध्यापकले विद्यालय छाड्दा विद्यालयमा बेथिती बढेको पाइएको छ । प्रधानाध्यापकहरु प्रअ बैठक बाहेक नगरपालिका कार्यालयमा जान नपाउने प्रावधान शिक्षा क्षेत्रमा सुधारको सुभारम्भ भएको सरसस्वती माविका प्रधानाध्यापक दयानन्द चौधरीले बताए । यस्तो निर्णय स्वागत योग्य छ, उनले भने, सबै प्रधानाध्यापकले यसको पालना गर्नु पर्छ । प्रधानाध्यापकहरु कार्यालय जाने बाहनामा सरदमुकाम बजार आउने उता विद्यालय लथालिगँ हुने अवस्था साच्चिकै थियो । अब अभिभावक तथा अन्य ब्यतिmले विद्यालयमा जादा प्रधानाध्यापक भेटिनु पर्छ,होईन भने विदामा बसेको हो भने निमित्त चलाउने सहायक प्रधानाध्यापक वा शिक्षक विद्यालय प्रति जवाफदेही हुनेछन् । कार्यालय जाने बहानामा विद्यालयमा कसैलाई निमित्त पनि नदिईने विद्यालयमा पनि जिम्मेवार ब्यतिm नहुने हुदा समस्याहरु आउने गरेको थियो । नगरपालिकाको यस्तो निर्देशनले शिक्षा सुधारमा पक्कै परिवर्तन आउनेमा उनले विश्वास ब्यतm गरे । कतिपय प्रधानाध्यापक कार्यालय जाने बहानामा नातेदार भेट्न जाने,निम्तो खान जाने,अन्य पेशा ब्यवसायका काम गर्ने गरेका थिए । यस्तो निर्देशनले अब प्रधानाध्यापक जिम्मेवार हुने अवस्था आएको देखियो ।
अन्य शिक्षक पनि प्रअ नभएको अवसर छोपी आफ्नो घरको ब्यतिmगत काममा जाने गरेको देखिएको थियो । विद्यालयका प्रमुख नै नभए पछि अन्य शिक्षक कर्मचारी गैरजिम्मेवारी पुर्वक काम गर्ने गरेका छन् । विद्यालयका बालबालिका पनि पठनपाठन कार्य भन्दा मनपरी घुम्ने,भाग्ने अवस्था पनि छ । यसले विद्यालयको गुणस्तरिय शिक्षालाई प्रभावित पार्ने गरेको छ । अहिलेको कक्षा ८ र एसईई परिक्षाको परिणाम हेर्दा लाजमर्दो अवस्था छ । त्यो भएर अहिले विद्यालय सुधारका योजना पनि अगाडी बढाउने उनको भनाई थियो । सरकारी सेवा सुविधा लिएर जनता प्रति वेईमानी गर्न छुट कसैलाई छैन्,उनले भने,कर्मचारी पदाधिकारीले पाउने तलब सुविधा तिनै जनताको करले आउछ । जनता प्रति इमानदार भएर काम गर्नु सबैको दायित्व हो । गर्न सकिदैन भने जिम्मेवारी छाड्न सबैलाई छुट छ । कि काम गर्नु पर्छ,कि स्थान खाली गरिदिनु पर्छ अन्य धेरै बेरोजगार युवा त्यतीकै घुम्दै छन् । उनीहरुले अवसर पाउने छन् ।
शिक्षाको गुणस्तर बढाउनमा प्रधानाध्यापकको ठूलो भुमिका हुन्छ । अब सबै विद्यालयमा समय मिलाएर मेयर उपमेयर आफै पुुग्ने छन् । विद्यालयको समस्या त्यही राख्नका लागि विद्यालयका प्रधानाध्यापकले लिखित रुपमा तयारी गर्नु पर्छ । अतिआवश्यक काम परेमा विद्यालयका कर्मचारी वा अन्य शिक्षकलाई तोकेर पठाउनु पर्छ । प्रकृयाबारे शिक्षा शाखाका कर्मचारीले सिकाउछन, मेयर यादवले भने,विद्यालयका प्रअ कार्यालय धाउनु भन्दा शिक्षा शाखाका कर्मचारी विद्यालयको समस्या हल गर्न विद्यालयमै पुग्ने ब्यवस्था नगरपालिकाले मिलाउछ,तर प्रधानाध्यापकहरुले अ आफ्नो विद्यालयमै बसेर काम गर्नु पर्छ । विद्यालयको सुधारका योजना प्रधानाध्यापकले बनाउनु पर्छ ।
ति सुधारकार्यका लागि कार्ययोजना समेत बनाउनु पर्ने हाम्रो मान्यता छ । आवश्यक रकम र समाग्रि पुर्याउने ब्यवस्था मिलाउने नगरपालिकाको दायित्व हुनेछ । प्रधानाध्यापकले कक्षा शिक्षकलाई कक्षाको योजना बनाउन लगाउनु पर्छ,शिक्षण गर्ने विषयगत शिक्षकहरुले अ आफ्नो पढाउने पाठ योजना पनि बनाउनु पर्छ । पाठ योजना अनुसार पढाई भयो कि भएन,त्यसको प्रगति कक्षा शिक्षकले राख्नु पर्ने,त्यसको लागि चेकलिष्ट बनाउनु पर्ने हुन्छ । कक्षा शिक्षकको कक्षा योजनाको चेक लिष्ट प्रधानाध्यापकले बनाउनु पर्छ र त्यसको अनुगमन र प्रतिवेदन बनाउनु पर्छ । विद्यालयको योजनाको चेकलिष्ट शिक्षा शाखाका कर्मचारीले चेकलिष्ट बनाई अनुगमन र प्रतिवेदन बनाउनु पर्छ । सबै शाखाको अनुगमन,प्रतिवेदन मासिक रुपमा नगरकार्यपालिकामा शाखा प्रमुखहरुले प्रस्तुत गर्नु पर्ने गरि योजना अगाडी सारिएको मेयर यादवले जनाए ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *