
नवलपरासी,१५ बैशाख
जिल्लाको रामग्राम नगरपालिकाले बनाउन लागेको रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । रामग्राम स्तुपा तथा राजधानी रामग्राम सहित प्राचिन कोलिय गणराज्यसँग सम्बन्धित बौद्ध स्थलहरुको एकिकृत रुपमा विकास गर्ने उदेश्यले बनाउन लागिएको विकास समिति सम्बन्धि ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको र एक दुई साता भित्रै त्यसलाई विधेयकको स्वरुप दिईने जानकारी गराएको हो ।
गत बर्ष नै रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर) लगायतका अन्य प्राचिन नगर तथा बौद्ध स्थलहरुको विकास गर्नका लागि रामग्रामा विकास कोष वा विकास समिति गठन गर्ने निर्णय गरेको थियो । अहिले त्यसबारे क्रमशः चरणबद्ध रुपमा काम गर्दै गठनका लागि ऐन बनाउनु पर्ने र सो ऐनका मस्यौदाहरु बनाउने कार्य भई रहेको र अन्तिम चरणमा पुगेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए ।
आउने नगरसभा अगाडी नै सबै सरोकारवालाहरुसँग छलफल गरि विधेयकको स्वरुप दिईने काम हुन्छ,उनले भने,सो विधेयक यसै बजेट अधिवेशनकै बेला विधेयकको रुपमा प्रस्तुत गरिने छ । तत्पश्चात सो विधेयक कानुनको रुप पाउने हुन्छ । सो कानुन अनुसार नै विकास समितिको गठन,निदेशक समितिको गठन,कर्मचारी नियुतिm प्रकृया जस्ता कार्यहरु अगामी आर्थिक बर्ष भित्रै पुरा गर्न सकिने गरि काम भई रहेको छ । रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यका बौद्ध स्थलहरु नेपाल मात्रै नभई विश्व सम्पदाको रुपमा रहेको हुदा ति क्षेत्रको विकासका लागि धेरै पक्षसँग छलफल गर्दै सुक्ष्म रुपमा काम गर्नु पर्ने भएकोले केही ढिलाई भई रहेको भए चाडै नै रामग्राम क्षेत्र विकास समितिले मुर्त रुप पाउने छ ।
सो ऐनको मस्यौदामा राष्ट्रिय अन्तराष्र्टि«य पहिचानका कुराहरु समेटिने,विभिन्न पक्ष र सरोकारवालासँग समन्वय र सहकार्यलाई समेटिने,नेपालकै तिन तहका सरकार तथा लुम्बिनी बौद्ध विश्वविद्यालय,स्थानियबासी तथा प्राचिन कोलिय गणरज्यसँगै जोडिएका जिल्ला भित्र तथा बाहिरी स्थानिय तहहरुसँग समेत समन्वय र सहकार्य गर्नु पर्ने हुदा सुझबुझका साथ सुक्ष्म अध्यन गरेर मात्र ऐन ल्याउनु पर्छ भन्ने मान्यताका साथ काम भई रहेको छ । यसमा धेरै पक्षबाट सहयोग समेत हुने भई रहेको छ,प्रमुख प्रशासकिय अधिकृत खड्काले भने,अघिल्लो नगरसभाले निर्णय गरेका कारण नगरसभाको निर्णय कार्यान्वयन गर्नु नगर कार्यपालिकाको पनि दायित्य हो ।
सोही अनुसार काम पनि भई रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लागेको हुदा नेपाल सरकारले सो क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोष गठन गरि काम थालेको थियो । तर सन १८९८ मा डा.डब्लु होयद्धारा पत्ता लगाइएको रामग्राम स्तुपाको विकासका लागि तत्कालिन श्री५को सरकार तथा नेपाल सरकारले पनि खासै काम नगर्दा स्थानियबासीबाट विगत डेढ दशक देखी छुट्टै समिति बनाई काम गर्नु पर्ने माग राख्दै आन्दोलनका कार्यक्रम पनि भएको थियो । अहिले नेपालमा तिन तहको सरकार रहेको अवस्थामा संघिय सरकार र प्रदेश सरकारले पनि खासै चाँसो नदेखाए पछि स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिकाले यस्तो सोचका साथ समिति गठनलाई कानुन बनाएर मुर्त रुप दिन खोजेको छ । स्थानिय तहको रुपमा रहेको स्थानिय सरकार रामग्राम नगरपालिकाको पहिलो कार्यकालका जनप्रतिनिधिले यि कार्य गर्नका लागि अलमलमै दिन विताए,तर पछिल्लो दोश्रो कार्यकालका जनप्रतिनिधिले पहिलै नगरसभामा रामग्राम बिकास समिति गठन गर्ने निर्णय गरेको थियो ।
जुन एक बर्ष भित्र यसको मस्यौदाले अन्तिम रुप पायो,रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले भने,अहिलेको नगरसभामा सो ऐन पास हुन्छ,कानुन बने पछि सोही कानुन अनुसारका कार्य अगाडी बढछ्, । लुम्बिनी विकास कोष र पुरातत्व विभागसँगै समन्वय गरि रामग्राम विकास समितिले काम गर्नेछ , ति निकायबाट विकास र प्रवद्र्धनका काममा ढिलाई भए पन रामग्राम विकास समितिले कुनै ढिलाई नगरि कामलाई निरन्तरता दिईने छ ।
पहिला त रामग्राम स्तुपा क्षेत्र मात्र बौद्ध स्थलको रुपमा चिनिएको थियो,पछिल्लो समयमा कोलिय गणराज्य भित्रकै राजधानी रामग्राम(पण्डितपुर) जुन रामग्राम नगरपालिकाकै वार्ड नं.१८ मा अवस्थित छ । त्यसै गरि कोलिय गणराज्य भित्रकै प्राचिन नगरहरु मध्ये प्राचिन सज्जनेल नगर,ककरपत्त नगर,कुण्डिय नगर र सायुगा नगर सरावल गाउपालिकामा पत्ता लागेको छ । प्राचिन उत्तरक नगर सुनवल नगरपालिका ७ तरगौली क्षेत्रलाई पहिचान गरि घोषणा गरिएको छ । त्यसै गरि प्राचिन हल्लिदावन नगर वर्दघाट नगरपालिका १२ दविला स्थित बुद्धमंगल ताल क्षेत्रलाई घोषणा गरिएको छ ।
त्यसै गरि सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थान अनोमाघाट हालको सुस्ता गाउपालिका ५ स्थित ठाढीघाटलाई पहिचान गरि घोषणा गरिएको छ । त्यसै गरि सुस्ताकै २ चुहाडी स्थित भगवान बुद्धले सतिपठ्ठान सन्देश दिइएको स्थान भएको बौद्ध तिर्थ स्थल र बन क्षेत्रलाई मृगदावनको रुपमा चिनाउने काम भई रहेको छ । अझै पनि रोहिणी नदी पुर्वको कोलिय गणराज्य भित्रका अन्य बौद्ध र बुद्धसँग सम्बन्धित स्थानको खोजी गर्ने कार्य निरन्तर भई रहेको हुदा रामग्राम विकास समितिले ति प्राचिन कोलिय गणराज्य भित्रका सबै क्षेत्रको एकिकृत रुपमा विकास गर्नका लागि आफ्नो कार्यक्षेत्र बनाउने सोच अनुसार ऐन र कानुन बनाउदैछ । यद्यपी ति स्थानिय तहहरुसँग समन्वय छलफल गरेर मात्र समेटिने कार्य हुन्छ,जिल्ला समन्वय अधिकारी समेत रहेका प्रमुख प्रशासकिय अधिकृत खड्काले चाडै नै जिल्लाका सबै स्थानिय तहका प्रमुख र प्रशासकिय अधिकृत विच नै यो मस्यौदा प्रस्तुत गरि टुगाँे लगाईन्छ ।