धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन लागिएको बुद्धपुर्णिमाको रामग्राममा भब्य तयारी

नवलपरासी २१ बैशाख
बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय अस्तिधातु जात्रा’ निकालेर मनाउन लागेको बुद्धपुर्णिमालाई भब्य बनाउन सरसफाई कार्यक्रम गरिएको छ । अस्तिधातु जात्रा र बुद्धपुर्णिमाबारे जागरण तथा बुद्धस्थल र बजार क्षेत्रको सरसफाई गरिएको हो ।
शसस्त्र प्रहरी र नेपाली सेना तथा स्थानियबासीको सहभागितामाम सरसफाई गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुपा क्षेत्र ,परासी बजार र प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरमा सबैको सहभागितामा सरसफाई गरिएको थियो । रामग्राम नगरपालिकाले विभिन्न उपसमिति बनाई तयारीलाई तिब्रता दिइएको छ । जिल्ला स्थित सरोकारवाला संघसस्था तथा शुरक्षा निकाय सहितको विस्तारित बैठक बसेर सो जात्रा मनाउनका लागि तयारी उपसमितिहरु गठन गरि काममा लगाएको थियो ।
रामग्राम स्तुपा यहिँ भएको र कोलिय गणराज्यका कोलिय राजाहरुले भगवान बुद्धको महापरिनिर्वाण कुशिनगरमा भएको अन्त्येष्टि पछि बचेको धातुबाट आफ्नो भागमा पाएको धातु ल्याएर रामग्राम स्तुपको स्थापना गरेका थिए । ति घटनालाई आम जनमानसमा सन्देश दिइने गरि धातु यात्राको शुभारम्भ गर्ने योजना अनुसार सो धातुजात्रा निकाल्न लागिएको छ । कोलिय राजकुमारी यशोधराको जन्म पनि सोही दिन भएको बौद्ध इतिहास छ । त्यही भएर यशोधराको जन्मोत्सव पनि कोलिय गणराज्यको राजधानी रामग्राम पण्डितपुरमा मनाउने छ ।
रामग्राम नगरपालिकाकै नेतृत्वमा रामग्राम राजधानी र रामग्राम स्तुपामा दुबै स्थानमा भब्य कार्यक्रमको आयोजना गरिने भएको हुदा ति दुबै स्थानका लागि छुट्टछुट्टै समिति गठन गरिएको छ, रामग्राम नगरपालिकाका नगरप्रमुख यादवले भने,दुबैलाई समायोजन गरि नगरप्रमुखकै नेतृत्वमा मुल आयोजनक समिति गठन गरिएको छ । उनका अनुसार रामग्राम राजधानीबाट रामग्राम स्तुपासम्म धातु कलशमा धातुको प्रतिक राखेर विभिन्न झाकी सहितको जात्रा निकालिने छ । पछि धातुको प्रतिक लगेर रामग्राम स्तुपमा पुर्याईने र त्यहाँ धातु पुजापाठ र ध्यान अभ्यास समेत गराईने कार्यक्रम गरिने छ । पहिलो पटक हुन लागेको धातुजात्रा एक संंस्कार,संस्कृति र परम्पराको शुभारम्भ हुने छ । धातु पुजाले मानिसलाई प्राप्त हुने पुण्यलाभ तथा ध्यान अभ्यासले हुने मुतिmको यात्रालाई समेत जानकारी गराईने छ ।
लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो,तर ज्ञान प्राप्ती पछि उनी बुद्ध बनेका थिए । बुद्ध भएर आफ्नो ४५ बर्षको जिवन मानिसको कल्याणका लागि विभिन्न धर्मदेशना गर्दै जिवनको उत्ताद्र्धमा भगवान बुद्धले आफ्ना अग्रसेवक भिच्छु आनन्दको आग्रहमा महापरिनिर्वाण पश्चात उनले आफ्नो मुर्ति नबनाई धातुको स्थापना गर्न सुझाएका थिए । धातुको पुजापाठ प्रत्यक्ष बुद्धको पुजा हुन्छ । धातुको सानिध्यमा ध्यान अभ्यास गर्नु स्वमं बुद्धको सानिध्यमा ध्यान गुर्न जस्तो हुन्छ । यि महत्वपुर्ण कुरालाई संसारका बौद्धमार्गीलाई पुर्याउन सकियो भन्ने अगामी बर्षमा संसार भरिबाट पनि यस्तो धातु यात्रामा सहभागि हुने अवस्था हुन्छ । धातु यात्रामा सहभागि भई अष्टधातुको सानिध्यमा ध्यान अभ्यास गर्ने मौका मिल्ने छ । बौद्ध दर्शनमा मुर्ति भन्दा धातुको पुजालाई बढि महत्व दिईको बौद्ध अध्ययेताहरुले बनाउने गरेका छन् त्यो भएर धातु यात्राले रामग्राम,लुम्बिनी र नेपाल मात्रै नभई संसारकै ध्यान तान्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *