बुद्धको मावली स्थल कोलिय गणराज्यको राजधानी रामग्राम पण्डितपुरमा जिसस र नेपाली सेनाको चाँसो

नवलपरासी,१७ बैशाख,
प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) रामग्राममा जिल्ला स्थित नेपाली सेना र जिल्ला समन्वय समितिले स्थलगत अध्ययन गरि संरक्षण,प्रचार प्रसार गर्नका लागि चाँसो देखाएको छ । शनिवावर विहान जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती प्रसाद यादव र नेपाली सेनाको रामग्राम ब्यारेकका कर्नेल ज्ञानकाजी श्रेष्ठ सहितको टोलीले स्थलगत अवलोकन गरेको हो ।
प्राचिन सम्पदा स्थल रहेको भए पनि उचित ब्यवस्थापन र सम्पदाको महत्वबारे स्थानियमा जागरुकता कम भएको समेत महशुस गर्दै प्राचिन बौद्धकालिन सम्पदाहरु रहेको स्थानमा स्थानियबासीसँग नेपाली सेनाले परिचयात्मक,प्रचारात्मक कार्य गर्ने समेत योजना बनाई काम गर्ने जिसस प्रमुख यादवले बताए । नेपाल सेना लगायतका शुरक्षाकर्मी तथा सरकारी निकाय सहित स्थानियबासीसँग राजधानी रामग्राम सहितको जिल्ला स्थित बौद्ध स्थलहरुमा कार्यक्रम गर्नका लागि संयुतm रुपमा योजना बनाईने छ,उनले भने,यि कार्य निकट भविष्यमा शुरु हुन्छ ।
कोलिय गणराज्यको अधिकाँश भाग नवलपरासी जिल्लामै परेको हुदा सो गणराज्य अन्तरगतका विभिन्न प्राचिन नगरहरुको पनि पहिचान भई सकेको छ । त्यसैसँग सम्बन्धित अन्य बौद्ध स्थलहरु रहेको छ,उनले भने,तर त्यसको महत्व स्थानियलाई नै थाहा छैन् । जानकारी र सुचना विज्ञसम्म मात्र सिमित छ,ति सबै जानकारी सर्वसाधारण समक्ष परयाउनु पर्छ । अनि मात्र ति स्थानको महत्व बुझेर स्थानियबासी संरक्षण र विकासमा सहकार्य गर्न तयार हुनेछन् । यसका लागि स्थानिय सरकारको ठूलो जिम्मेवारी रहेको छ । नीति निर्माण तह र प्रचार प्रसार परिचालनमा संघ र प्रदेश सरकारले पनि काम गर्नु पर्ने उनको भनाई थियो ।
सो स्थानमा पुगेर स्थलगत अवस्था हेरे पछि प्रतिकृया दिदै कर्नेल श्रेष्ठले पनि कस्तुरी मृग जस्तै हामी नेपाली भएको बताए । विश्वको ध्यान तान्तै यि स्थानमा आकर्षित गर्न सक्छौ,पर्यटनको केन्द्र बनाउन सकिन्छ,तर सरकारी निकाय,स्थानियबासी स्वम्लाई यस्का महत्व र अवस्थाबारे जानकारी छैन् । हामी कस्तुरी मृग जस्तै छौ,उनले भने,जुन कस्तुरी बासना खोज्दै बन बनमा दुगुर्छ,तर उसलाई नै थाहा हुदैन कि ति कस्तुरी उसकै नाईटोमा छ । त्यही अवस्था यस जिल्लाको सरकारी निकाय तथा स्थानियलाई छ । बाहिरी विदेशमा के छ ? भन्दै दुगुरेको दुगुरेछन् । तर आफ्नै विश्व सम्पदा थाहा छैन् । यसलाई संरक्षण र सजावट गर्न सकिएको छैन् । संरक्षण,सजावट र विदेशका पर्यटकलाई आकर्षित गर्न सकियो भन्ने यहाँका युवालाई विदेशमा रोजगारीका लागि दुगुर्न पर्दैन्,यही पर्यटन मार्फत रोजगारीको सृजना हुन्छ । बुद्धको सन्देश संसार भरि फैलिएको छ । तर तिनै बुद्धको जन्म दिईने उनकी आमाको जन्म स्थल यो रामग्राम पण्डितपुरबारे जानकारी नगन्य छ । यसका लागि प्रचारात्मक कार्य आवश्यक भएको महशुस गर्दै कर्नेल,श्रेष्ठले भने,निकट भविष्यमै यो अभियानकै रुपमा नेपाली सेनाले काम गर्नेछ ।
त्यसै गरि भगवान गौतम बुद्धको २५६७ औ बुद्धजयन्तीलाई लक्षित गरि अवसरमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । स्थानिय स्तरमा गठित बुद्धजयन्ती मेला समितिको आयोजनामा शनिवार साझ देखी नै रात्रीकालिन भलिबल खेल प्रतियोगिताको शुभारम्भ गरि मनाईने समेत आयोजकले जानकारी गराएका हुन् । रामग्राम स्तुपमा विगत बर्ष देखी नै बुद्धजयन्ती मनाईदै आएको भए पनि साता ब्यापीरुपमा राजधानी क्षेत्रमा शनिवार देखी नै सरसफाई गर्दै कार्यक्रम मनाउन लागिएको यो पहिलो पटक भएको जानकारी गराइएको छ ।
बैशाख २२ गते बुद्धजयन्तीको दिन स्थानिय थारु संस्कृतिको मmम्टा नाँच र विभिन्न खेल,पुजा पाठ,अन्तरक्रिया लगायतका कार्यक्रम गरिने र सबैलाई २२ गते नै पुरस्कार वितरण गरि सम्पन्न गरिने छ । बुद्धकालिन कोलिय गणराज्यको राजधानी भएको सो स्थानमा पुरातत्व विभागले पटक पटक उत्खनन गरि विभिन्न प्रमाणहरु फेला पारेको र राजधानी भएको प्रमाणित भई सकेको छ । पुरातत्व विभागको टोलीले राजधानीको अन्तोनगर र बाह्य नगर दुई भागमा रहेको र सो को क्षेत्रफल करिब एक सय विघामा फैलिएको जानकारी गराएका थिए । गत माघ महिनामा पनि सो क्षेत्रमा पुरातत्व बिभागको सहकार्यमा बेलायतको दुराम विश्वविद्यालयको पुरातत्वविदहरुले भु भौतिक(जिओफिजिक्स) सर्वे गरि सकेका छन् ।
राजधानी क्षेत्रको जग्गा अधिग्रहण गरि संरक्षण गुर्न पर्ने र त्यसको गुरुयोजना बनाई विकासका काम शुरु गर्न सक्ने कुरा पनि बनाई सकेका छन् । सो क्षेत्रमा कोलिय पिस पार्क बनाउनका लागि पनि काठमाडौं महानगरपालिकाले डेढ करोड रकम पठाएको भए पनि योजनाहरु बन्न नसक्दा काम अहिलेसम्म अलपत्र रहेको अवस्थामा छ । स्थानिय स्तरबाट स्थानियले साँस्कृतिक रुपमा विभिन्न कार्यक्रम गरि कार्य गर्दै आएको भए पनि सरकारी निकायबाट खासै काम हुन सकिरहेको छै्रन्,स्थानिय सहलाद बनियाले भने,यहाँको विकास,संरक्षणमा रामग्राम नगरपालिकाले चाँसो लिई काम गुर्न पथ्र्यो,तर सोचे अनुसारको काम हुन नसक्दा अझै पनि राष्ट्रिय अन्तराष्र्टि«य रुपमा परिचित गराउन सकिएको छैन् ।
कोलिय गणराज्यको राजधानी हो,उनले थपे,सिद्धार्थ बुद्धको जन्म दिईने उनकी आमा मायादेवी,उनी सानी आमा प्रजावति र उनकी धर्मपत्नि यशोधराको समेत जन्म स्थल हो । ऐतिहासिक,पुरातात्विक र धार्मिक अध्यात्मिक क्षेत्र भए पनि सरकारी निकाय मौन जस्तै छ । पुरातत्व विभागले यि पुरातात्विक क्षेत्रमा कुनै प्रकारको पुर्वाधार नबनाउन,कुनै अवशेषहरु नष्ट नगर्नु भनि होर्डिगँबोर्ड राखेको छ । तर ति होर्डिगँबोर्डको वेवास्ता गर्दै पक्कि घरहरु पनि बन्ने क्रम रोकिएको छैन् ।

2 Comments

  • hey there and thank you for your information – I’ve definitely picked up something new from right here.
    I did however expertise some technical points using this website,
    since I experienced to reload the website a lot
    of times previous to I could get it to load correctly. I
    had been wondering if your hosting is OK? Not that I am complaining,
    but sluggish loading instances times will very frequently affect your
    placement in google and could damage your high quality score
    if advertising and marketing with Adwords. Anyway I am adding this RSS to my e-mail and can look out for much more of
    your respective exciting content. Ensure that
    you update this again very soon..

Leave a Reply

Your email address will not be published. Required fields are marked *