Health Advertisement

भोजपुरी स्टार रितेश पाण्डेको सहभागिता रहने गरि परासीमा पहिलो साँस्कृति मेला २०८० शुरु हुने

नवलपरासी,५ जेठ
भोजपुरी स्टार रितेश पाण्डे सहितको सहभागितामा रामग्राम नगरपालिकाका वार्ड अध्यक्षकै पहलमा पहिलो रामाग्राम साँस्कृति मेला २०८० लाग्ने भएको छ । स्थानिय भोजपुरी भाषा तथा स्थानिय कलाकारहरुलाई समेत प्रोत्साहित गर्ने उदेश्यले रामग्राम वार्ड २ का वार्ड अध्यक्ष निरज रौनियारको पहलमा सो साँस्कृति मेला लाग्ने जानकारी उनले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।
स्थानिय कलाकारसँगै भोजपुरी स्टारहरुको समेत उपस्थिती गराई कलासंस्कृति भाषा विकास तथा स्थानियलाई मनोरन्जन गराउने उदेश्यले यो मेलाको आयोजना गर्न लगिएको उनले बताए । रामग्राम २ झरही किनारमा हरेको बुधवारे हाटबजार स्थलमा सो मेलाको आयोजना हुने र जेठ ९ गते देखी २० गतेसम्म ११ दिनसम्म चल्ने छ । साझ तथा रात्रीकालिन सांस्कृतिक कार्यक्रम,कुस्ति तथा ब्यवसायिक स्टलहरु समेत रहने छ । भोजपुरी स्टार रितेश पाण्डे,सिल्पी राज लगायतको समेत उपस्थिी हुने भनाई मेलाका ब्यवस्थानको जिम्मेवारी लिएका जयमाता दी एम्जुमेन्ट एण्ड इभेण्ट म्यानजमेन्ट प्रालिका राजवीर जयसवालले जानकारी गराए । डाँन्स आयडियल समेट छनौट हुनेछ । पहिलो हुनेलाई २५हजार,दोश्रोलाई २० हजार तेश्रोलाई १५ हजार पुरस्कार समेत राखिएको छ । पत्रकार सम्मेलनमा वार्ड अध्यक्षहरु मदन यादव,विद्यासागर त्रिपाठी,ओमप्रकाश यादव,धनीराम यादव सहितको सहभागिता रहेको थियो । कार्यक्रममा सञ्चारकर्मीहरु तथा पत्रकारसँगको समन्वय गर्ने कार्य ज्ञानेश्वर सहानीले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *