परासी प्रेस क्बलद्धारा रामग्राम स्तुपामा मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस

नवलपरासी, २० बैशाख,
विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा परिसरमा परासी प्रेस क्लबले अन्तरक्रिया गरि प्रेस स्वतन्त्रता दिवस मनाएको छ । प्रेस स्वतन्त्रताको अवस्था विषयक अन्तरक्रिया गर्दै सो दिवस मनाइएको हो ।
प्रेस मानवअधिकारको प्रमुख क्षेत्र भएको र अहिले वर्तमान अवस्थामा पनि पुर्ण प्रेस स्वतन्त्रताको अवस्था नरहेको सहभागित पत्रकारहरुले बताएका थिए । स्वतन्त्र प्रेस विना मानवअधिकारको प्रत्याभुती नागरिकले पुर्ण रुपमा गर्न नपाउने हुदा जहिले पनि प्रेसलाई स्वतन्त्र रुपमा राज्यले काम गर्न दिनु पर्छ,सरकारले स्वतन्त्र प्रेसलाई प्रवद्र्धन समेत गुर्न पर्छ भन्ने कुरा औल्याइएको थियो । प्रमुख अथिती रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादवले स्वतन्त्र प्रेसले मात्र नागरिकको अधिकार सुचिश्ति गराउन सक्ने बताए । तर प्रेसमा पनि केही विकृतिहरु मौलाउदै गएको र आम नागरिकहरु प्रेस र समाजिक सञ्जालको सुचनाले भ्रमित हुदा त्यसको असर प्रेसको विश्वासनियता माथि परिरहेको बताएका थिए । समाजिक सञ्जालको विना तथ्य र आधारका गलत सुचना प्रवाह हुने गरेका छन्,उनले भने,नागरिकले पाउने त्यस्ता सुचना पनि प्रेसले नै गरेको भान गर्दै प्रेस माथिको विश्वास खण्डित हुने गरेको बताएका थिए ।
दिवसमा उपभोतmा हक हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले पनि स्वतन्त्र प्रेस विना उपभोतmा अधिकारको प्रत्याभुति उपभोतmाले गर्न पाउनु चुनौती पुर्ण रहेको बताएका थिए । बौद्धिक समाज नवलपरासीका अध्यक्ष अधिवतmा मनोज कुमार नागबंशीले प्रेसले समाज हुने शासक र अराजक तत्वद्धारा हुने शोषणलाई कम गराउनमा स्वतन्त्र प्रेसको भुमिका ठूलो हुने बताएका थिए । त्यसै गरि नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदीले देश भरि पत्रकार महासंघले प्रेस स्वतन्त्रता दिवस मनाई रहेको अवस्थामा नवलपरासी शाखाले नमनाए पनि त्यसको निरन्तरता परासी प्रेस क्लबले दिएर सराहनिय काम गरेको बताएका थिए । त्यसै गरि पुर्व प्रहरी निरिक्षक राधेश्याम सिँह सैथवारले जसरी बगैचालाई मालीले कटिगँ गरेर सजाउने गर्छ,त्यसै गरि प्रेसले समाजलाई सजाउने गर्छ । त्यो कार्यका लागि प्रेस स्वतन्त्र हुन आवश्यक रहेको औल्याएका थिए । कार्यक्रमको अध्यक्षता गर्ने परासी प्रेस क्बलका अध्यक्ष बेचु गौडले भगवान बुद्ध मानव मात्र नभई सबै प्राणिप्रति मैत्री भाव राख्ने र उनको धातुको सानिध्यमा प्रेस स्वतन्त्रता मनाउने सौभाग्य भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *