नवलपरासी,१५ साउन
जिल्लाको रामग्राम नगरपालिकाका मेयर धनपत यादव र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवण कुमार पोखरेल सहित शुरक्षा निकायले नगरक्षेत्रको रामखण्डा खोला सफाई अभियानमा लागेका छन् । खोलाको पानी सहज ढंगले बग्न सकोस भनेर खोलाका जलकुम्भी सफाई अभियान थालेका हुन् ।
खोलामा राम्रोसँग जलनिकास नहुदा खोलाको पानी बजार बसेर ढुवान हुने भन्दै सफाई अभियान थालिएको मेयर यादवले बताए । यसमा प्रजिअ शुरक्षा निकायका प्रमुखहरु पनि सहमत भएकोले यस्तो अभियान थालिएको यादवले जनाए । बेला बेलामा खोला नालाको सफाई नर्दा पनि स सानो बाढी पनि बजार बस्ने र नागरिकलाई नोक्सानी पुर्याउने गरेको उनको भनाई थियो । गत बर्ष यस्तै खोलानालाको सफाई हुन नसक्दा आएको बाढीले परासी बजार पस्दा करोडौको धनमाल क्षति भएको थियो, उनले भने, अहिले नगरपालिका र सुरक्षा निकाय यस प्रति सचेत छ । आफु मेयर भएर नगरपालिकामा आए देखी पहिलो प्राथमिकतामा खोला सफाई र नगरसफाई काम गरिदै आएको छु,उनले थपे, शुरुमा झरही खोलामा एक्साभेटर र जेसिबी प्रयोग गरि खोला भित्रका ढिस्काहरु काटेर खोला सफाई गरियो । अहिले रामखण्डामा जम्मा भएको जलकुम्भी बताउने कार्य भई रहेको छ । यसमा नेपाली सेना र शसस्त्र प्रहरीका जवान खटिएका छन् ।
खोला नालामा अतिक्रमण समेत भएको देखिएको छ । तर सो अतिक्रमण हिउँद लागे पछि सिमाँकन गर्ने,खोलाको दुबै किनारमा बाँध बनाउने कार्य हुनेछ । अहिले हिउँदमा सो कार्य गर्ने अवस्था छैन् । तर पनि खोलाको पानी सलल बग्नका लागि हुने अवरोधहरु हटाउने कार्य भईरहेको छ । यसले स्थानियबासी पनि उत्साही भएको उनको भनाई थियो । खोला सफाईमा प्रजिअले खुलेर साथ दिएका छन् । यसका लागि नगरपालिकाबाट प्रजिअ र सुरक्षा निकायलाई धन्याबाद दिन चाहन्छौ,उनले भने, यस्तो अभियानमा स्थानिय संघसस्थाहरु सहभागिता जनाए अझै प्रभावकारी बन्दै जानेमा आफुले विश्वास लिएको छु । रामग्राम नगरपालिका भित्र चुरेबाट बग्ने खोलानाला मध्ये भलुही,झरही,रामखण्डा र तुरिया प्रमुख रहेका छन् । खोलालाई बर्षेनी सफाई गर्न,ब्यवस्थित गर्ने उदेश्यले चालु आर्थिक बर्षमाम नगरपालिकाले बजेट विनियोजन र युनिट नै खडा गरि काम गर्नुका साथै आवश्यक उपकरण तथा स्काभेटर समेत खरिद गर्ने योजनाका लागि बजेट बिनियोजन गरिएको मेयर यादवले जनाएका थिए ।