नवलपरासी,१९ साउन
जिल्लाको भैरहवा–भुमही बन्दरगाह मार्गको पुलको भत्किएको र्यालिगँ एक दिनमै ढलान भएको छ । र्यालिगँ नबन्दा यात्रुहरुलाई जोखिम भएको कुरा समाचारमा आए पछि रामग्राम नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालयले एक दिनमै मर्मत गरेको हो ।
रामग्राम ३ स्थित रामखण्डा खोलाको र्यालिगँ भत्किएको बर्षाै भई सक्दा पनि सरोकारवालाले ध्यान नदिदा दुर्घटना हुने जोखिम बढेको समाचार प्रकाशन प्रसारण भएको थियो । पुलको र्यालिगँ भत्किएको कुराले दुर्घटनाको जोखिम बढेको भनेर सडक डिभिजनमा पहल गरिएको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताए । पहल नगरपालिकाले गरेको हो,उनले भने, मर्मत सडक डिभिजनले गरेको हो । यसल दुर्घटना जोखिम टरेको छ ।
पुर्व पश्चिम राजमार्ग निर्माणको भईरहेको बेला अहिले बन्दरगाह मार्गमा सवारी साधनको चाप बढेको छ । ति र्यालिगँ पनि सवारीसाधन ठोकिदा भत्किएको थियो । तत्कालिन जिल्ला विकास समितिले समान्य सडकको आधारमाम सो पुलको निर्माण गरेको थियो । तर राजमार्गको रुपमा हुलाकी सडक स्तरोन्नती हुदा समेत पुलको पुर्ननिर्माण गरिएको छैन् । तिन दशक पुरानो पुल समेत जिर्ण छ । पुलको पुर्ननिर्माण गर्ने गरि ठेक्का लागे पनि पुलको र्यालिगँ तत्काल मर्मत गर्नु पर्ने आवश्यकता स्थानियले देखाएका थिए ।