कोलिय गणराज्यको प्राचिन उत्तरक नगरको विकासमा सुनवल नगरपालिकाको चाँसो

नवलपरासी,११ असार
जिल्ला सुनवल नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत हालै ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि चाँसो लिएको छ । बुद्धसँग सम्बन्धित रहेको उतm उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पछि नगरपालिकाले विकासमा चाँसो लिएको हो ।
सुनवल ७ स्थित तरगौली ताल भनेर चिनिने प्राचिन नगर भएको भग्नावेशहरु रहेको छ । प्राचिनपोखरी समेत उतm स्थानमा छ । अहिले बुद्ध विहार र हल समेत निर्माण भएका छन् । सो क्षेत्रमा पर्यटकहरु आउने क्रम समेत भएको हुदा थप पुर्वाधारका लागि १५ लाख बजेट विनियोजन गरिएको नगरपालिकाका प्राविधिक रेशम शर्माले बताए । ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको उतm स्थानमा विकासका लागि थप गुरुयोजना बनाई काम गर्ने नगरपालिकाले सोच बनाएको छ, उनले भने, तर पहिला पुरातात्विक खोज हुन आवश्यक छ । गत चैत्र महिनामै लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास र अर्थ तथा योजना मन्त्रालयका पुर्वमन्त्रि बैजनाथ चौधरीको उपस्थितीमा तत्कालिन नगरपालिकाका कार्यवाहक नगरप्रमुख दधिराम अर्यालले उत्तरक नगर घोषणा गरेका थिए । सो घोषणा पश्चात अहिले नगरपालिकाले विकास तर्फ ध्यान दिन थालेको छ ।
अध्यात्मिक स्थलको रुपमा विकास गरि धार्मिक पर्यटक ल्याउने लक्ष्य सहित नगरपालिकाले काम गर्ने प्राविधिक शर्माले बताए । उत्तरक नगर एक धर्मोपदेश भएको स्थान हो,उनले भने,त्यो धर्मोपदेश आज पनि उत्तिकै महत्वपुर्ण छ । भगवान गौतम बुद्ध एक पटक घुम्दै आउदा उत्तरक नगरमा पुगेका थिए । उत्तरक नगरमा पुगे पछि उनका केही आलोचकले उनका अनुयायीसँग प्रश्न गरेका थिए कि बुद्ध के कस्तो माया जानेका छन ? सो कुरा उनका अनुयायीले भगवान बुद्धसँग सोधे पछि भगवान बुद्धले भने कि ,मलाई कुनै माया आउदैन,नत कुनै माया जान्दछु, जस्ले मलाई के माया जानेका छन ? भनेर सोधेका छन्,उनिहरु नै पछि म मायावी हो भन्ने कुरा गर्छन् । मसँग माया छैन्,बरु मार्ग छ । त्यो धर्म मार्ग । धर्म मागले मानिसलाई जन्मजन्मान्तर देखी भोग्दै आएको दुःखबाट मुतmी दिलाउछ । त्यो मार्ग हो ,अष्टागिँक मार्ग । जस्ले यसलाई अपनाउछ,त्यो यो जरामरणको चक्रबाट मुतिm पाउन सक्छ ।
संसारमा दुःख छ,दुःखको कारण छ,दुःखको निवारण छ,निवारणको विधि नै अष्टागिँक मार्ग हो । जस्ले जन्म लिन्छ,उसँग दुःख छाया बनेर आउछ । जन्मजन्मान्तरबाट मुतिm लिए उ दुःखबाट पनि मुतिm पाउने हुदा भगवान बुद्धले अष्टागिँक मार्गबारे धर्मदेशना दिएको यो स्थान अति नै महत्वपुर्ण भएकोले पनि संसारका लागि यो स्थान धर्मको केन्द्र बन्न सक्ने सम्भावना छ । त्रिपिटकको अगुँतर निकायमा उतm सन्देश उल्लेखित छ । कोलिय राजधानी रामग्राम देखी उत्तर तर्फ र पहाड नजिक भएको उल्लेख भएकोले अहिले कोलिय गणराज्यको राजधानी पण्डितपुर देखी उत्तर र पहाडको नजिकै रहेकोले महत्वपुर्ण रहेको शर्माले जानकारी गराए । बुद्ध शान्ति साझेदारी बनसँगै जोडिएको उत्तरक नगरलाई अध्यात्मिक क्षेत्र बनाई बन क्षेत्रमा पर्यापर्यटनको समेत सम्भावना रहेको हुदा यसलाई नगरपालिकाको प्रमुख पर्यटकिय क्षेत्र बनाउने लक्ष्य नगरपालिकाको रहेको नगरपालिकाकी प्रमुख विमला अर्यालले बताईन् । यसको थप सोध खोज हुन आवश्यक छ, उनले भनिन्, यसलाई वृहद लुम्बिनीसँग जोडेर बुद्ध सर्किटमा पार्ने कार्य समेत भई रहेको छ । यसका लागि लुम्बिनी विकास कोषसँग पनि समन्वय गरि लुम्बिनी पर्यटन क्षेत्रको अंग बनाईने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *