नवलपरासी,१८ साउन
जिल्लाको सुस्ता गाउपालिका ५ स्थित अनोमाघाटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नका लागि जिल्ला समन्वय प्रमुख भगौती यादवले चाँसो ब्यतm गरेका छन् । नेपालको बोध गया भनेर स्थापित हुदै गएको अनोमाघाटको अवलोकन गर्दै उनले चाँसो ब्यतm गरेका हुन् ।
एशियाली बिकास बंंैंक(एडिबी)ले जिल्ला भित्र पर्यटन क्षेत्रमा काम गर्ने र त्यसको लागि स्थान छनौट गरि प्रस्ताव गर्न जिससमा जानकारी गराएको र त्यसमा यो अनोमाघाटलाई आफ्नो तर्फबाट प्रस्ताव गरिने यादवले बताएका थिए । अनोमाघाटको स्थलगत निरिक्षण गर्दै उनले भने, अनोमाघाट वास्तविक रुपमा नेपालको मात्रै नभई संसारको ध्यान तान्न सक्ने स्थान छ, यहाँ धार्मिक पर्यटन क्षेत्र बनाउन सकेमा यो स्थानले महत्व पाउने छ । पुर्वाधार लगानी र प्रचार प्रसार गर्न सकिए लुम्बिनी जस्तै संसारको पर्यटकको आकर्षण केन्द्र बनाउन सकिन्छ । प्राकृतिक रुपमा यो स्थान आफै सजिसजाउ छ, उनले थपे,त्यसमा भगवान बुद्धको ऐतिहासिकता जोडिने हो,भने लुम्बिनी आउने पर्यटक यहाँ ल्याउन सकिन्छ । यस स्थानको आफुले पहल गरेर एडिबी लगायत अन्य लगानीकर्तालाई यो अनोमाघाटमा स्थलगत अध्ययन गराउने छौ । जिससले यो स्थानको विकासका लागि लगानीकर्तासँग प्रस्ताव समेत गर्नेछ ।
समन्वय प्रमुखसँगै रहेका सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले पहिला पारम्परिक रुपमा ठाढीघाट भनेर कार्तिक पुर्णिमामा मेला लाग्ने गरेको जनाकारी गराए । बर्ष देखी यो बौद्धकालिन अनोमाघाट यहिँ हो । सिद्धार्थ गौतमले गृहत्याग गरि घरबाट निस्केर अनोमा नदी (अहिलेको गण्डकी नदीका)े किनारमा आएको र यहिँ आफ्नो राजषी पोशाक त्याग गरि,कपाल मुण्डन गरेर सन्यास धारण गरेको स्थान हो । बौद्ध साहित्यमा यो स्थानलाई नै महाभिनिष्क्रमण स्थल भन्ने गरिएको छ । त्यही भएर दुई बर्ष देखी यस स्थानमा असार पुर्णिमाको दिनलाई महाभिनिष्क्रमण दिवश समेत मनाइन थालिएको छ । यो बर्ष केही बौद्ध उपासकले कपाल मुण्डल गरेर पनि यहाँ महाभिनिष्क्रमण दिवस मनाएको उनले सुनाए ।
अहिले बौद्धतिर्थयात्रीको लागि यो स्थान आकर्षित हुन थालेको छ,उनले भने,तर पर्यटकिय पुर्वाधार अहिले खासै छैन् । केही मठ मन्दिर छन् । साधु सन्त बस्दै आएका छन् । कार्यक्रम गर्नका लागि गाउपालिकाले हल निर्माण गरिदिएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा सानो रंगशाला निर्माणको क्रममा छ । बनभोज गर्नका लागि टहराहरु निर्माण भएका छन् । तर पनि यहाँ बौद्धकालिन र यो घटनासँग जोडिएका अन्य पुर्वाधारहरु निर्माण हुन सकेको छैन् । अनोमाघाट पर्यटकिय क्षेत्रको विकासका लागि गाउपालिकाले गत बर्ष दश लाख लगानी गरि विस्तृत परियोजना प्रतिवेदन तयार गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए ।
डिपिआर अनुसार गाउपालिकाले विस्तारै काम गर्ने नै छ,तर ठूलो लगानी गर्ने अवस्था नभएको हुदा बाहिरी लगानीकर्तालाई यस क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने आवश्यकता उनले औल्याए । जिससले अनोमाघाट क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहित गर्दै लगानीको लागि प्रस्ताव गरिदिइने कुराले गाउपालिका उत्साही भएको अधिकृत पौडेलले प्रतिकृया दिएका थिए ।
के हो अनोमाघाटको पहिचान ?
अनोमाघाट स्थानिय रुपमा ठाढीघाटले चिनिएको स्थान हो । अहिलेको गण्डकी नदीलाई बुद्धकालमा अनोमा नदी भनेर चिन्ने गरिन्थ्यो । अनोमा नदी कोलिय गणराज्यको अन्तिम सिमा थियो । तत्कालिन राजाहरुको राज्य कपिलबस्तुका युवराज सिद्धार्थ गौतम ज्ञान अर्थात (बोधि)को खोजीमा रातीघरबाट निस्केका थिए । त्यो बेला कोलिय र कपिलबस्तु राज्यमा कुनै सिमा विषयलाई लिएर रोकटोक थिएन्। तर अनोमा नदी पुर्व मगध समराज्यको सिमा पथ्र्यो । उनी घोडामा सवार आफ्नो सारथी छन्ना सहित घरबाट हिडेका थिए । अनोमा नदी किनारमा आए पछि राजकिय घोडा अनुमति बिना मगध क्षेत्र प्रवेश गर्न नमानेर त्यही उभियो अर्थाठ ठढा भयो । अनोमा नदीमा धेरै स्थानमा घाटहरु हुन सक्थे,तर घोडा ठढा भएकै घाटलाई स्थानिय स्तरमा ठाढीघाट भनेर चिन्न थालियो । जुन अहिले पनि निरन्तरता पाएको छ । त्यस पश्चात सिद्धार्थ गौतम आफ्नो राजकिय पोशाक त्याग गरे,कपाल मुण्डन गरे र सन्यास धारण गरे । सन्यासीलाई सिमाको रोकटोक हुदैन्थ्यो । त्यो भएर पनि सिद्धार्थ त्यही अनोमाघाटमा महाभिनिष्क्रमण लिए ।
त्यसकारण बोधी यात्राको प्रारम्भ विन्दु ठाढीघाट अर्थात तत्कालिन अनोमा घाट हो । बोधियात्राको अन्तिम विन्दु भारत विहारको बोधगया भए पनि प्रारम्भ विन्दु अनोमाघाट भएको हुदा यसलाई नेपालको बोधगया भनेर बौद्धतिर्थ धामको रुपमा रहेको छ । सन्यास धारण गरेर कपाल मुण्डन गरेको स्थान भएको हुदा उनका उपासकहरु त्यो बेला पनि यहाँ कपाल मुण्डन गर्ने चलन थियो । विचमा यो क्रम हराएको थियो । तर यो बर्ष देखी गाउपालिकाको पहलमा सो परम्पारलाई पुर्नउत्थान गर्दै मुण्डन गर्ने क्रम निरन्तरता पाएको छ । अनोमाघाट सुस्ता भुमिमा जाने घाट पनि हो । अहिले पनि भारतको उत्तरप्रदेश र विहार प्रदेश तथा नेपालको लुम्बिनी प्रदेशको संगम स्थलको रुपमा रहेको छ ।