Health Advertisement

खोला माफियालाई कानुनी दायरामा ल्याउन सुनवल नगरपालिलकाले चाल्यो कदम

नवलपरासी,१५ साउन
चुरेबाट बग्ने खोलानालामा अवैध चोरी निकासी गरि भण्डारण गर्नेको नाउमा सुनवल नगरपालिकाले स्रोत खुलाई स्टक प्रमाणित गर्न पत्राचार गरेको छ । खोलानालामा खोलाजन्य पदार्थको चोरी निकासी रोक्न खोज्दा नगरप्रमुखलाई नै थ्रेट गर्ने खालका कुरा उठन थाले पछि नगरपालिकाले खोलाजन्य समाग्रिको स्रोत खोलाउने गरि कदम चालेको हो ।


सुनवल नगरपालिकाको नदीजन्य पदार्थको अनुगमन समितिले सार्वजनिक सुचना समेत जारी गरि ७ दिन भित्र विवरण उपलब्ध गराउन माग गरेको छ । नगरक्षेत्रको विभिन्न स्थानमा भण्डारण गरि राखिएका खोलाजन्य पदार्थको स्टक प्रमाणित गराउन आवश्यक कागजात समेत पेश गर्ने गर्नु पर्ने र तोकिएको समय सिमा भित्र प्रमाण पेश गर्न नसकेमा भण्डारण (स्टक) अवैध मानेर कानुन बमोजिम कारवाही प्रकृया अगाडी बढाइने जनाएको छ । कार्यालयका उप सचिव विष्णु गोतामलेद्धारा हस्ताक्षरित उतm सुचना साउन १३ गते नै जारी भई सकेको छ । यसले खोलामा लुट मचाउने खोला माफिया हतोत्साहित भएको नगरपालिकाका एक कर्मचारीले बताए । उनका अनुसार सुचनामा नदीजन्य पदार्थको चोरी निकासी गर्ने उपर सुराकीको पहिलो सुचना दिने ब्यतिmको विवरण गोप्य राखी प्रोत्साहन समेत उपलब्ध गराउने कुरा समेत उल्लेख गरिएको छ ।
खोलामा चोरी निकासी गर्ने र अनुगमन गर्दा नगरप्रमुख बिमला अर्याललाई नै थ्रेट गर्ने कुरा सार्वजनिक भए पछि आम नगरबासीले नगरप्रमुखको कदम ठिक भएको र उनले चाहेको बखत आफुहरु साथ दिने भन्दै हौसाला बढाएका थिए । त्यसले कार्यालयका कर्मचारी पनि खोला माफियालाई कारवाही गर्न हौसिएका उनले बताए । थ्रेट कस्ले गरेको ? भनेर सुरक्षा निकायले जिज्ञासा राखे पछि कारवाही प्रकृया अगाडी बढाउनुस माफिया आफै नजिकै आउछन् वा छोडेर भाग्ने कुरा उठेको थियो । अहिले नगरपालिकाले त्यही प्रकृया अगाडी बढाउने अग्रसर भएको छ । तोकिएको म्याद भित्र स्कटको प्रमाणित नगराउने र प्रमाण पेश नगर्ने सबै समाग्रि अबैध घोषणा गरि जपत गरिने छ । उनका अनुसार जति मात्रामा स्टक छन्,ति सबैले प्रमाण पेश नगरे करोडौको खोलाजन्य समाग्रि बरामद हुने छ । त्यसले नगरपालिकाको राजश्व बढने छ ।
बर्षाै देखी खोलानालामा खोला जन्य माटो, ढुगाँ,गिट्टी,बालुवा,रोडा,मिस्कट लगायतका समाग्रि चोरी निकासी गरि विभिन्न ब्यतिmको घरनजिकै यत्रतत्र राखिएका छन् । राती राती खोलामा पसेर खोलाजन्य समाग्रि निकाल्ने र थुपार्ने गरिएको छ । अनुगमनको क्रममा यि समाग्रि कस्को भन्ने सोधखोज गर्दा वेवारिसे देखिएको र कतिपयले राखेको घरमा समाग्रिको स्रोत छैन् । त्यसबारे सोधखोज गर्दा केही स्थानियले मेयर भएर खोला खोला नधाउनुस,खोला धाउनु भयो भने ठिक हुदैन् भन्ने धम्कीपुर्ण कुरा गरेका थिए । राती राती जनप्रतिनिधि खोलामा जान सक्ने अवस्था छैन्,। स्थानिय प्रहरी र प्रशासन बनरक्षक लगायत नियमन निकायको आँखा छलि चोरी निकासी बढेको अवस्था छ । त्यसको प्रमाण खोलावरिपरि हेर्न सकिन्छ ।
खोलानालाको बैधानिक निकासीका लागि कानुनी बाधा अडचन देखाउने नियमन र अनुगमन निकाय यस्तो खोलाको बेथितीबारे मौनता साधेको आरोप पनि लाग्ने गरेको छ । खोला दोहन गर्ने ठूलो जालो छ । ्,यो जालो भित्र निमयन निकायका ब्यतिmहरु पनि हुन सक्ने आशंक पनि गर्ने गरिएको छ । सुनवलको तुरिया,पानभार,भलुही,झरही लगायतका खोलानालामा लुट नै मचाइएको छ । ठाँउ ठाँउमा खोलाजन्य समाग्रिको चाँग छ । तर ति समाग्रिको नत कुनै स्रोत छ,नत वेवारिसे घोषणा गरि जपत गर्ने,नियन्त्रण गर्ने संयन्त्र नै रहेको छ । करोडौको राज्य स्रोत केही मुठ्ठिभरि ब्यतिmको नियन्त्रणमा छ । जिल्लामा नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी लगायतका सुरक्षा संयन्त्र भए पनि माफियाका लागि त्यस्तो शुरक्षा निकायको कुनै भय छैन् । शुरक्षा निकायका ब्यतिmलाई नै दबाव र प्रभावमा परिएको हुदा त्यस्ता खोलाजन्य समाग्रिमा माफियाको राज हुने गरेको छ ।
विगत बर्षमा साउन देखी नै खोलामा ठेक्का पट्टा लाग्ने गरेको थियो,तर पछिल्लो समय वातावरण सम्बन्धि कानुन ल्याएर जेठ देखी असोजसम्म खोलाको निकासी गर्न नपाउने प्रावधान थपियो । त्यसले गर्दा खोला जन्य पदार्थको बैधानिक निकासी हुदैन् ,त्यसको फाईदा यि चार महिनामा प्रहरी प्रशासन,बन कर्मचारीको मिलोमतोमा खोला माफियाहरुले चोर्न लगाउने र अवैध भण्डारण गरेका छन् । पछि खोलामा थप्रिने खोलाजन्य समाग्रि नहुदा कतिपय खोलाको ठेक्का नै नलाग्ने गरेको छ । उपभोतmाहरुले तिनै अवैध भण्डारणबाट महगोमा खोलाजन्य समाग्रि खरिद गरि उपभोग गर्ने गरेका छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *