Health Advertisement

प्रधानमन्त्री रोजगार कार्यक्रमको अधिक्तम उपयोग गर्दै सरावल गाउपालिका

नवलपरासी,४ पुस
जिल्लाको सरावल गाउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आएको रकमको अधिक्तम उपयोग गरि सरसफाई,विकास निर्माण क्षेत्रमा काम गराउदै आएको छ । कम आन्तरिक स्रोत भएको गाउपालिकाले सिमित साधन स्रोतलाई अधिक्तम उपयोगमा ल्याउने सम्वतःजिल्लाको पहिलो गाँउपालिकाको रुपमा रहेको गाउपालिकाले दाबी गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको अनुदान रकमलाई अहिलेसम्म कुलो,नहर सफाई,विद्यालयमा रंगरोगन,धार्मिक तथा पर्यटकिय क्षेत्रको सरसफाईसँगै ब्यवस्थापन कार्यमा श्रमिक लगाउने कार्य गर्दै आएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले जानकारी गराए । सबै भन्दा कम आन्तरिक आय स्रोत भएको पालिको हो,उनले भने,त्यो भएर सरकारी अनुदानको अधिक्तम उपयोग गर्ने नीति लिएका छौ । गाउपालिका अन्तरगत रहेका रोजगार शाखा,स्वास्थ्य शाखा,शिक्षा शाखा,सहरकारी शाखा,कृषि शाखा,पशु सेवा शाखा लगायतका शाखाका लागि आउने संघिय र प्रदेश सरकारको ससर्त रकम पहिलो प्राथमिकतामा राखेर खर्च गर्ने गरिएको छ । उनका अनुसार गाउपालिकाका जनताका लागी तोकिएर नै आएको रकम तोकिएकै शिर्षकमा खर्च हुने र त्यसको अधिक्तम उपयोग गर्ने गरिएको छ ।
गाउपालिकाले पहिलो शसर्त रकम खर्च गर्नु पछि मात्र गाउपालिकाका लागि आएको अनुदानका योजना सञ्चालन गर्नु भनि नीतिगत निर्णय गरि काम गरिहेको उनले बताए । सोही अनुसार अहिले रोजगार शाखा मार्फत स्थानिय बेरोजगार युवा,युवती,महिला बेरोजगारलाई समेत रोस्टर बनाएर काम गराउदै आएको उनले जनाए । बेरोजगारलाई कम्तीमा पनि १ सय दिनको रोजगारी दिुनु पर्ने कार्यक्रम प्रधानमन्त्रि रोजगार कार्यक्रममा रहेको छ । ति सय दिनको रकम बेरोजगारलाई रोजगार र रोजगारलाई विकास निर्माण,सरसफाई आदी कार्य गराएर अधिक्तम उपयोगमा ल्याएको अध्यक्ष चौधरीले जनाए । केही वार्डमा कम बेरोजगार भएको र केही वार्डमा धेरै बेरोजगार हुदा पनि सम्बन्धित वार्डको वार्ड अध्यक्षको समन्वयमा रोजगारीका लागि आउने सबै रकम खर्चिने गरिएको अध्यक्ष चौधरीको भनाई छ ।

यसले श्रमिकलाई श्रमको महत्व र गाउपालिकाको विकासमा टेवा मिल्ने गरेको छ । स साना काम लागि छुट्टै विकास योजना दिन परेको छैन् । तिनै बेरोजगार मार्फत काम गराएर स्थानियबासीलाई रोजगारी मात्रै नभई विकासलाई सहजीकरण गरिएको छ । यसमा बेरोजगार महिलाहरु धेरै सहभागि रहेका छन् । गाँउमा युवाहरु बैदेशिक रोजगारमा गए पनि महिलाहरु ति प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिएर त्यसको लाभ लिने गरेको उनले बताए । प्रत्येक बर्ष कम्तीमा १५ देखी २० लाखसम्म रकम आउने गरेको छ । १ सय दिनको रोजगारी उपलब्ध गराउदा प्रति ब्यतिmले कम्तीमा ५० हजार भन्दा बढि रकम श्रम गरेर पाउने गरेका छन् । त्यसै कागज मिलाएर रकम भुतmानी दिइएको छैन्,उनले भने, यसमा काम गरेर पैसो लिनमा श्रमिकहरुले पनि गौरव महशुस गर्ने गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले केही योजनाका लागि करोड खर्च गर्नु पर्ने तर त्यस्ता कार्य लाख खर्चेर हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *