उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरावल गाउपालिकाद्धारा छात्रवृति प्रदान

नवलपरासी , ३ पुस
जिल्लाकोे सरावल गाउँपालिकाले पालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरेको छ । गाउपालिकाले एक समारोहको आयोजना गरि २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरेको हो ।
छात्रवृत्ति छनौट समिति तथा सरावल पालिका उपाध्यक्ष बासमती हरिजनको अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा छात्रवृत्ति वितरण गरिएको थियो । सरावल गाउँपालिका र एबिसि नेपालको संयुक्त लगानीमा २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । उच्च शिक्षामा अध्ययन गर्ने बालबालिका यसै गाउपालिकाका नागरिक हुन्,उनले भने,गाउपालिकाको थोरै प्रोत्साहन रकमले उनीहरुको अध्ययनमा सहयोग मात्रै होईन,अध्ययन प्रति उत्साही बनाउने छ ।
विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै पालिका अध्यक्ष चौधरीले विद्यार्थी देशको भविष्य भएकाले शिक्षामा गरिने लगानी फलदायी हुने उनले बताएका थिए । विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्दै आफु , आफ्नो परिवार र सरावललाई देश बिदेशमा चिनाउने किसिमको काम गर्नुपर्ने सुझाएका थिए । सरावल गपालिका अन्तर्गतका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक विकासका लागि आफूले निरन्तर सहयोग गर्ने बताए ।
कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष फिरंगी चौधरी , वडा नम्बर २ कार्यवाहक अध्यक्ष तुफानीलाल गुप्ता, वडा नम्बर ५ वडा अध्यक्ष लच्क्षुमण चौधरी , वडा नम्बर ६ वडा अध्यक्ष छोटेलाल गुप्ता एबिसि नेपालको सहजकर्ता सायिदा नेसा पठान लगायतको सहभागीता थियो । गाउपालिका अध्यक्षका स्वकीय सचिव सन्जय मौर्यले जानकारी दिनुभएको हो। आरिफ अलि खाँको स्वागत मन्तब्यवाट सुरुवात भएको कार्यक्रमको सन्चालन सन्दिप बि.कले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *