![](https://www.koliyakhabar.com/wp-content/uploads/2022/12/buddh.png)
नवलपरासी,७ पुुस
जिल्लामा पहिलो पटक सुस्ता गाउपालिकाले किसानलाई सिचाई सुविधामा सहज होस भनेर गण्डक नहरमा लगानी गरेको छ । किसानलाई जेबाट सजिलो सुविधा हुन्छ,त्यसै क्षेत्रमा लगानी गर्नु पर्ने मान्यताले सुस्ता गाउपालिकाले गण्डक नहरको प्रशाखा मर्मतमा लगानी गरेको हो ।
धेरै पालिकाले सिचाईको नाममा बोरिगँ,पम्पिगँसेट लगायत अन्य सिचाई पुर्वाधारमा रकम खर्चने तथा गण्डक नहरको शाखा प्रशासनको मर्मतका कुरा आउदा गण्डक परियोजनाले बनाउने भन्दै तर्कने गरेका छन् । तर सुस्ता गाउपालिका भित्र पर्ने गण्डक नहर अन्तरगतको पिपरपाती प्रसौनी नहर सिचाई प्रणालीबाट सुस्ताको कुडिया गाँउका किसानलाई सिचाई गर्ने प्रशाखा नहरको सफाई र मर्मतमा लगानी गरेको हो । करिब १० लाखको लागनीमा सो नहर प्रणालीबाट कुडिया गाँउ तर्फ जाने रुपौलिय पुल नजिकै भत्किएको अवस्थामा रहेको प्रशाखा नहर मर्मत गराउन थालेको गाउपालिकाले जनाएको छ ।
गण्डक परियोजनालाई प्रशाखा मर्मतका लागि कुर्ने हो,भने बर्षाै लाग्न सक्छ,गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भने,तत्कालै किसानलाई सिचाई सुविधा पुर्याउनका लागि गाउपालिकाले नै मर्मत गरिदिए पछि मुल नहरबाट किसानले सजिलै पानी खेतमा लगेर सिचाई गर्न पाउछन् । स सानो लगानी गरेर किसानलाई तत्काल राहत पुर्याउने हो,उनले थपे,सबै कुरा परियोजना कार्यालयको पर्खाईमा गाउपालिका बस्ने होईन्,ढिलो भयो भने आखिरमा आफ्नै गाउपालिकाका जनताले दुःख पाउने हुन्,सिचाई नभएर उत्पादन ह्रास हुन्छ,त्यसले किसानको घाटामा मात्रै नभई राष्ट्रिय घाटा हो । लगानी चाहे गण्डक परियोजना मार्फत होस वा गाउपालिका मार्फत आउने स्रोत नेपाल सरकारबाटै हो, गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले भने, सुस्ता गाउपालिका गण्डक कमाण्ड क्षेत्र भित्र पर्ने गाउपालिका हो,भुमिगत सिचाई भन्दा गण्डक नहरबाटै यदि सिचाई सहज छ भने बोरिगँ पम्पिगँसेट भन्दा त्यही नहरको शाखा प्रशाखा मर्मत गरेर सिचाई गर्नु पर्छ । सतही सिचाईले जमिन भित्रको आद्रता कायम राखि रहन्छ, सिचाई लागत पनि कम पर्छ । यस्ले किसानको उत्पादन लागत घटाउनमा सहयोग गर्छ ।
सुस्ता गाउपालिकाको गण्डक नहर प्रणालीमा लगानी सराहनिय भएको नेपाल गण्डक नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले बताए । सुस्ताले अन्यपालिकाका लागि उदाहरणिय कार्य गरेको देखाएको उनले प्रशंसा समेत गरे । गण्डक परियोजनाले मात्रै गण्डक क्षेत्रमा सबै शाखा र प्रशाखा,एफडि,एमएफडि सफाई गराउन एकै पटक सकिरहेको छैन् । मुल नहरमै सिचाई ब्यवस्थापन कार्यालय लािग परेको छ । उनले भारतीय नहरमा पानी नभए पनि नेपाली नहरमा पानी प्रवाह गराउद दुई बर्ष देखी सफल भएका छौ,उनले भने,सिचाई ब्यवस्थापन कार्यालय संघ सरकार अन्तरगतको कार्यालय हो,स सानो कामका लागि पनि प्रकृया लामो गर्नु पछ,तर अहिले सुस्ता गाउपालिको जुन किसानको प्रशाखा नहर मर्मतमा जुन सोचले काम गरेको छ,त्यो अति नै सराहनिय छ । यस्को सिको अन्य पालिकाले गर्नु पर्छ । अनि मात्रै किसानलाई सहज ढंगले सिचाई सेवा पुर्याउन सकिन्छ ।
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली,पिपरपाती नहर सिचाई प्रणाली गरि १ हजार १ सय हेक्टर भन्दा बढि सिचित क्षेत्र भएको गण्डक कमाण्ड क्षेत्र जिल्लाको सुस्ता गाउपालिका,प्रतापपुर गाउपालिका,वर्दघाटनगरपालिका,सरावल,गाउपालिका,रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिका गरि जिल्लाको सात पालिका मध्ये ६ वटा पालिकालाई सिचाई गर्ने गरेको छ । तर पालिका स्तरबाट नहर संरचनामा लगानी गर्ने सुस्ता पहिलो गाउपालिका भएको प्रमुख शाहले बताए ।
संघ सरकार होस वा प्रदेश सरकार होस वा स्थानिय सरकारको रुपमा रहेका पालिकाहरु सबैले तिनै नेपाली किसानका लागि काम गर्छाै, प्रमुख शाहले भने, सबै सरकारले अपनत्व लिएर गण्डक सिचाई क्षेत्रमा गण्डक सिचाई प्रणालीलाई बलियो र ब्यवस्थित बनाउन सके भुमिगत सिचाईको भर पर्ने अवस्था आउदैन ् । कार्ययोजना बनाएर पनि मुल नहर र शाखा नहर संघ सरकार,प्रशाखाहरु प्रदेश सरकार र एफडि,एमएफडिहरुको मर्मत सम्भारमा स्थानिय तहले काम गरिदिएमा किसानलाई राहत पुग्ने उनको भनाई थियो । यसको लागि समन्वय गर्न पनि आवश्यक देखिएको उनले बताए ।
![](https://www.koliyakhabar.com/wp-content/uploads/2022/09/sarawal-scaled.jpg)