हुलासी घोललाई जलस्रोतको रुपमा उपयोग हुने गरि ब्यवस्थापनमा सरावल गाउपालिका
नवलपरासी,९ जेठजिल्लाको सरावल गाउपालिकाले सिचाई कुलो,पोखरी,जलासय,खोला खोल्सीलाई उपयोग गर्ने र सिचाईको स्रोत बनाउने कार्यलाई प्राथमिकता दिई काम गर्न थालेको छ । सोही क्रममा वार्ड नं.४ स्थित स्थानिय हुलासी घोल सफाईमा गाउपालिका सक्रिय देखिएको हो ।पटक पटक स्थानियले हुलासी घोल सफाई गरिनु पर्ने र अतिक्रमण खाली गराउने पर्ने माग समेत गर्दै आएका थिए । घोललाई सफाई गरि जनश्रोतको रुपमा ब्यवस्थापन गरिने गरि सफाई अभियान थालिएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरलिे बताए । सरावल गाउपालिका पुर्णत?कृषि अर्थतन्त्रमा आधारित छ । कृषिको आधार सिचाई हो,उनले भने, सिचाईका लागि कहाँ कहाँ जलश्रोत छन्,त्यसको खोजी र पहिचान गर्दै जलस्रोत ब्यवस्थापनमा काम गाउपालिकाले गर्ने रणनीतिगत योजना बनाई काम गर्दै आएको उनले सुनाए ।पहिला पनि सिचाई कुलो ब्यवस्थापनका लागि सिचाई डिभिजन कार्यालयसँग समन्वय गरि काम भई रहेको छ । पोखरी ताल ...










